Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
  • #एमालेको महाधिवेशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो
सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १०, २०८२
  • चालु आर्थिक वर्ष २०८२/८३को चार महिनामा वैदेशिक राजेगारीमा गएकामध्ये सीप सिकेर विदेशिने कामदारको संख्या दुई लाख नौ हजार ४८० रहेको छ
  • अघिल्लो आर्थिक वर्षको वैदेशिक रोजगारीमा दक्षताबिनै जाने श्रमिक २७.०९ प्रतिशत थिए
  • आर्थिक वर्ष २०७५/७६को तथ्यांक हेर्दा रोजगारीमा ५६.०९ प्रतिशत अदक्ष कामदार विदेशिएका थिए 



काठमाडौं-  पछिल्लो वर्षहरुमा वैदेशिक रोजगारीमा सीप सिकेरमात्र जाने क्रम बढ्न थालेको छ । पछिल्लो चार महिनाको तथ्यांकहेर्दा ७५.२५ प्रतिशत श्रमिक सीप सिकेर वैदेशिक रोजगारीमा गएको पाइएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३को चार महिनामा वैदेशिक राजेगारीमा गएकामध्ये सीप सिकेर विदेशिने कामदारको संख्या दुई लाख नौ हजार ४८० रहेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार उक्त अवधिमा ६६ हजार २८२ जना कामदार कुनै सीपबिनै रोजगारीमा गएको पाइएको छ । उक्त अवधिमा संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर दुई लाख ७५ हजार ७६२ जना विदेशिएका छन् । 

उक्त अवधिमा सबैभन्दा बढी दक्ष श्रमिक कात्तिकमा गएका छन् । कात्तिकमा श्रम स्वीकृति लिएर रोजगारीमा गएकामध्ये ८१.४९ प्रतिशतले आफूले गर्ने कामबारे केही न केही ज्ञान लिएको पाइन्छ । उक्त महिनामा विदेशिएका ७३ हजार ९४ जनामध्ये ७० जना उच्च दक्ष, ३३४ व्यवसायिक, आठ हजार ३०५ जना अर्धदक्ष र ५० हजार ८६२ जना सीपयुक्त श्रमिक रहेका छन् । १८.५ प्रतिशत अर्थात् १३ हजार ५२३ जना भने अदक्ष कामदार रहेका छन् ।

असोजमा रोजगारीमा गएका ६४ हजार ६३४ जनामध्ये २२.२४ प्रतिशत श्रमिक पेशागत ज्ञानबिनै गएका छन् । १४ हजार ३७८ जना अदक्ष युवा उक्त महिनामा परदेशिएका छन् । यसबाहेका पेशागत दक्षता उच्च भएका, सीपयुक्तदेखि अर्धदक्ष श्रमिकको संख्या ५० हजार २५६ अर्थात ७७.७५ प्रतिशत रहेको छ ।

Hardik health

त्यस्तै, भदौ महिनामा रोजगारीमा गएकामध्ये २८.१५ प्रतिशत अदक्ष कामदार छन् । उक्त महिनामा ६७ हजार ९७२ जना विदेशिएकोमा १९ हजार १३५ जना सीप नै नसिकी गएको तथ्यांकछ । दक्ष भएर अर्थात् केही न केही सिकेर जाने ७१.८४ प्रतिशत रहेका छन् । यस महिना ११३ जना उच्च दक्ष, २३६ जना व्यवसायिक, ११ हजार ४१८ जना अर्धदक्ष र ३७ हजार ७० जना दक्ष श्रमिक गरी कुल ४८ हजार ८३७ जना कम्तीमा पेशागत ज्ञान लिएर जानेहरू छन् । 

सबैभन्दा कम दक्ष कामदार भने साउनमा गएका छन् । २८.२५ प्रतिशत अर्थात १९ हजार २४६ जना अदक्ष युवाहरू उक्त महिनामा विदेशिएका हुन् । उक्त अवधिमा उच्च दक्ष, दक्ष, व्यवसायिक र सीप भएकाहरू ७१.७४ प्रतिशत गएका छन् । यस्ता श्रमिकको संख्या ४८ हजार ८६४ रहेको छ । 

आर्थिक वर्ष २०७५/७६को तथ्यांकहेर्दा रोजगारीमा जाने अदक्ष कामदारको संख्या बढी थियो । उक्त वर्ष ५६.०९ प्रतिशत अदक्ष श्रमिक विदेशिएका थिए । कुल पाँच लाख आठ हजार ८२७ जना रोजगारीमा गएकोमा दुई लाख ८५ हजार ४४५ जना कुनै सीपबिनै रोजगारीमा गएका थिए । अर्धदक्ष, दक्ष, व्यवसायिक र उच्च दक्ष श्रमिक भने ४३.९० प्रतिशतमात्र थिए ।

आर्थिक वर्ष ७७/७८मा आइपुग्दा केही सुधार भएको पाइन्छ । सो आर्थिक वर्षमा एक लाख ६६ हजार ६९८ जना रोजगारीमा जाँदा ४८.२२ प्रतिशत अदक्ष कामदार थिए । उक्त वर्षमा ८० हजार ३८२ जना सीपबिनै रोजगारीमा गएका थिए । अर्ध दक्षदेखि उच्च दक्ष कामदार भने ५१.७७ प्रतिशत थिए । 

अघिल्लो आर्थिक वर्षको तथ्यांकहेर्दा रोजगारीमा दक्षताबिनै जाने श्रमिक २७.०९ प्रतिशत थिए । उक्त अवधिमा आठ लाख ३९ हजार २६६ जना रोजगारीमा गएकोमा दुई लाख २७ हजार ४०७ जना अदक्ष श्रमिक थिए । २७.०९ प्रतिशत अदक्ष श्रमिक गएकोमा ७२ प्रतिशतले कुनै न कुनै किसिमको पेशागत ज्ञान हासिल गरेर गएको पाइन्छ । 

  


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना मंगलबार, मंसिर ९, २०८२
आप्रवासी श्रमिकलाई निष्कासन गर्न सकिने कडा प्रावधान
आप्रवासी श्रमिकलाई निष्कासन गर्न सकिने कडा प्रावधान मंगलबार, मंसिर ९, २०८२
जापान कामदार पठाउने पुरानो निर्देशिका बल्ल खारेजीको सिफारिस
जापान कामदार पठाउने पुरानो निर्देशिका बल्ल खारेजीको सिफारिस सोमबार, मंसिर ८, २०८२
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने आइतबार, मंसिर ७, २०८२
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, मंसिर ५, २०८२
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो 
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो  शुक्रबार, मंसिर ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP