Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट 
यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२
  • नोभेम्बर १८ तारिखबाट त्यहाँका सरकारी तथा अर्धसरकारी क्षेत्रको भिसा दिइएको थियो 
  • मंगलबारबाट नीजि कम्पनीले पनि पुलिस रिपोर्टसहित भिसाको लागि पेश गर्न आग्रह
  • भिसा बन्द भएयता कात्तिकमा २६५ जनामात्र गएका यूएई गएका थिए

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई)का नीजि कम्पनीले श्रमिक भिसाका लागि ‘पुलिस रिपोर्ट’ माग्न थालेका छन् । योसँगै नेपालीका लागि केही महिनादेखि अघोषित रुपमा बन्द भएको यूएईको श्रम बजार सामान्यतर्फ उन्मुख हुन थालेको व्यवसायीले बताएका छन् । 

भदौ २३ र २४ गते जेन–जी विद्रोहयता यूएईले नेपाली श्रमिकको भिसा रोकेको थियो । त्यहाँको सरकारले औपचारिक जानकारी बिनै भदौ ३० यता भिसा बन्द गरिदिएको थियो । त्यसयता नोभेम्बर १८ तारिखबाट त्यहाँका सरकारी तथा अर्धसरकारी क्षेत्रको भिसा दिइएको थियो । मंगलबारबाट नीजि कम्पनीले पनि पुलिस रिपोर्टसहित भिसाको लागि पेश गर्न भनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतले बताए । 

‘युएईको समस्या समाधानका लागि व्यवसायीको सल्लाह, सुझाव लिएर हामीले सरकारका विभिन्न निकायलाई ध्यानाकर्षण गराएका थियौँ । मंगलवारबाट केहस् सकारात्मक संकेत देखिएका छन्,’ बस्नेतले भने, ‘त्यहाँका कम्पनीले भिसाको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट पेश गर्न भनेका छन् । यूएईको रोजगारी समाधानतर्फ उन्मुख भएको देखिन्छ ।’

Nada Auto Show 2026
Hardik health

यूएईमा नेपाली श्रमिक पुलिस रिपोर्टबिनै जाँदै आएका थिए । जेन–जी विद्रोहमा मुलुकभरका जेलबाट भागेका कैदिबन्दीका कारण सुरक्षा चुनौति देखिएको भन्दै भिसा रोकिएको त्यहाँका कम्पनीले बताएका थिए । सुरक्षाको विषयलाई ध्यानमा राख्दै पुलिस रिपोर्ट लिएर कामदार लग्ने प्रक्रियालाई निरन्तरता दिन खोजेको देखिन्छ । 

नेपाल यूएईको प्रमुख स्रोत मुलुकमध्ये पर्छ । नेपालबाट पनि दैनिक पाँचदेखि आठ सय श्रमिक  संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर रोजगारीमा जाँदै आएका छन् । जेन–जी विद्रोहपछि अवस्था सामान्य हुँदै गएपनि हालसालै बाराको गतिविधिजस्ता कारणले पनि रोजगारदाता सशंकित हुने अवस्था आउने भएकाले यसलाई नियन्त्रण गरिनुपर्ने व्यवसायी बताउँछन् । 

यूएई नेपाली युवाहरूको प्रमुख रोजाइको श्रम गन्तव्य बन्दै आएको छ । प्रत्येक महिना १५ हजारभन्दा बढी युवा संस्थागत माध्यमबाट यूएई जाँदै आएकोमा यूएई बन्द भएयता असोज महिनामा सात हजार २३७ र कात्तिकमा २६५ जनामात्र गएका थिए । गत आर्थिक वर्ष २०८१÷८२मा सबैभन्दा धेरै दुई लाख ७४ हजार ५९० जना रोजगारीका लागि यूएई गएका थिए । त्यस्तै ०८०÷८१मा एक लाख ९३ हजार ४३८ जना गएका थिए । 


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP