Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो
सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १०, २०८२
  • चालु आर्थिक वर्ष २०८२/८३को चार महिनामा वैदेशिक राजेगारीमा गएकामध्ये सीप सिकेर विदेशिने कामदारको संख्या दुई लाख नौ हजार ४८० रहेको छ
  • अघिल्लो आर्थिक वर्षको वैदेशिक रोजगारीमा दक्षताबिनै जाने श्रमिक २७.०९ प्रतिशत थिए
  • आर्थिक वर्ष २०७५/७६को तथ्यांक हेर्दा रोजगारीमा ५६.०९ प्रतिशत अदक्ष कामदार विदेशिएका थिए 



काठमाडौं-  पछिल्लो वर्षहरुमा वैदेशिक रोजगारीमा सीप सिकेरमात्र जाने क्रम बढ्न थालेको छ । पछिल्लो चार महिनाको तथ्यांकहेर्दा ७५.२५ प्रतिशत श्रमिक सीप सिकेर वैदेशिक रोजगारीमा गएको पाइएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३को चार महिनामा वैदेशिक राजेगारीमा गएकामध्ये सीप सिकेर विदेशिने कामदारको संख्या दुई लाख नौ हजार ४८० रहेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार उक्त अवधिमा ६६ हजार २८२ जना कामदार कुनै सीपबिनै रोजगारीमा गएको पाइएको छ । उक्त अवधिमा संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर दुई लाख ७५ हजार ७६२ जना विदेशिएका छन् । 

उक्त अवधिमा सबैभन्दा बढी दक्ष श्रमिक कात्तिकमा गएका छन् । कात्तिकमा श्रम स्वीकृति लिएर रोजगारीमा गएकामध्ये ८१.४९ प्रतिशतले आफूले गर्ने कामबारे केही न केही ज्ञान लिएको पाइन्छ । उक्त महिनामा विदेशिएका ७३ हजार ९४ जनामध्ये ७० जना उच्च दक्ष, ३३४ व्यवसायिक, आठ हजार ३०५ जना अर्धदक्ष र ५० हजार ८६२ जना सीपयुक्त श्रमिक रहेका छन् । १८.५ प्रतिशत अर्थात् १३ हजार ५२३ जना भने अदक्ष कामदार रहेका छन् ।

असोजमा रोजगारीमा गएका ६४ हजार ६३४ जनामध्ये २२.२४ प्रतिशत श्रमिक पेशागत ज्ञानबिनै गएका छन् । १४ हजार ३७८ जना अदक्ष युवा उक्त महिनामा परदेशिएका छन् । यसबाहेका पेशागत दक्षता उच्च भएका, सीपयुक्तदेखि अर्धदक्ष श्रमिकको संख्या ५० हजार २५६ अर्थात ७७.७५ प्रतिशत रहेको छ ।

Nada Auto Show 2026
Hardik health

त्यस्तै, भदौ महिनामा रोजगारीमा गएकामध्ये २८.१५ प्रतिशत अदक्ष कामदार छन् । उक्त महिनामा ६७ हजार ९७२ जना विदेशिएकोमा १९ हजार १३५ जना सीप नै नसिकी गएको तथ्यांकछ । दक्ष भएर अर्थात् केही न केही सिकेर जाने ७१.८४ प्रतिशत रहेका छन् । यस महिना ११३ जना उच्च दक्ष, २३६ जना व्यवसायिक, ११ हजार ४१८ जना अर्धदक्ष र ३७ हजार ७० जना दक्ष श्रमिक गरी कुल ४८ हजार ८३७ जना कम्तीमा पेशागत ज्ञान लिएर जानेहरू छन् । 

सबैभन्दा कम दक्ष कामदार भने साउनमा गएका छन् । २८.२५ प्रतिशत अर्थात १९ हजार २४६ जना अदक्ष युवाहरू उक्त महिनामा विदेशिएका हुन् । उक्त अवधिमा उच्च दक्ष, दक्ष, व्यवसायिक र सीप भएकाहरू ७१.७४ प्रतिशत गएका छन् । यस्ता श्रमिकको संख्या ४८ हजार ८६४ रहेको छ । 

आर्थिक वर्ष २०७५/७६को तथ्यांकहेर्दा रोजगारीमा जाने अदक्ष कामदारको संख्या बढी थियो । उक्त वर्ष ५६.०९ प्रतिशत अदक्ष श्रमिक विदेशिएका थिए । कुल पाँच लाख आठ हजार ८२७ जना रोजगारीमा गएकोमा दुई लाख ८५ हजार ४४५ जना कुनै सीपबिनै रोजगारीमा गएका थिए । अर्धदक्ष, दक्ष, व्यवसायिक र उच्च दक्ष श्रमिक भने ४३.९० प्रतिशतमात्र थिए ।

आर्थिक वर्ष ७७/७८मा आइपुग्दा केही सुधार भएको पाइन्छ । सो आर्थिक वर्षमा एक लाख ६६ हजार ६९८ जना रोजगारीमा जाँदा ४८.२२ प्रतिशत अदक्ष कामदार थिए । उक्त वर्षमा ८० हजार ३८२ जना सीपबिनै रोजगारीमा गएका थिए । अर्ध दक्षदेखि उच्च दक्ष कामदार भने ५१.७७ प्रतिशत थिए । 

अघिल्लो आर्थिक वर्षको तथ्यांकहेर्दा रोजगारीमा दक्षताबिनै जाने श्रमिक २७.०९ प्रतिशत थिए । उक्त अवधिमा आठ लाख ३९ हजार २६६ जना रोजगारीमा गएकोमा दुई लाख २७ हजार ४०७ जना अदक्ष श्रमिक थिए । २७.०९ प्रतिशत अदक्ष श्रमिक गएकोमा ७२ प्रतिशतले कुनै न कुनै किसिमको पेशागत ज्ञान हासिल गरेर गएको पाइन्छ । 

  


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP