Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारमा १४ मुलुकका नागरिकलाई प्रवेश रोक
कतारमा १४ मुलुकका नागरिकलाई प्रवेश रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २७, २०७६
Hardik health
दोहा– कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो । यो प्रतिबन्ध ९ मार्चबाट लागू हुने भएको छ । कतारको सञ्चार मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस कतारमा फैलिन नदिन यस्तो निर्णय गरिएको जनाएको छ । यो प्रतिबन्ध नेपाललगायत चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेबनान, बंगालादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट कतार आउनेहरूमाथि लगाइएको छ । कतारमा थप तीन जना आप्रवासी कामदारमा कोरोना भाइरस देखिएको पुष्टि गरेको छ भने यो सँगै संक्रमितको संख्या १५ पुगेको छ । बिरामीसँगै कोठामा बस्ने र घुलमेल भएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । यसैबीच, कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएपछि कतारस्थित नेपाली दूताबासले अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्कमा नरहन यहाँ कार्यरत नेपाली समूदायलाई अनुरोध गरेको छ । कतारमा ३ आप्रवासीसहित १८ जनामा कोरोनाभाइरसको पुष्टि भएको भन्दै नेपाली दूताबासले यो अवस्थामा कतार सरकारले नेपालसहित १४ वटा मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई सोमबारदेखि लागू हेने गरी अस्थायी रूपमा रोक लगाएको जनाएको छ । कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक एक आपसमा भौतिकरूपमा नभई टेलिफोन वा इमलेमार्फत सम्पर्क गर्न दूताबासले अनुरोध गरेको हो । साथै दूताबासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनु परेमा भौतिक रूपमा दूताबास पुग्नु नपर्ने र सोको जानकारी टेलिफोनबाट पनि लिन सकिने दूताबासले जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण कतारले देशव्यापी रूपमा स्कुल र विश्वविद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ । विज्ञप्ति निकाल्दै यही १० मार्चदेखि नै लागू हुने गरी यस्तो घोषणा गरेको हो । अर्को सूचना जारी नभएसम्म यो घोषणा लागु हुने पनि जनाएको छ । यसैबीच, युएईमा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण देखा परेको बताइएको छ । युएईको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी दुई नेपालीसहित १४ जनामा कोरोना संक्रमण फेला परेको जनाएको हो । मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण देखिएकाहरूमा चारजना युएईका नागरिक, तीनजना ईटालीका नागरिक, दुई–दुई जना नेपाली र बंगलादेशी तथा एक÷एक जना रसियली, भारतीय तथा सिरियाली नागरिक रहेका छन् । यता, साउदी अरबमा पनि कोरोनाको कहर देखिएको छ । समाचार एजेन्सीहरूका अनुसार कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि साउदी अरबले कडा कदमहरू चालेको छ । साउदी अरबमा सोमबारसम्म १५ जनालाई कोरोना भाइरस देखिएको छ । भाइरस फैलिन नदिन साउदीले विद्यालय र विश्वविद्यालय बन्द गरेको छ भने पाँच लाख जनसंख्या भएको कतिफ सहरका मानिसको आवातजावात रोकेको समाचार छ । कोरोनाबाट धेरै प्रभावित ९ मुलुकका नागरिक र त्यहाँ ट्रान्जिट बसेर आउने विदेशीलाई पनि साउदीले आफ्नो देश प्रवेशमा रोक लगाएको छ । सोमबारदेखि उसले युएईबाट हुने सबै उडान पनि बन्द गरिदिएको छ । युएईको इतियाद एयरलायन्सले साउदी अरबका विभिन्न सहरमा दैनिक १२ उडान गर्ने गथ्र्यो । सोमबार साउदी अधिकारीले उडान रद्द गरिएको सूचना निकाल्नुअघि पनि केही जहाज आवुधाबीबाट साउदी अरबका विभिन्न सहर जानका लागि टेकअफ भइसकेका थिए । अचानक साउदीले उडान रद्द गरेकाले अब ती तीन जहाजमा रहेका यात्रुले आवुधावी नै फर्किनु पर्ने भएको छ । रियाद, जेदाह, दमाम सहरमा ती जहाज अवतरण त हुनेछन् तर जहाजभित्र रहेका साउदी नागरिक मात्र बाहिर निस्कन पाउनेछन् । इतियादले बाँकी यात्रु फर्किने र अब केही समयका लागि साउदी अरबमा उडान नहुने जनाएको छ । फ्लाई दुबई, इमिरेट्स र एयर अरेबियाले पनि १२ मार्चसम्मका लागि साउदी जाने आफ्ना सबै उडान रद्द गरिएको जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  ०५:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP