Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • फिस तिरेर... मुटु चिरेर
फिस तिरेर... मुटु चिरेर
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, असार ३१, २०८२

गाउँमा हल्ला चल्यो यसपालिको एसइई परीक्षामा बिर्खे कान्छाका छोरा, हरिहरकी छोरीलगायत सबैले पास गरे । पोहोर साल त्यही एसइई फेल हुने धेरै थिए । यसपालि किन धेरै पास भए भनेको ओली ‘बा’ ले ४९ प्रतिशत पास गराउनेलाई किन तलब बढाउने ? भनेर भन्या थिए रे !

पहिले–पहिले एसएसली हुँदा पो रस्साकस्सी हुन्छ भन्थे, अहिले त्यस्तो होइन रे ! ‘ग्रेडिङ इज ग्रेडिङ’ अरे ! हुन पनि हो । को पहिलो, को दोस्रो थाहै हुँदैन, आनन्द । पास भाको कुरा थाहा पाउन पनि ‘उबेला हप्ता दशेक’ कुर्नुपर्ने ! अहिले त कति सजिलो सजिलो, उताबाट रिजल्ट निस्क्यो भनेपछि मोबाइलमा फुत्तै । प्रविधि भनेको त्यसै हो र ? 

नेपालाँ प्रविधिको प्रगति यति धेरै भाको छ, पहिले–पहिले करोडौं लगानी गरेर खुल्ने टिभी र अहिले सानो मोबाइल तस्बिर खिचेर फलाने टिभी भनेजस्तै हो । कम चल्या छ ! यही चल्या देखेर होला हरिहरले आफ्नी छोरीलाई त्यही प्रविधि पढ्न भन्या छ ।

एसइई पास भाकी छोरीलाई उसले प्रविधि पढ भनेपछि छोरीले पनि नाइँ भन्ने कुरै भएन । एसइई पास भएकी छोरी बोकेर हरिहर राजधानी भोलिपल्टै हान्निए । पहिले पहिले भाइबहिनीलाई सरकारी क्याम्पसमा भर्ना गराउन संगठन धाउने गरेका हरिहर यसपटक सीधै पुग्न सकिहाले । 

Hardik health

छोरी पहिलोपटक काठमाडौंमा पाइला टेकेकी । उसका लागि यो सहर निकै नै भयावह लागेछ । भीड, जाम, प्रदूषण कोलाहल, सबैको आ–आफ्नै सुर, ओहो ! के भन्ने । जे भए पनि प्रविधि पढ्न आको मान्छे राम्रो त हुने भैगो नै । सरकारी क्याम्पसमा भर्ना खुलैकै छैन भनेपछि हरिहरले चलाउने ‘फेसबुक’ मा निजी क्याम्पसका प्रचारप्रसार त कति हो कति ? यसो हेर्दा अमेरिका–बेलायत नै यतै छ । जस्तो । 

हरिहर छोरी लिएर एउटा भव्य क्याम्पसमा छिरे । चिटिक्क परेको दौरा सुरुवाल, शिरमा ढाकाको टोपी भिरेका उनी क्याम्पसको गेटमा पुग्दा पञ्चायतकालीन पुलिसको जस्तै पोसाक लगाएको सुरक्षा गार्डले दाहिने खुट्टा बजारेर सलाम ठोकेपछि उनी हेरेको हे¥यै भए । हरिहरजस्तै अरु अभिभावक पनि क्याम्पसको गेटबाट छिर्दै गर्दा सुरक्षा गार्डको सलामीले अभिभावकको दिमाग हराम नै बनाइसकेको भान हुन्थ्यो ।

छोरीलाई ‘प्रविधि विज्ञान’ पढाउन कस्सिएर काठमाडौं आएका हरिहर क्याम्पसको गेटदेखि फाराम भर्ने ठाउँभित्र रिसेप्सन, प्रतीक्षालय अभिभावकहरुको भीडभाडमा त्यसै रमाइरह्यो । ऊ भित्रभित्रै मैले त छोरीलाई गज्जबकै क्याम्पसमा पढाउने भएँ भनेर खुसी थियो । ‘ओहो ! यस्तो पनि क्याम्पस ? हाम्रो पालाको क्याम्पस कस्तो, अहिलेको क्याम्पस पाँचतारे होटलजस्तो !’

लचकदार कुर्सीमा बसेर भित्तामा टाँसिएर राखेको बढेमानको टिभीमा क्याम्पसका गतिविधि हेरेर फुरुंग थिए हरिहर । उता गाउँबाट काठमाडौं आउँदा फलानालाई भेट्नु भनेर उतैका नेताले पठाएका थिए । त्यही भएर उनलाई क्याम्पसका साहु भेट्ने चाहना पूरा हुन धेरै बेर नै कुर्नुपर्यो । 

क्याम्पसमा त ‘बडादसैंको नौरथा चलेको छ, भक्तजन अभिभावकहरुको लामो लाइन छ !’ सबैको अनुहारमा निकै चमक देखिन्छ । भित्तामा राखिएको टेलिजिभन पर्दा, सुमधुर स्वरमा छोरीमान्छेको आवाजबाट फलानो मान्छे भित्र आउनुस् भनेर बोलाइरहँदा कति सभ्य देखिन्थ्यो । 

लामै पर्खाइपछि भित्ता कुनामा टाँसिएको स्पिकरबाट कोकिलकण्ठ आवाजबाट ‘हरिहरप्रसाद कुमार शर्मा चौलागाईं’ भन्ने आवाज सुन्नासाथ उनी जुरुक्क उठे । छोरीको देब्रे हात ताने अनि अर्को सिसाको ढोका अगाडि पुगे । ढोकामा अंगे्रजी भाषामा ‘धेकेल्नुस्’ लेखिएको थियो । हरिहर र छोरी सिसाको अगाडि उभिरहे । छोरीले भित्र जाउँ ढोका धकेल्नुस् भन्दै थिइन् । 

हरिहरले मानेनन्, भित्रबाट १२ कक्षा पढ्दै गरेकी नानीले सिसाको ढोका उघारेर छेवैको कोठामा छिराइन् । यो क्रम निरन्तर चलिरहेको थियो । बिहान ८ बजेदेखि ६ बजेसम्म क्याम्पसमा अहिले नौरथा लागेको छ । भित्र छिरेका हरिहरले नमस्कार गर्दै भने, ‘फलानो नेताले पठाउनुभएको । हजुरलाई गएर भेट्नु सबै सहज हुन्छ भन्नुभएको छ ।’

सायद उनी क्याम्पसको लगानीकर्ताहरुमध्येका एक थिए । उनले मिठो स्वरमा भने, ‘ए कत्ति राम्रो, उहाँ हाम्रै सहकर्मी हुनुहुन्छ, हाम्रो गोत्र एउटै हो । ल भन्नोस्, अब मैले के सहयोग गर्नुप¥यो ?’छोरीलाई देखाउँदै, ‘यी यसले राम्रै नम्बर ल्याएर पास गरी क्यारे, त्यही भएर अब माथिल्लो कक्षा पढाउनुप¥यो भनेर आको ।’

उनले फेरि भने, ‘एकदम राम्रो गर्नु भो । हाम्रो शिक्षालय भनेको नेपालमा नै ‘टप’ पर्छ । हामीले विद्यार्थीहरुका लागि दिने सेवा सुविधामा कुनै ‘कम्प्रमाइज’ गर्दैनौं । बाहिर भित्तामा टाँसिएका फोटाहरु हेर्नु भो होला नि ? ती सबै यही शिक्षालयमा पढेर अधिकांश त विदेश उडिसके (हल्का हाँस्छन्) । अनि नानी के पढ्ने विचार गरेकी छौं त ?’

छोरीले लजालु स्वरमा भनिन्, ‘पढ्न त मलाई कानुन पढ्न मन थियो, तर बाबाले प्रविधि विज्ञान नै पढ् भन्नुभएको छ त्यही पढ्छु ।’
छोरीको कुरा सुनेर, ‘उनले भने कति राम्रो विचार, तर यो पनि ठीकै छ । सबैभन्दा ‘बेस’ छ । अहिले प्रविधिको युग छ । प्रविधि विज्ञान नै राम्रो हो नि ? छोरीले मुण्टो हल्लाउँछिन् ।’

हरिहरले सोधे, ‘अनि सर यो ११ र १२ पढ्न कति लाग्ने हो कुन्नि ?’
‘अब हेर्नुस् यो विषय भनेको नै धेरै मिहेनत गर्नुपर्ने विषय । स्रोत साधन समय सबै धेरै नै लाग्छ । त्यही भएर अरु विषयभन्दा अलि बढी नै लाग्छ । चिन्ता लिनु पर्दैन यो विषय पढेपछि छोरीले कमाउँछिन् । त्यसमाथि पनि तपाईं त हाम्रो ‘फलानो’ नेताजीले भनेर पठाएको चिन्तै लिनु पर्दैन ।’

नेताले भनेर पठाएको चिन्ता लिनु पर्दैन भनेपछि हरिहरको अनुहारमा खुसी देखिन्छ । उनले फेरि सोध्छन्, ‘तै पनि लगभग कति चाहिँ तिर्नु पर्ला ?’ ‘चिन्तै लिनु पर्दैन अहिले यो फर्म भर्नुस्, अनि यो विस्तृत हेर्नुस् त्यसमा पनि हामी मिलाइहाल्छौं । तपाईंले गेटबाट छिरेदेखि नै देखिहाल्नुभाको छ नि हाम्रो सेवा सत्कार यहाँको वातावरण । पैसा भनेको ठूलो कुरै होइन नि सबैभन्दा क्याम्पसको वातावरण हो नि । हो कि होइन भन्नुस् त ?’ 

हरिहरले उनले दिएको शुल्कको कागज हेर्छन् वल्टाउँछन् पल्टाउँछन् । छोरीको मुखमा हेर्छन् अनि भन्छन्, ‘फिस तिरेर...मुटु चिरेर ।’ हरिहर कुर्सीबाट डङरंगै ढल्छन् ।
 


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP