Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विपद् पूर्वतयारीमा लागौं
विपद् पूर्वतयारीमा लागौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ५, २०८२

असार लागेसँगै नेपालमा मनसुन सुरु भइसकेको छ । आकाशे पानीको भरमा गर्नुपर्ने कृषिका लागि यो उपयुक्त समय पनि हो । यो समयमा धेरैजसो स्थानमा धान खेतीका लागि रोपाइँ हुने गर्छ । तर केही स्थानमा भने अधिक वर्षाका कारण घरबास नै जोखिममा पर्छ । कतिपय ठाउँका खेतीबाली कटान हुन्छ भने कतिपय ठाउँमा पहिरो जाने गर्छ । जसका कारण मानवीयदेखि भौतिक क्षति हुने गर्छ ।

बुधबार दिउँसो चीन सरकारले तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै भोटेकोशी नदी र सुनकोशी नदी बग्ने आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । असार ३ देखि ७ गतेसम्म अत्यधिक वर्षाको अनुमान चीनले गरेको छ । लगातारको वर्षाले तातोपानीको लिपिङ बजारमा पहिरो खस्दा बुधबार तीन घरमा क्षति पुगेको छ । ठाउँठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । 

नेपालको मौसम विभागले भने चीनले भनेजस्तो खतरा नरहेको जनाएको छ । विभागले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भूउपग्रह तथा मौसम प्रारुपबाट प्राप्त तथ्यांक तथा सूचनाको हालको विश्लेषणका आधारमा सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेको उल्लेख गरेको छ । 

Hardik health

विगतका दिनहरुमा सिन्धुपाल्चोकको मेलम्ची नदी, भोटेकोशी नदीमा आकस्मिकरुपमा आएको बाढीका कारण ठूलो मानवीय क्षति भएका उदाहरण छन् । भोटेकोशी नदीमा थाहै नपाइ पनि कहिलेकाहीँ ठूला बाढी आउने गर्छ । सायद यसै विषयमा चीनले सूचना दिएको हुन सक्छ । नेपाली मौसमको राडारमा चिनियाँ आकाशको पूर्वानुमान गर्न सक्ने भए राम्रै हो । तर यदि त्यस्तो अवस्था नरहेमा तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु आवश्यक छ ।

यतिमात्र हैन सरकारले पनि यस्ता विपद्बाट जोगिन पूर्वतयारी गर्नैपर्छ । भोटेकोशी क्षेत्रमा पर्यटकका लागि स्थापना भएको रिसोर्टहरु छन् । त्यसैगरी अन्य विभिन्न परियोजनाहरुसमेत यस क्षेत्रमा छन् । यी स्थानमामात्र हैन देशभर मौसमी बदली जारी भएकोले सरकारले विपद्को पूर्वतयारी गर्नु आवश्यक छ । अविरल वर्षाका कारण सडक अवरुद्ध हुने, दुर्घटना हुँदा उद्धार गर्न नसकिनेजस्ता घटना पनि नेपालीले भोग्दै आएका छन् ।

यस्तो अवस्थालाई सकेसम्म न्यूनीकरणका लागि सरकारले पूर्वतयारी थाल्नुपर्छ । यसका लागि भोलि भन्दै नपर्खौं । आजै सुरु गरौं ।
 


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP