Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • किन हुँदैन कर्णालीमा बजेट खर्च
किन हुँदैन कर्णालीमा बजेट खर्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ६, २०८१

भेरीगङ्गा- सङ्घीय संरचनाअनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन । त्यति मात्र होइन प्रत्येक वर्ष विनियोजित सबै बजेट कार्यान्वयन नभएर फिर्ता हुने क्रम कायमै छ ।

कर्णाली प्रदेश लेखानियन्त्रक कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले समग्रमा दुईतिहाइसम्म मात्रै बजेट खर्च गर्न सकेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४९ दशमलव १४ प्रतिशत बजेट खर्च गरेको सरकारले आव २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड १३ लाख कूल बजेट विनियोजन गरेकोमा जम्मा ६५ दशमलव ५२ अर्थात् रु २२ अर्ब १० करोड ८६ लाख रकम मात्रै खर्च गर्न सक्यो ।  

आव २०७८/७९ मा पनि सरकारले जम्मा बजेटको ६२ दशमलव ३७ प्रतिशत मात्रै खर्च गरेको थियो । आव २०७८/७९ मा सरकारले चालुतर्फ रु १४ अर्ब ८९ करोड २७ लाख २३ हजार र पुँजीगततर्फ रु २१ अर्ब १६ करोड ५३ लाख ९१ हजार गरी जम्मा रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रकम विनियोजन गरे पनि रु २४ अर्ब मात्रै खर्च भयो । 

 आव २०७९/८० मा पनि प्रदेश सरकारको खर्च बढेको छैन । समीक्षा वर्षमा सरकारले जम्मा बजेटको ६७ दशमलव ८९ प्रतिशत अर्थात् रु २२ अर्ब ३८ करोड ३४ लाख ८३ हजार मात्रै खर्च गरेको कार्यालयको तथ्याङ्क छ । यस्तै आव २०८०/८१ मा रु ३३ अर्ब ४० करोड ६६ लाख बजेट विनियोजन भएकामा जम्मा ६० दशमलव ३४ प्रतिशत अर्थात् रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार मात्रै खर्च भएको छ । 

Hardik health

चालु आर्थिक वर्षमा पनि सरकारको बजेट कार्यान्वयनमा उल्लेख्य सुधार आएको छैन । यस वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ लाखको बजेट विनियोजन गरेको सरकारले असोजसम्म छ प्रतिशत अर्थात् रु दुई अर्ब २२ करोड ७० लाख ८९ हजार २६० खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालय सुर्खेतका निमित्त निर्देशक दिपेन्द्र मगरातीले जानकारी दिनुभयो । मगरातीका अनुुसार प्रदेश सरकारले बाँकी नौ महिनामा रु २९ अर्ब १८ करोड २९ लाख ५१ हजार ७३९ खर्च गर्न बाँकी छ । 


बढ्दै चालु खर्च
कर्णाली सरकारको विकास बजेटभन्दा चालु खर्च बढ्दै गएको तथ्याङकले देखाउँछ । जनप्रतिनिधिको विलासी जीवनशैली, फजुल खर्च र कार्यालय सञ्चालन तथा बढ्दो कर्मचारी सङ्ख्याका कारण प्रत्येक वर्ष चालु खर्च बढेको हो । आर्थिक वर्ष २०७५/७६ मा रु छ अर्ब २१ करोड ६६ लाख रहेको चालु बजेट २०७६/७७ मा रु १३ अर्ब ६९ करोड ६५ लाख पुगेको छ भने आर्थिक वर्ष २०७७/७८ मा रु १४ अर्ब ६७ करोड २२ लाख चालु बजेट विनियोजित भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा छ । 

यस्तै आव २०७८/७९ मा रु १४ अर्ब ८९ करोड २७ लाख, आव २०७९/८० मा रु १३ अर्ब १२ करोड १४ लाख, आव २०८०/८१ मा रु १३ अर्ब ८० करोड ८१ लाख र चालु आर्थिक वर्षमा रु १३ अर्ब ८४ अर्ब रकम चालुतर्फ विनियोजन गरिएको छ । यो तथ्याङ्कलाई केलाउँदा प्रदेशमा चालु खर्च बढ्दै गएको विज्ञहरु बताउँछन् । 


किन हुँदैन खर्च ? 
अर्थ जानकारहरु कर्णालीमा बजेट कार्यान्वयन हुन नसक्नु मुख्य कारण सुनिश्चित भएका आयोजनामा न्यून बजेट प्रस्ताव गर्ने तर नयाँ आयोजनाको सङ्ख्या बढाउने प्रवृत्तिका कारण खर्च हुन नसकेको बताउँछन् । वार्षिक कार्यक्रमअन्तर्गत समयमै कार्यविधि, निर्देशिका र मापदण्ड नबन्नु जस्ता कारणले बजेट खर्च नै हुन नसकेको सुर्खेतमा अर्थशास्त्रका अध्यापक शिक्षक बालकुमार विक बताए । 

 “पहिलो कुरा बजेट कुन क्षेत्रमा छुट्याउने भन्ने सुनिश्चित हुनुप¥यो, अहिलेको स्थिति हेर्दा बजेट अनुत्पादक क्षेत्रमा धेरै छुट्याएको देखिन्छ, त्यसले गर्दा पनि कार्यान्वयन हुन सकेको छैन्”, उनले भने । सरकारले उत्पादनमुखी योजना बनाएर जानुपर्ने भन्दै योजना अनुगमनलाई ध्यान सके बजेट कार्यान्वयन हुनसक्ने उनको भनाइ छ । 

मध्यपश्चिम विश्वविद्यालयका विज्ञान सङ्कायका डिन डा सुदिप ठकुरी बजेट खर्च सक्ने क्षमता नभएकै कारण बसेनि कर्णालीमा बजेट कार्यान्वयन हुन नसकेको बताए । “बजेट खर्च गर्नसक्ने क्षमता नै कम भएको हो, अर्को भनेको हाम्रो प्रथामिकता भन्दा पनि हचुवाको भरमा बजेट निर्माण गर्ने प्रवृत्तिले पनि खर्च प्रभावित भएको हो”उनले भने । प्रक्रियागत र कानुनी झन्झटका कारण पनि आयोजनाले गति लिन नसकेको उहाँको बुझाइ छ । 

योजना बैंकको खोजी 
जनशक्ति अभाव पनि बजेट कार्यान्वयन नहुनुको प्रमुख कारण रहेको कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वआर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह बताए । “जनशक्ति अभावका कारण समयमा बोलपत्र आह्वान हुँदैन, समयमा बोलपत्र आह्वान नहुँदा निर्माणदेखि समयमा रकम निकासा नहुने जस्ता सबै कुरामा असर पर्छ”, उनले भने ।

यसबाहेक अध्ययनबिना योजना बनाउने परिपाटीले बजेट कार्यान्वयनमा समस्या आइरहेको उनको बुझाइ छ । उनले भने, “तल्लो निकायले प्राथमिकीकरण गरेका, सम्भाव्यता अध्ययन पूरा गरिसकेका योजनालाई मात्र समावेश गरेर अगाडि बढ्ने संस्कार बसाल्न सकियो भने मात्रै पनि दोहोरोपनको पनि कमी रहन्छ भने योजना कार्यान्यन समयमै हुन्छ ।” 

यसका लागि योजना बैंक बनाउनु उपयुक्त हुने उनको सुझाव छ । “योजना बैंक बनाएर त्यसबाट मात्रै जनप्रतिनिधिले योजना छनोट गर्ने मापदण्ड बनाउन सक्नुपर्छ, योजना तर्जुमाको नीति नै परिवर्तन गरेर एउटा ‘बास्केट’बाट मात्रै तान्ने व्यवस्था गरिनुपर्छ, यसले योजना ‘डुप्लिकेशन’ हुँदैन र कार्यान्वयन पनि हुन्छ”, सिंहले भने । 

मुख्यमन्त्री यामलाल कँडेलले कार्यकालको सुरुवातदेखि नै समयमै बजेट कार्यान्वयन हुने र विगतमा खर्च नहुने प्रवृत्ति हटाउने बताउँदै आएका छन् । उनले त्यहीअनुसार मन्त्री र कर्मचारीसहित मातहतका निकायलाई विभिन्न निर्देशन जारी गरेको छ ।  

बेरुजु फछ्यार्रैटमा सुधार
 महालेखा परीक्षकको प्रतिवेदनअनुसार कर्णालीमा आव २०८०/८१ मा मात्रै रु ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको छ । हालसम्म कर्णाली प्रदेश सरकारको बेरुजु रु चार अर्ब ३४ करोड १५ लाख छ । त्यसमा रु एक अर्ब ३८ करोड बेरुजु फछ्र्यौट भएको देखिएको छ । प्रदेशसभा सार्वजनिक लेखा समितिले बेरुजु फछ्र्योटमा प्रगति भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ । 

समितिका सभापति जीतबहादुर मल्लले प्रदेश सरकारको रु चार अर्ब ३४ करोड १५ लाख कुल बेरुजुमध्ये समितिले रु एक करोड ३८ लाख फछ्र्योट एवं सम्परीक्षण गर्न सफल भएको बताए । अब प्रदेश सरकारको बेरुजु रु तीन अर्ब ९४ करोड ८२ लाख रहेको छ ।  अनियमित ढङ्गले खर्च गर्ने प्रवित्तिका कारण बेरुजु बढ्दै गएको विज्ञहरु बताउँछन् । आर्थिक कार्यविधि र नियमावलीअनुसार नै बजेट खर्च गर्नुपर्ने भन्दै यसो गर्दा बेरुजु कम गर्न सकिने उनीहरुको सुझाव छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP