Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १९, २०८२

काठमाडौं– सरकारले ‘श्रम संसार‘ नामको पोर्टल सञ्चालनमा ल्याएको छ । १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर उक्त पोर्टल सञ्चालनमा ल्याएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको पोर्टलको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भर्चुअल’ माध्यमबाट शुभारम्भ गरे । 

उक्त पोर्टल सञ्चालनमा आएसँगै अब सरकारी, निजी क्षेत्रलाई कर्मचारी खोज्न र नागरिकलाई रोजगार पाउन सहज हुने मन्त्रालयको भनाइ छ । प्रधानमन्त्री ओलीले यो पोर्टलले रोजगारीमा आबद्ध हुन सहजीकरण गर्नुका साथै रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुने बताए ।

अब रोजगारदातालाई पनि योग्य जनशक्ति पाउन सहज हुने उनको भनाइ थियो । यसले श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हटाउने विश्वास व्यक्त गरे । ‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ, समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ,’ प्रधानमन्त्री ओलीले भने । 

श्रममन्त्री शरतसिंह भण्डारीले यो पोर्टलले रोजगारदाता, तालिम प्रदायक संस्थादेखि रोजगारकर्तालाई जोडेको बताए । पोर्टल बनाएर सरकारको काम सकिएको नभइ सुरु भएको उनको भनाइ छ । ‘मुलुकमा रोजगार छैन, त्यही भएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । यहाँ भएका रोजगारी हुनेखानेले मात्र पाउँछन् भन्ने भाष्य चिर्न यो पोर्टलले सहयोग गर्छ,’ उनले भने ।

Hardik health

अब क्षमता छ भने जागिर पाउन कसैको ढोकामा कुर्न नपर्ने उनको दाबी रह्यो । हरेक वर्ष चार–पाँच लाख जनशक्ति श्रमबजारमा आउने तर सीप नभएका कारण रोजगारी नपाउने स्थिति रहेकाले आन्तरिक रोजगार दशकले नागरिकलाई सीपयुक्त बनाउँदै लैजाने मन्त्री भण्डारीले बताए । सीप प्रयोग गर्नुपर्ने क्षेत्रमा 

के हो श्रम संसार पोर्टल ?
यो श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारिक सूचना प्रवाह गर्ने सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार श्रम संसार राष्ट्रिय श्रमबजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको एक सूचना प्रणाली हो ।

यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रमबजारका अन्य सरोकार भएका निकायसमेत आबद्ध रहने भएकाले श्रमबजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ । 

यस पोर्टल संघ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुने छ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिइ सहजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र स्वरोजगारसमेतले यस पोर्टलमार्फत आफ्नो सीपको विज्ञापन गर्न सक्छन् । 

पोर्टलमा निःशुल्क दर्ता तथा सञ्चालन गर्न सकिन्छ । श्रमबजार सम्बन्धित नीति, नियम तथा जानकारी पोर्टलमा उपलब्ध हुने छ । मन्त्रालयले यसको सहज पहुँचका लागि यही वैशाखभित्र ‘आइओएस’ र ‘एन्ड्रोइड’ दुवैमा उपलब्ध मोबाइल एप्स्को सुरुआत गर्ने जनाएको छ ।पोर्टल सञ्चालन, अन्तरतह समन्वय तथा निजी क्षेत्रको आबद्धता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने विषयमा भएका आगामी योजनाबारे पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०२३ मा कोशी प्रदेशमा विकास गरी प्रारम्भिकरूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो ।

छोटो समयमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै कोशी प्रदेशका १३७ वटै स्थानीय तह यस प्रणालीमा आबद्ध भएका थिए । देशभरका ७५३ वटै स्थानीय तहलाई श्रमसंसार पोर्टमा समेट्न मन्त्री भण्डारीको अग्रसरतामा प्राविधिक समितिले काम गरेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
साउदीले पासपोर्ट पेस गर्ने सीमा बढाएपछि व्यवसायीलाई राहत
साउदीले पासपोर्ट पेस गर्ने सीमा बढाएपछि व्यवसायीलाई राहत मंगलबार, मंसिर २, २०८२
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १, २०८२
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान सोमबार, मंसिर १, २०८२
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP