Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • नक्सांकनको काम बाँकी : परराष्ट्रमन्त्री खनाल
नक्सांकनको काम बाँकी : परराष्ट्रमन्त्री खनाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २८, २०८३

काठमाडाैं -  परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्सांकनको काम बाँकी रहेको बताएका छन्।राष्ट्रियसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले ऐतिहासिक सुगौली सन्धिको आधारमा सीमा निर्देशित रहेको र बाँकी क्षेत्रमा प्राविधिक कार्यहरू भइरहेको जानकारी दिएका हुन् ।

मन्त्री खनालले हालको नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित रहेको तथ्यलाई पुनः स्मरण गराए। उनका अनुसार मुलुकका अन्य केही स्थानमा भने नक्सांकनभन्दा पनि दशगजा अतिक्रमण र सीमा पारबाट भएको कब्जा (क्रस बोर्डर अकुपेसन) सम्बन्धी समस्याहरू मुख्य चुनौतीका रूपमा रहेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा उठाएको सीमासम्बन्धी विषयमा प्रष्टीकरण दिँदै मन्त्री खनालले ती चासोहरू मूलतः दशगजा क्षेत्रको अतिक्रमणसँग सम्बन्धित रहेको बताए। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ,’ मन्त्री खनालले भने, ‘नेपाल-भारत सिमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा मात्रै नक्सांकन हुन बाँकी रहेको हो।’

Hardik health

दुई देशबीचको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सरकारले विभिन्न तहमा पहल गरिरहेको उनले सदनलाई जानकारी दिए। नक्सांकन नभएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, पुराना स्तम्भहरूको मर्मतसम्भार, दशगजा क्षेत्रको अतिक्रमणको वस्तुगत तथ्यांक संकलन र सीमा पारको अतिक्रमणको अभिलेखीकरण गर्ने काम तीव्र पारिएको उनको भनाइ छ।

मन्त्री खनालले लामो समयदेखि निष्क्रिय रहेको सीमासम्बन्धी प्राविधिक समितिको काम पुनः सक्रिय भएको जानकारी दिए। उनका अनुसार नेपाल र भारतका संयुक्त प्राविधिक टोलीहरू हाल सीमा क्षेत्रमा परिचालन भई संयुक्त रूपमा लगत संकलन र प्राविधिक अध्ययनको काम गरिरहेका छन्।यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सीमा अतिक्रमण र दशगजाको सुरक्षाबारे सदनको ध्यानाकर्षण गराएका थिए।

परराष्ट्रमन्त्री खनालले सुस्ता र कालापानी बाहेकका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न कूटनीतिक र प्राविधिक दुवै माध्यमबाट काम भइरहेको बताएका छन् ।सरकारले सीमा सुरक्षा र राष्ट्रिय अखण्डताका विषयमा कुनै सम्झौता नगर्ने अडान समेत सो अवसरमा व्यक्त गरिएको थियो।


प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान
कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान शनिबार, असार २७, २०८३
लुम्बिनी प्रदेश सरकारकाे कुल बजेटको खर्च ६७.१८ प्रतिशत
लुम्बिनी प्रदेश सरकारकाे कुल बजेटको खर्च ६७.१८ प्रतिशत शुक्रबार, असार २६, २०८३
सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्ने महासंघको सुझाव
सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्ने महासंघको सुझाव शुक्रबार, असार २६, २०८३
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान शुक्रबार, असार २६, २०८३
अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्ति प्रति  मोरङ उद्योग संघको गम्भीर ध्यानाकर्षण
अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्ति प्रति  मोरङ उद्योग संघको गम्भीर ध्यानाकर्षण बिहीबार, असार २५, २०८३
बाह्र वर्षदेखि रोकिएको ढल्केबर-हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
बाह्र वर्षदेखि रोकिएको ढल्केबर-हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो बिहीबार, असार २५, २०८३
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP