Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निष्पक्ष प्रतिवेदनको पर्खाइ
निष्पक्ष प्रतिवेदनको पर्खाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३०, २०८१

सहकारीको बचत अपचलनसम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रतिवेदन लेखनको काम गरिरहेको छ । समितिलाई तोकिएको तीन महिनाको कार्यावधिमा प्रतिवेदन लेखनको काम नसकिएपछि थप १५ दिन समय दिइएको छ । उक्त अवधिमा प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ । साथै, समितिले कस्तो प्रतिवेदन बुझाउला भन्ने आमचासोको विषय बनेको छ । 

यहीबीच सहकारीको बचत अपचलनका नयाँ–नयाँ प्रकरणहरु बाहिर आइरहेका छन् । यस प्रकरणमा नेताहरुको संलग्नता पनि धमाधम खुल्न थालेको छ । पछिल्लो समय सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति, पूर्वकानुनमन्त्री एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङ चर्चामा छन् । उनकी पूर्वपत्नी ज्योति गुरुङले ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको बचत अपचलन गरेको विषय अनुसन्धानको क्रममा रहेको छ । त्यसमा पूर्वमन्त्री गुरुङ जोडिएका हुन् । उनीहरुबीच भएको भनिएको ‘डिभोर्स’ नै शंकास्पद देखिएको सरोकारवालाले आरोप लगाइरहेका छन् । जसकारण उनीहरुको डिभोर्सलाई ‘सहकारी डिभोर्स’ को संज्ञा पनि दिइएको छ । 

गुरुङ मात्रै होइन संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारीको बचत अपचलन प्रकरणमा जोडिएकी छन् । कोइराला यसअघि मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थामा आबद्ध थिइन् । उक्त सहकारीमा १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । 

Hardik health

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने, रास्वपाकै नेता तथा पूर्वश्रममन्त्री डिपी अर्याल, राप्रपा सांसद गीता बस्नेतलगायत यही प्रकरणमा मुछिएका छन् । विशेषगरी प्रतिपक्षमा रहेका बेला कांग्रेसकै जोडबलमा संसदीय छानबिन समिति गठन भएको हो । समिति गठनको माग गर्दै लामो समय कांग्रेसले संसद् नै अवरुद्ध गरेको थियो । त्यतिबेला कांग्रेसको तारो बनेका थिए पूर्वगृहमन्त्री लामिछाने । अहिले सत्तामा रहेका बेला सोही पार्टीका उपसभापति गुरुङ र एमाले सांसद पोखरेलकी पत्नी सहकारी अपचलन प्रकरणमा जोडिएका छन् ।

यसअघि गुरुङ आफैं पनि अपचलनमा संलग्नमाथि कारबाहीको माग गर्दै कडा रुपमा अभिएका नेता हुन् । अहिले आफैं मुछिएपछि आफू उम्किने दाउमा देखिन्छन् । सहकारीको बचत अपचलन प्रकरणमा जो सुकै जोडिएका हुन्, दोषीलाई उन्मुक्ति दिइनु हुँदैन । छानबिन समितिले सबैमाथि अनुसन्धान गरेर निष्पक्ष प्रतिवेदन बुझाउने अपेक्षा गरौं । यदि, निष्पक्ष प्रतिवेदन नआए सहकारीपीडितमाथि अन्याय हुने र पीडितको आक्रोशबाट उत्पन्न हुने परिस्थितितर्फ समितिको ध्यान जाओस् ।
 


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर बिहीबार, माघ २२, २०८२
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP