Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट 
यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२
  • नोभेम्बर १८ तारिखबाट त्यहाँका सरकारी तथा अर्धसरकारी क्षेत्रको भिसा दिइएको थियो 
  • मंगलबारबाट नीजि कम्पनीले पनि पुलिस रिपोर्टसहित भिसाको लागि पेश गर्न आग्रह
  • भिसा बन्द भएयता कात्तिकमा २६५ जनामात्र गएका यूएई गएका थिए

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई)का नीजि कम्पनीले श्रमिक भिसाका लागि ‘पुलिस रिपोर्ट’ माग्न थालेका छन् । योसँगै नेपालीका लागि केही महिनादेखि अघोषित रुपमा बन्द भएको यूएईको श्रम बजार सामान्यतर्फ उन्मुख हुन थालेको व्यवसायीले बताएका छन् । 

भदौ २३ र २४ गते जेन–जी विद्रोहयता यूएईले नेपाली श्रमिकको भिसा रोकेको थियो । त्यहाँको सरकारले औपचारिक जानकारी बिनै भदौ ३० यता भिसा बन्द गरिदिएको थियो । त्यसयता नोभेम्बर १८ तारिखबाट त्यहाँका सरकारी तथा अर्धसरकारी क्षेत्रको भिसा दिइएको थियो । मंगलबारबाट नीजि कम्पनीले पनि पुलिस रिपोर्टसहित भिसाको लागि पेश गर्न भनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतले बताए । 

‘युएईको समस्या समाधानका लागि व्यवसायीको सल्लाह, सुझाव लिएर हामीले सरकारका विभिन्न निकायलाई ध्यानाकर्षण गराएका थियौँ । मंगलवारबाट केहस् सकारात्मक संकेत देखिएका छन्,’ बस्नेतले भने, ‘त्यहाँका कम्पनीले भिसाको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट पेश गर्न भनेका छन् । यूएईको रोजगारी समाधानतर्फ उन्मुख भएको देखिन्छ ।’

Hardik health

यूएईमा नेपाली श्रमिक पुलिस रिपोर्टबिनै जाँदै आएका थिए । जेन–जी विद्रोहमा मुलुकभरका जेलबाट भागेका कैदिबन्दीका कारण सुरक्षा चुनौति देखिएको भन्दै भिसा रोकिएको त्यहाँका कम्पनीले बताएका थिए । सुरक्षाको विषयलाई ध्यानमा राख्दै पुलिस रिपोर्ट लिएर कामदार लग्ने प्रक्रियालाई निरन्तरता दिन खोजेको देखिन्छ । 

नेपाल यूएईको प्रमुख स्रोत मुलुकमध्ये पर्छ । नेपालबाट पनि दैनिक पाँचदेखि आठ सय श्रमिक  संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर रोजगारीमा जाँदै आएका छन् । जेन–जी विद्रोहपछि अवस्था सामान्य हुँदै गएपनि हालसालै बाराको गतिविधिजस्ता कारणले पनि रोजगारदाता सशंकित हुने अवस्था आउने भएकाले यसलाई नियन्त्रण गरिनुपर्ने व्यवसायी बताउँछन् । 

यूएई नेपाली युवाहरूको प्रमुख रोजाइको श्रम गन्तव्य बन्दै आएको छ । प्रत्येक महिना १५ हजारभन्दा बढी युवा संस्थागत माध्यमबाट यूएई जाँदै आएकोमा यूएई बन्द भएयता असोज महिनामा सात हजार २३७ र कात्तिकमा २६५ जनामात्र गएका थिए । गत आर्थिक वर्ष २०८१÷८२मा सबैभन्दा धेरै दुई लाख ७४ हजार ५९० जना रोजगारीका लागि यूएई गएका थिए । त्यस्तै ०८०÷८१मा एक लाख ९३ हजार ४३८ जना गएका थिए । 


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP