Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • व्यवस्था परिवर्तनले के हुन्छ ?
व्यवस्था परिवर्तनले के हुन्छ ?
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, जेठ २०, २०८२

राजावादीहरुलाई आन्दोलन गर्न सरकारले तोकेको क्षेत्र । त्यही सिफल चौरको छेवैमा छ भण्डारखाल जंगल । कतिपयले त्यही भण्डारखाल जंगल (बगैंचा) मा जंगबहादुरले आफूलाई मार्न षडयन्त्र गर्ने आफ्न दरबारभित्रैका दुस्मनलाई हत्या गरेको भन्छन् । अनि त्यही हत्याकाण्डलाई भण्डारखाल पर्वको नाम दिएको पनि चर्चा गर्छन् ।

२०८२ साल जेठ १५ गते देशमा गणतन्त्र दिवस शक्तिशाली दुई दल नेतृत्वको सरकारले कसरी मनायो भन्नै पर्दैन । सरकारमा भएका मन्त्री, सांसद टुँडिखेलमा पुगे, नेपाली सेनाले अनेकन प्रदर्शनी ग¥यो, मञ्चमा बस्ने दंग पर्दै हेरे । गणतन्त्र दिवस सकियो । एकातिर नेपाली सेनाको टुकडीले गणतन्त्र दिवस मनाएर सकिँदै गर्दा त्यसैको छेउ रत्नपार्कमा राजसंस्थावादी समूहले गणतन्त्र मुर्दावादको नारा घन्काइरहेको थियो । एक दिन बित्यो, दुई बित्यो सडकमा मान्छेहरुको भीड पनि देखियो । पञ्चायत नभोगेका, निरंकुशतन्त्र नदेखेका अनि लोतकन्त्रमा भ्रष्टाचार, बेथिति अनि बेरोजगारीका कारण विदेश पलायन हुन बाध्य पार्न खोजिएका युवाहरु ‘राजा आऊ, देश बचाऊ’ भन्दै थिए । 

सरकार व्यवस्था परिवर्तन गर्ने आन्दोलनलाई नियन्त्रणमा लिनेभन्दा पनि आन्दोलन गर्ने ठाउँहरुमा निधेषाज्ञा लगाउँदै, धकेल्दै बल्खु र सिफलचौर पु¥याउँदै थियो । त्यही चौरको उत्तर पश्चिम कुनामा रहेको सायद शताब्दी काटिसकेको एउटा बूढो पिपलको रुख रमिता हेर्दै थियो ।
बूढो पिपलको रुखमात्र होइन, पिपलको रुखबाट थोरै मुन्तिर पुरानो घरको भुइँतलामा झ्वाट्ट हेर्दा भट्टीजस्तो देखिने चिया पसलमा सेतै कपाल फुलेका तीनजना पनि हेरिरहेका थिए । उनै नवराजजस्तै चार बिसा कटिसकेका होलान् । अनि राजतन्त्रहुँदै पेन्सन खान सुरू गरिसकेका रहेछन् । पञ्चायत भोगेका, प्रजातन्त्रमा रसस्वाद गर्दै छोराछोरी विदेश बसाइ सारिसकेका अनि लोकतान्त्रिक पेन्सनमा अड्किएर उमेर कुरेर बसिरहेका । 

त्यही बूढो पिपलको बोटबाट चार बिसा काटिसकेका नवराज राजा ल्याउने भन्दै जेठ १५ गते जीपमाथि बसेर रत्नपार्क धाउँदै थिए । ‘विचरा स्वास्थानी व्रतकथामा पो लावण्य देशका नवराजलाई हात्तीले माला लगाइदिएर राजा बनाइएको थियो । यी नवराजले के राजा ल्याउँलान् र ?’ धर्के सटमा कालो स्टकोट र कालै टोपी लगाएका उही नवराजकै उमेरका व्यक्तिले चिया घुट्को सुरुप्प पारेर बोले ।
काँचको गिलासमा रहेको चियामा सेल चोपेर फुस्केको दाँतले अलिअलि चपाउँदै अर्का वृद्धले मुख खोले, ‘यिनले के ल्याउँछन्, जीवनभर दरबारको जुठो खाएर तर मारे, पछि त्यही राजाका विरुद्ध अनेकथरि लेखे, यिनले त के ल्याउँलान् राजा । यो त देखाउने दाँतमात्र हो नि ! ल्याउने त उही दक्षिणतिरकाले नै हो ।’

Hardik health

निधारमा ठाडो टीका लगाएका अर्का पातले बूढाले प्रश्न गरे, ‘राजा आए रातारात परिवर्तन हुन्छ ?’ व्यवस्था परिवर्तनले केही हुँदैन जबसम्म अवस्था परिवर्तन हुँदैन, मुलुक कहिल्यै पनि बन्दैन । देश हाँक्ने जिम्मेवारी हामीले पाएका हैनौं ? राजतन्त्र, प्रजातन्त्र अनि गणतन्त्र तीनवटै चलाएका हैनौं ? के गरेका थियौं हामीले ? व्यवस्थालाई दोष दिएर हुन्छ र भन्या !’

यिनका कुरा सुनेर दुवै बूढाको मुख बन्द भयो । सायद सिफलको बूढो पिपलको बोटले पनि त्यही भन्दै थियो होला । ठाडो टीका लगाएका वृद्धले फेरि थपे, ‘पदमा रहुञ्जेल मुलुकका लागि कहिल्यै पनि सोचेनौ, कुन फाइलबाट कति कमिसन आउँछ, छोराछोरीलाई महँगो विद्यालयमा पढाउने र अमेरिका अस्ट्रेलिया पढाउनेबाहेक के सोच्यौं ? धर्के सट लगाएका बूढाले शिरको टोपी फुकाले । तातो चिया एक घुट्को सुरुप्प पिए । देब्रे हातको नाडीले पसिना पुछे । अनि भने, ‘त्यो त हो, वास्तवमा भन्ने हो भने सबै व्यवस्था हामीले नै चलायौं तर जुन नेतालाई पनि हामीले नै घुमायौं । उनीहरुलाई पनि धनी बनायौं हामी पनि धनी बन्यौं । अनि देश रित्तो बनायौं । राजतन्त्र आओस् कि गणतन्त्र जाओस् । चलाउने उही प्रशासन संयन्त्रले नै हो । शिरमात्र फेरिएर परिवर्तन कसरी होला र ? हात गोडा उही हो !

छेवैमा दुईजना युवा मोबाइलमा कुन्नि के ‘गेम’ खेलिरहेका थिए । उनीहरुलाई तीनजना वृद्धले गरेको कुराकानीमा कुनै मतलब नै थिएन । ‘ढिच्याऊँऽ डिच्याऊँ’ यस्तै–यस्तै सानो आवाज मोबाइलबाट आइरहेको थियो । सायद उनीहरु ‘पप जी’ खेलिरहेका थिए । कसैले जुलुसमा जाउँ भनेर आएका यिनीहरु जुलुसमा सहभागी भएर खाजा खाने निहुँमा खुसुक्क त्यही पसलमा छिरेका रहेछन् । अनि गेमको तलतलले पसलभित्र छिरेका रहेछन् । अहिलेको युवा पुस्ता यस्तै मोबाइल गेमका कारण पनि मानसिकरुपमा वीक्षिप्त बनिरहेका छन् । उनीहरुलाई राजा आओस् कि नआओस्, प्रधानमन्त्री जोसुकै बनोस् मतलब छैन । केवल चिन्ता छ रोजगारीको । दुवै सँगै भएर पनि मोबाइलमा ‘हानऽ हान’ भन्दै गर्दा तीनै जना वृद्धले एकै स्वरमा भने, ‘के भो बाबु ?’ उनीहरु ङिच्च हाँसे ! 

बाहिर चार बिसा काटेका नवराज राजा ल्याउन हिँडेका थिए । चिया पसलका दारीवाल भाइ समोसा बनाउँदै थिए । सायद उनकी पत्नी होलिन् मोबाइल हेर्दै थिइन् । मोबाइलमा फेसबुक, युट्युब के हेर्दै थिइन् । युट्युबरहरु घोक्रो सुक्ने गरी चिच्याउँदै प्रत्यक्ष प्रसारण भन्दै राजावादीहरुको आन्दोलन र प्रहरीबीचको झडप हुने भन्दै कराइरहेका थिए । त्यही हेरेर उनी भन्दै थिइन, ‘आज पनि अस्तिकै जस्तो होला जस्तो छ ? 

एकातिर राजा ल्याउने नवराजका कार्यकर्ता अर्कोतिर देश हाँकिरहेको प्रधानमन्त्रीको पार्टीका कार्यकर्ता । बीचमा नेपाल प्रहरी । सत्ताका लागि दुवै मरिहत्ते गरेका ! हिजो राजाले शासन चलाए जनताले के पाए ? राजा हटाए, गणतन्त्र ल्याए जनताका छोरा राष्ट्रपति, शक्तिशाली प्रधानमन्त्री भए । जनताले के पाए ? महँगी, अन्याय, अत्याचार, भ्रष्टाचार, बेरोजगारी ! आखिर जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान ठिकै त रहेछ त ? ठाडो टीका लगाएका वृद्ध दुई सँगैका मित्रलाई सुनाउँदै थिए । 

धर्के सट लगाएका वृद्धले घुँडामा राखेको टोपी शिरमा लगाउँदै भने– कुरा ठिकै हो व्यवस्था फेरिएर के भो, व्यवस्था चलाउने फेरिने होइनन् ! जुन तन्त्र आए पनि व्यवस्था चलाउने कर्मचारी, राजनीतिको भागबण्डा गर्ने शासक उही भएपछि दुःख पाउने त उही जनताले नै हो नि । व्यवस्था फेरिए पनि अवस्था फेरिने भए पो खुसी हुनु ? ल म गएँ है भोलि भेटौंला ।

उनी जुरुक्क उठे, र गए । ठाडो टीका लगाएका बूढाले भने, ‘लौऽलौ हामी पनि जान्छौं सबै गए । नवराजको नेतृत्वले राजतन्त्र ल्याउँला नल्याउँला । व्यवस्था परिवर्तन होला वा नहोला ! मुलुक र आमनागरिकको अवस्था परिवर्तन गर्नतिर पो लाग्ने कि ?’
 


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP