Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ६, २०८३
Energy Drink Energy Drink

काठमाडौं- रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सडक विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले गल्छी-स्याफ्रुबेँसीसम्मको सडक दसैंसम्म यातायात सञ्चालन गर्नेगरी काम भइरहेको बताए। उनका अनुसार धादिङ–नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ। हाल उक्त स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन्।

सोही सडकको रातोमाटेमा करिब २०० मिटर सडक बाढीले कटान गरेकामा ‘ब्याक कटिङ’ गरी यातायात सञ्चालनमा ल्याइसकिएको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेलीब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्म यातायात सञ्चालन भइसकेको छ।

Ncell
Hardik health

विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटरमध्ये नौ किलोमिटर सडकखण्ड खुलिसकेको छ भने करिब ३०० मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ। उक्त क्षेत्रमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी दुवैतर्फबाट ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ। उक्त स्थानमा केही दिनमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ। त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान बाँकी हुनेछ। उक्त दुई स्थानमा बेलीब्रिज जडान भएपछि गल्छी–स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन हुनेछ।

“रसुवाको बेत्रावेतीमा पुरानो पुल भएकै ठाउँमा बेलीब्रिज जडान गरिनेछ। यसका लागि पुरानो फाउण्डेसन भेटिएको छ, फाउण्डेसन मर्मत सकिएपछि बेलीब्रिज जडान गरिनेछ”, महानिर्देशक जैसीले भने, “यसका लागि पहिले बिदुर–बेत्रावतीमा सडक निर्माण हुनुपर्नेछ।” उक्त स्थानमा नेपाली सेनासँग भएको ७२ मिटर लामो बेलीब्रिज जडान गरिनेछ।

बेत्रावतीपछि धुन्चेहुँदै स्याफ्रुबेँसीसम्म पनि सडकमा समस्या छैन। स्याफ्रुबेँसीमा भने एउटा बेलीब्रिज जडान गर्नुपर्नेछ। उक्त स्थानमा ७६ मिटरको बेलीब्रिज जडान गर्नेगरी डिजाइनको काम सुरु गरिएको छ।

“स्याफ्रुबेँसीमा करिब ९० मिटरको पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज प्रयोग गर्ने तयारी गरिएको छ”, विभागले भनेको छ।

स्याफ्रुबेँसीबाट रसुवागढीतर्फ करिब १५ किलोमिटर सडक बाढीका कारण पूर्ण रूपमा प्रभावित छ। उक्त स्थानमा सर्भेक्षण सुरु भइसकेको छ। बाढीले कटान गरेको मुग्लिन–गल्छी सडकखण्डमा पर्ने कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सकिएर दुईतर्फी रुपमा यातायात सञ्चालन भइसकेको छ।


प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १६:४५
#रसुवा बाढी #गल्छी–स्याफ्रुबेँसी सडक
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
सामान्य अंकले बढ्यो नेप्से
सामान्य अंकले बढ्यो नेप्से मंगलबार, असोज ६, २०८३
विदेशी विनिमयदरः कति छ त साउदी रियालको आजको मूल्य ? 
विदेशी विनिमयदरः कति छ त साउदी रियालको आजको मूल्य ?  मंगलबार, असोज ६, २०८३
दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने
दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने सोमबार, असोज ५, २०८३
उद्योगमन्त्री साहले भने- ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी छ
उद्योगमन्त्री साहले भने- ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी छ सोमबार, असोज ५, २०८३
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार सोमबार, असोज ५, २०८३
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित)
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित) सोमबार, असोज ५, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP