Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सांसदहरूको विदेश भ्रमण मोह – कोरोना कहरमा पनि सांसदहरू खाडीमा
सांसदहरूको विदेश भ्रमण मोह – कोरोना कहरमा पनि सांसदहरू खाडीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २५, २०७६
Hardik health
दोहा– विदेश भ्रमण भन्नेबित्तिकै सांसदहरूले मौकालाई खेर जानै दिँदैनन् । त्यसैले खाडी मुलुकमा कोरोनाको कहर बढ्दै जाँदा पनि सांसदहरू घरेलु कामदारको अबस्था बुझ्न भन्दै खाडी पुगेका हुन् । खाडी मुलुकमा घरेलु कामदारको अध्ययनका लागि भन्दै नेपाली संघीय संसद प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोली अहिले खाडीमा पुगेको छ । टोलीले घरेलु कामदारको रूपमा ओमानलगायत खाडी मुलुक ओमान, साउदी अरब र युएईमा रहेका घरेलु कामदारहरूको विद्यमान अवस्था, समस्या तथा समाधानको लागि चालिनु पर्ने कदमका विषयमा ओमानमा स्थलगत अवलोकन गरेको छ । घरेलु कामदारका सम्बन्धमा संसदका समितिले खाडीका विभिन्न मुलुक भ्रमण तथा अध्ययन गरी घरेलु कामदारका लागि स्विकृति दिने वा नदिने निष्कर्ष दिने बताइएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा रहेको भ्रमण दलले ओमानको शुरा काउन्सिल (प्रतिनिधि सभा) का अध्यक्ष खालिद बिन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रिय सभा) का अध्यक्ष याह्या विन महफौद अल मन्थरीसँग बेग्ला–बेग्लै द्विपक्षीय भेटघाट गरेको थियो । उक्त भेटघाटमा दुवै देशका प्रतिनिधिहरूबीच संसदको संरचना, संसदीय व्यवस्था, प्रतिनिधित्व तथा संसदमा मौजुद समितिहरूबारे छलफल भएको थियो । साथै, दुवै सदनको गरिमा, भूमिका तथा कानुन बन्ने प्रक्रियाबारे समेत छलफल भएको थियो । भ्रमण टोलीले परराष्ट्र मन्त्रालयका सचिव शेख खालिफा विन अलि अल हार्थी तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च पदस्थ पदाधिकारीहरू तथा जनशक्ति मन्त्रालयका सचिव हमाद विन खामिस विन अब्दुल्लाह अल आम्रीलाई उनीहरूकै कार्यकक्षमा भेटघाट गर्दै श्रम सम्बन्धी विद्यमान कानुनी व्यवस्था, नेपाली कामदारहरूको बारेमा सरकारको बुझाई तथा कामदारको हकहितका सम्बन्धमा जिज्ञासा राखिएको ओमनस्थित नेपाली दूताबासले जानकारी दिएको छ । यता, ओमन भ्रमण सकेर साउदी अरब पुगेको संघीय संसद प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोलीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए), साउदीले संसदीय समितिलाई संघका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै नेपालीलाई घरेलु कामदारका रूपमा काम गर्न साउदी नपठाउन आग्रह गरेको छ । म्यानपावर ब्याबसायीबाट नेपाली श्रमिकहरू ठगिने, छिमेकी मुलुक भारतलगायत अन्य मुलुक हुँदै खाडीका बिभिन्न देशहरूमा नेपाली महिलाहरू बेचिने, घरेलु महिला कामदार अन्याय अत्याचार, मानसिक तथा शरीरिक शोषणमा परेको तितो यथार्थ बारे उक्त टोलीलाइ ध्यानाकर्षण गराइएको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले जनाएको छ । साथै साधारण कामदारहरूका सम्बन्धमा नेपाल सरकारले तोकेको सेवा शुल्क अपारदर्शी र ब्यबहारिक नभएकाले गर्दा म्यानपावरहरूले कामदारबाट लाखौँ असुलेर दश हजारको मात्र रसिद दिनुले गर्दा कामदार झन ठगिको सिकार हुँदै आएको जानकारी गराएको छ । तसर्थ बैदेशिक रोजगारमा आउने कामदारबाट कति रकम लिने हो यकिन गरी सम्बन्धित कामदारले नै बैदेशिक रोजगार विभागको बैंक खातामा जम्मा गर्ने र सम्बन्धित म्यानपावरलाइ सरकारले नै उक्त रकम बैंकमार्फत जम्मा गरिदिने ब्यबस्था गर्न समितिलाई आग्रह गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । भ्रमण टोली ओमान, साउदी अरब हुँदै यति बेला युएई पुगेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०५:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP