Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #फोनिज संवाद
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #गगनकुमार थापा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २, २०८२

निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका एकैसाथ ल्याएको छ । माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका ल्याएर आयोगले चुनावी वातावरण तताउने प्रयास गरेको छ । यद्यपि, सबैभन्दा ठूलो दल मानिएको नेपाली कांग्रेसले निर्वाचनमा जाने निर्णय अझै गरेको छैन । सुशासनका माग गर्दै सडकमा उत्रिएका जेन–जी अभियन्ताहरुसमेत ढुक्क देखिन्नन् चुनावमा जान । निर्वाचन आयोगमा दर्ता भएको दलहरुको सूची हेर्दा यो प्रस्ट हुन्छ । जबकि, विद्रोहबाट पदच्युत भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले बाहिर चुनावको विरोध गरे पनि गाउँगाउँ पुगेर निर्वाचनको तयारी सुरु गरिसकेको बताइन्छ ।

किन यस्तो भइरहेको छ ? अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यो विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । नेपाली कांग्रेस सरकारको मुभ पर्खंदै आफ्नो निर्णय गर्न ढिलाइ गरिरहेको छ । अहिलेको सरकारले जेन–जी विद्रोहको क्रममा सडकमा उत्रिएका जेन–जी अभियन्ताहरुलाई नै धमाधम पक्राउ गरिरहेका छन् । जेन–जी प्रदर्शनमा सहभागीहरुलाई पक्राउको माग ओली सरकारको नेतृत्वमा रहेका नेताहरुको हो । यो मागलाई सरकारले धमाधम सम्बोधन गरिरहेको छ ।

बंगलादेशमा दमन गरी भागेकी प्रधानमन्त्री शेख हासिना र उनको सरकारको गृहमन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । तर नेपालमा ७६ जनाको ज्यान जानेगरी भएको हिंसात्मक दमनको नेतृत्व गरेका प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागिसमेत यो सरकारले बोलाउन सकेको छैन । जसकारण परिवर्तनको पक्षधरहरुको मनोबल दिनानुदिन खस्किरहेको छ ।

Hardik health

परिवर्तनको बलमा बनेको सरकारले पनि केही नगरेको देखेर अहिले दुर्गा प्रसाईंजस्ता शक्ति पुन सल्बलाउन थालेका छन् । निर्वाचन भाँड्नेसम्मको प्रयासमा यस्ता शक्तिहरु लाग्ने देखिन्छ । सरकारको कार्यक्षमतामाथि प्रश्न गर्दै ठूला दललेसमेत निर्वाचनमा के हुने हो भन्दै प्रश्न गर्न थालेका छन् । यता भदौ २४ गते कारागारबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियार अझै फिर्ता भएका छैनन् । प्रमुख दलहरुले यही विषय देखाउँदै सुरक्षाको प्रत्याभूति खोजिरहेका छन् ।

दुईतर्फी चेपुवाका परेको सरकारकी प्रमुख कार्कीले नागरिक समाजका अगुवासँग सोमबार छलफल गरेकी छन् । नागरिक समाजलाई छलफलमा डाक्नु सकारात्मक विषय हो । तर रणनीतिक सुरक्षाको योजना बनाउने र दल तथा जेन–जी समूहलाई सुरक्षाको प्रत्याभूति दिने काम सरकारको हो । यस काममा सरकार दत्तचित्त बनोस् ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP