Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्राविधिक शिक्षा प्रभावकारी -लामिछाने
प्राविधिक शिक्षा प्रभावकारी -लामिछाने
admin123
admin123 बिहीबार, माघ ११, २०७४
11070024_1640090936213987_4546280300702132229_n
                                        भिमकान्त लामिछाने, भेरी प्राबिधिक शिक्षालय, नेपालगञ्जका प्रमुख हुन् । प्राविधिक शिक्षाको महत्व, शिक्षालयका गतिविधि लगाएतका बिषयमा लामिछानेसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । भेरी प्राबिधिक शिक्षालयले के कस्ता कामहरु गरिरहेको छ ? — भेरी प्राबिधिक शिक्षालय २०५० साल पुस २७ गते देखि स्थापना भएको शिक्षालय हो । यसले २०५१ साल देखि ईलेक्टूीकमा टिएसएलसीको कार्यक्रम सञ्चान गरेको थियो । अहिले ७ वटा टिएसएलसी लेभलको छ र २ वटा डिप्लोमा कार्यक्रम छन् । मेकानिकल र इलेक्ट्रिसियन इन्जिनियरमा र १ वटा भुकम्प प्रभाबित डिप्लोका कार्यक्रम सञ्चालन भईरहेको छ । अहिले जम्मा १० वटा कार्यक्रम सञ्चालन गरिरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटीभीटी) अन्तरगतको सबै भन्दा ठुलो र पुरानो शिक्षालय अहिले सम्मका मुख्य उपलब्धिहरु के—के हुन् ? — भेरी प्राबिधिक शिक्षालयका मध्य र सुदुरपश्चिमलाई समेट्ने शिक्षालय हो । यसबाट उत्पादित जनशक्तिहरु स्वरोजगार भएर देशमा काम गरिरहेका छन । यसले प्राविधिक जनशक्तिको बिकास गरिरहेकोछ । अहिले सम्म यो शिक्षालयले कति जनशक्ति उत्पादन गर्यो र कति रोजगार तर्फ अग्रसर भए के छ यहाँहरुसँग आँकडा ? — भेरी प्राबिधीक शिक्षालयले अहिले सम्म लामो र छोटो अवधिका कार्यक्रम सञ्चालन गर्यो। छोटो अवधिका तालिमबाट ५८५ जना महिला र ४५४१ जना पुरुष गरी जम्मा ५१२६ जना जनशक्ति उत्पादन गर्न सफल भएको छ भने टिएसएलसीको लेभलमा अहिले सम्म ५०४ जना महिला र १७६७ जना पुरुष गरी २२७१ जना प्रशिक्षार्थी उत्पादन भएका छन्, डिप्लोमा कार्यक्रममा १३ जना महिला र १७७ जना पुरुष गरी १९० जना प्रशिक्षार्थी उत्पादन भएका छन् । लामो समयको कार्यक्रमबाट २४४१ जना प्रशिक्षार्थी उत्पादन गर्न शिक्षालय सफल भएको छ । यी सबै बिधार्थीलाई मिलाएर हेर्दा ७५ प्रतिशत भन्दा बढि बिद्यार्थी चाही रोजगारमा छन् । यो तपाईहरुको अनुमान हो की यसको सबै लेखाजोखानैं छ ? — यसको हामीले अभिलेखनैं राख्छौ । अभिलेखकै आधारमा हामीले भन्ने हो । देशमा बेरोजगारी छ, धेरै बेरोजगार युवाहरु छन्, त्यसमा पनि शिक्षीत बेरोजगारहरु छन् । धेरै युवाहरु खाडी मुलुकमा छन्, बिदेश पलायन भएका छन् यस्तो अवस्थामा प्राविधिक शिक्षाले बेरोजगारी घटाउन कस्तो योगदान दिईरहेको छ ? — प्राबिधिक शिक्षाले देशको बेरोजगारी घटाउन सहयोग पुर्याईरहेकोछ । हाम्रो शिक्षाबाट बिद्यार्थीहरुले रोजगारनैं पाउने हो । प्राविधिक शिक्षाबाट स्वदेश र बिदेशमा धेरै युवाहरुले रोजगारी पाएका छन् । भेरी प्राबिधिकबाट उत्पादित बिद्यार्थीले मासिक २/३ लाख आम्दानी गरिरहेको हामीले पाईरहेका छौं । पछिल्लो समयमा प्राबिधिक शिक्षा प्रभाबकारी भएन भन्ने गुनासो पनि सार्वजनिक भईरहेको हुन्छनि ? — त्यस्तो छैन, ज्ञान, सिप र दृष्टिकोणका कारण कसैले केही भनेको हुनसक्छ, पहिलेको भन्दा स्तर खस्केको होईन, स्तर अभिबृद्धि भईरहेकोछ । स्तर अभिबृद्धि कसरी भईरहेको छ त ? — टेक्नोलोजीमा जहिले परिवर्तन भईरहेको हुन्छ । यो परिवर्तनलाई हामी सधैं पछ्याईरहन्छौं । परिवर्तित पाठ्य सामाग्रिसँगै प्रविधियुक्त प्राविधिक शिक्षा हामीले दिईरहेकाछौं । पहिलेको तुलनामा निकै सुधार भएको छ । तपाई लामो समय देखि यो भेरी प्राबिधिक शिक्षालयमा कार्यरत हुनुहुन्छ र पछिल्लो समय तपाई प्रमुखको रुपमा यो शिक्षालयको नेतृत्व गरिरहनुभएको छ । तपार्इं आइसके पछि भएका परिर्वतनहरु बुँदागत रुपमा के—के हुन् ? म यो शिक्षालय स्थापना हँुदादेखीनै देखि यो शिक्षालयमा छु । भेरी प्राबिधिकका प्रत्येक पलहरुमा मेरो संलग्नता छ । म २०७० साल देखि प्रमुख छुँ । म प्रमुख भएपछि स्टाफहरुसँगको सहकार्य बढेकोछ, समूह कार्य भएको छ, एक आपसमा समझदारी बढेकोछ । बिद्यार्थी र शिक्षालय प्रशासन बिचको सम्बन्धमा सुधार आएकोछ । ल्याबहरु व्यवस्थित गरिएको छ, वर्कसप पनि राम्रो भएको छ, शिक्षालय भित्र रंगरोगन गरिएकोछ, क्यान्टिनको उचित व्यवस्था गरिएको छ । शिक्षालय भित्रकोे सडक बिच गरिएकोछ । खानेपानीको ब्यवस्था गरिएको छ । पठनपाठनलाई प्रभावकारी र नियमित गरिएकोछ । तपाई प्रमुख हुनुभन्दा अगाडी भेरी प्राबिधीक शिक्षालय तोडफोड लगाएतका घटनाहरु घटेका थिए, अहिले त्यस्तो घटनाहरु भएको समाचारहरु सार्वजनिक भएका छैनन्, कसरी व्यवस्थापन गरिराख्नुभएकोछ ? — ज्ञान सीप र अबधारणा एउटा बिद्यार्थीमा नभई नहुने कुरा हो । त्यो कुराको बिकास गर्न हामी लागेका छौं । गुनासाहरु तत्काल सम्बोधन गरिदिँदा धेरै समस्या हुँदो रहेनछ । अन्य क्याम्पसमा पढ्ने बिद्यार्थीहरु भन्दा प्राविधिक शिक्षा पढ्ने बिद्यार्थीहरु अनुशासित हुँदैनन् भन्ने आरोप छ नि ? — त्यस्तो देखिन्छ, तथापी हामी हाम्रा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न हरदम प्रयास गर्छाैं । शिक्षालयका हरेक कार्यक्रममा निश्चित कोटा हुन्छ त्यो कोटामा बिधार्थीहरु नै नहुने, संख्यानै कम हुने त्यस्तो भएको छ कि छैन ? — कम हुने होईन, संख्या भन्दा बढि बिद्यार्थी आएर छनौट गर्नै समस्या हुन्छ । जुन सरकारले सिटिभिटीले जुन लक्ष्य लिएको छ वा लक्षित गरेको बर्गले त्यो सेवा लिन नसकेको हो की ? — अझैं लक्षित बर्गले त्यो अवसर लिन नसकिरहेको अवस्था छ । त्यसको लागि शिक्षालयले बढि प्रचार प्रसारको कुराहरु र गाऊँ गाऊँमा प्रचार प्रसारका कार्यहरु गर्न नसकेको हो कि ? — प्रचार, प्रसार हुन्छ, यसलाई अझै बढाउने पक्षमा छौं तर यसको केही प्रावधिक कुराहरु छन् । निश्चित नम्बर ल्याउनु पर्नै, परिक्षामा प्रतिष्पर्धा गर्नुपर्ने आदि कारणले पनि कमजोर बिद्यार्थी अवसरबाट बन्चित हुन सक्ने सम्भावना रहन्छ । यस्तो कुरामा त सोर्सफोर्स कत्तिको चल्छ ? — सोर्सफोर्सले केही फरक पार्दैन, जसले जति नम्बर ल्यायो, ल्यायो त्यो नम्बरलाई तल माथी पार्न सकिदैन त्यसैको आधारमा रिजल्ट निकाल्नु पर्दछ । कोडिङ्ग, डिकोडिङ्ग प्रणालीबाट परिक्षाको परिणाम प्रकाशन गरिन्छ । यसमा कुनै किसिमको आग्रह, पूर्वाग्रह हुँदैन । पूर्व बिद्यार्थीहरुको पुनःभेटघाट गर्ने गराउने, सफल बिद्यार्थीहरुलाई पुरस्कृत गर्ने काम शिक्षालयले गर्छ कि गर्दैन ? — पूर्व बिधार्थीहरुलाई सम्माननै गर्ने काम चाहिं गरीएको छैन । भेरी प्राविधिक शिक्षालयका पुराना बिद्यार्थीहरुको युनियन गठन भएकोछ । बार्षिकोत्सवमा बोलाएर पुराना बिदयार्थीहरुलाइ निमन्त्रणा गरेर बोल्न दिनेगरेकाछौं । बार्षिकोत्सवको अवसरमा कर्मचारीलाई पुरस्कृत गर्ने काम पनि गरिन्छ, यसका आधारहरु के के हुन् ? — २०५१ सालको उत्कृष्ठ कर्मचारी हुँ । त्यस पछि धेरै कर्मचारी पुरस्कृत हुदै जानुभयो । गर्दै गईयो, बिचमा २,४ बर्ष भएन । पछि २०७० साल देखि पुनः यो सम्मानको कार्यलाई निरन्तरता दिईएकोछ । यसको प्रष्ट आधारहरु बनाईएकोछ । कार्य सम्पादनको उत्कृष्ठताका आधारमा पुरस्कृत गरिन्छ । सिटीभीटिले शिक्षालयबाट गत बर्ष सम्मान प्राप्त गर्यो होईन ? — गत बर्ष यो उत्कृष्ट शिक्षालयको रुपमा प्रधानमन्त्री शुसील कोईरालाको हात बाटनै हामीले २५ हजार नगद सहित पुरस्कार प्राप्त गरेका थियौं । कस्ता—कस्ता खाल्का गुनासोहरु आउँछन् ? — शिक्षालय प्रति शैक्षिक सामाग्रिहरु पुराना भए, भवन पुरानो भए, कहिले ईलेक्टूोनिक सामानहरु पुरा भए, पढाई भएन भन्ने गुनासो आउँछ, हामी ति गुनासोहरु सम्बोधन गर्छाैं ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग आइतबार, भदौ १, २०८२
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल शुक्रबार, साउन ३०, २०८२
अबुधाबीमा वैधानिकीकरण सेवा नियमित बनाइँदै
अबुधाबीमा वैधानिकीकरण सेवा नियमित बनाइँदै बिहीबार, साउन २९, २०८२
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै बिहीबार, साउन २९, २०८२
सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र
सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र बुधबार, साउन २८, २०८२
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’ मंगलबार, साउन २७, २०८२
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP