Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
साहित्य
  • Home
  • साहित्य
  • “ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…
“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ७, २०८१

काठमाडाैं -   वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।

कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एस.पि.कोइराला,वरिष्ठ गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा,वरिष्ठ गीतकार अमर बान्तु,वरिष्ठ सास्कृतिक विद भक्त राई,माननीय हेमराज राई,वरिष्ठ गीतकार श्रवण मुकारुङ,वरिष्ठ गायक दिलेन्द्र मुकारुङ,वरिष्ठ गीतकार शितल कादम्बिनी,चर्चित कवि गीतकार चन्द्र रानाहोङछा,चर्चित गीतकार बिपिन किरण लगायत रहेका थिए।

करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवन यापन,लोक सन्दर्भमा रहेको छ। लोकार्पण दिन श्रस्टा मुकारुङ्को छोरा रियोङ हाङ मुकारुङको पनि संयोगले जन्मदिन रहेको छ।यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ।

कार्यक्रममा पुस्तकबारे बोल्ने क्रममा विशेष अतिथि रहेका गीतकार संघ पुर्ब अध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणिा देवकोटाले ‘शुभ मुकारुङ चिनाइ रहनुपर्ने नाम होइन,नातिकाजिले समेत उनको शब्दमा संगीत गरेका छन् ।उनको यो दोस्रो पुस्तक अवर्णनिय छ।गीतकार संघ आज यो उचाइमा आउनु पनि उहाँको ठूलो हात छ।लेखन यात्रामा बधाइ सहित अझ शुभकामना’ भने।

Hardik health

यसैगरी,बोल्ने क्रममै वरिष्ठ गीतकार अमर बान्तुले भने  ‘गीतकार शुभ मुकारुङ र म मा उमेरले म जेठो हु,तर,सिर्जनाको हिसाबले म भन्दा जेठा हुन् ।मैले उनको सिर्जनाबारे मैले बोल्ने हैसियत छैन।तर,उहाँको एउटा भनाइ म कुनै श्रश्टादेखि प्रभावित भएर लेख्दिन आफै लेख्छु भन्ने कुरादेखि म प्रभावित भए।आज यसरी नै उहाँको आफ्नै क्षमताको सिर्जना निश्चित छ।’ 

त्यसैगरी, अर्का वक्ता वरिष्ठ सास्कृतिक विद भक्त राईले भने " कुनैपनी क्षेत्रमा काम गर्न जोखिम मोल्नै पर्छ।उहाँले साहित्यिक यात्रामा जिन्दगिलाइ जोखिममा मोल्नु भयो।आजको यो चर्चा र उपलब्धी त्यसैको परिणाम हो।कुनै बेला घरायसी प्रसंगमा मैले सोधेको थिए तपाई के मा व्यस्त हुनु भयो?उत्तरमा आयो म ‘यतै अल्मलिए।’साच्चै आज यो ऐतिहासिक अवर्णनिय सिर्जना देखेर म जिल्ल परे।यो भन्दा जिन्दगिको कमाइ अरु हुनै सक्दैन।"

त्यस्तै ,विशेष अतिथि वरिष्ठ गीतकार तथा पुर्बमन्त्री एस.पि.कोइरालाले ‘गीतहरुलाइ समाजले मनोरंजनको साधन मात्र भनेर हेला गरेको पाइन्छ,यो गलत छ।तर,गीत समाजको शक्तिशाली आँखा ,माध्यम हो।यसकुरालाइ शुभ मुकारुङको सिर्जनाले सावित गर्दछ।करिब तीन दशकको साहित्यिक यात्रामा अझ यो गीति संग्रहले समाज स्पस्ट कोर्दछ।भोजपुरको माटोको बिरुवा हो उहाँ ‘भन्दै बधाइ शुभकामना प्रस्तुत गरे।

प्राज्ञ तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले ‘यो पुस्तकले शुभलाइ अल्मलाएको होइन,उभाएको छ।मैले समाजको चेत खोल्नुपर्छ भन्ने जिम्मेवारी प्रदान गरेको छ।अझ बधाइ शुभकामना’ व्यक्त गरे।

आफ्नो सिर्जना बारे बोल्दै स्रष्टा मुकारुङले ‘यतै अल्मलिए भन्ने साहित्यिक सिर्जना क्षेत्रमै अल्मलिए भन्ने पनि हो।गीतको एउटा शीर्षक पनि हो।मैले मेरो सिर्जनाबारे आफैले यस्तो लेखे उस्तो लेखे भन्न मिल्दैन,त्यो यहाँहरुले अनि दर्शक स्रोताले भन्नेकुरा हो।मैले जीवन यापन र लोक सन्दर्भमा लेखेको छु,सधै हौसला ,सुझाव दिनु भएकै छ धन्यवाद,यसपटक पनि हौसला ,सुझाबको साथसाथै सुझाब,कमिकमजोरी पनि पाउछु भन्ने आशा गर्दछु’भन्दै गीतकार संघ नवनिर्वाचित पदाधिकारीहरुको नाम लिदै बधाइ,शुभकामना ,धन्यवाद प्रदान गरे।

कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपाल अध्यक्ष वरिष्ठ गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले उद्घोषण ले गरेका थिए।कार्यक्रममा विभिन्न गीतकार,संगीतकार,सन्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो।


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक आइतबार, चैत २२, २०८२
‘बखान’ उपन्यास पुरस्कृत
‘बखान’ उपन्यास पुरस्कृत आइतबार, चैत १५, २०८२
संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’
संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ बिहीबार, चैत १२, २०८२
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP