Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उल्टो बाटोमा एमाले
उल्टो बाटोमा एमाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

नेकपा एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दालाई लिएर सर्वोच्च जाने निर्णय गरेको छ । यतिमात्र हैन एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई लिएर सडक संघर्षसमेत चर्काउने घोषणा गरे । पटक-पटक सरकारको नेतृत्व गरेर जनतालाई निराशाबाहेक केही ‘डेलिभर’ गर्न नसकेको परिणाम अहिले एमालेले भोगिरहेकै छ । सत्तामा बसेर जनतालाई होच्याउने, हुनै नसक्ने सपना बाँड्ने त्यसबारे प्रश्न गर्दा धारेहात लगाउने ओली आफैंले पटक–पटक प्रतिनिधिसभा विघटन गरेका थिए ।

मंगलबार ओलीको प्रस्तुति हेर्दा लाग्थ्यो-मैले गर्दा त प्रतिनिधिसभा विघटन भएन अरुले गर्दा कसरी हुन्छ ? यसले सर्वोच्च अदालतले पुनस्र्थापना गर्नैपर्छ भनेर ‘मेरो गोरुको बाह्रै टक्क’ शैलीमा ओली लागेको देखिन्छ । व्यवस्था भताभुंग गर्न सिपालु ओली जहिले पनि विकास र व्यवस्थामा ‘भिलेन’का रुपमा आफ्नो उपस्थिति बढाउँछन् । आफू अनुकूल नभए भताभुंग गरिहाल्ने । यसअघि नेकपाको शक्तिशाली सरकार हुँदा ओलीले आफूले सोचेजस्तो शक्ति प्रयोग गर्न नपाएपछि प्रतिनिधिसभा विघटन गरेका थिए । त्यतिबेला जनचाहना प्रतिनिधिसभा भंगको थिएन ।

यसपटक जनताको आक्रोशकै कारण विद्रोह भयो । उक्त विद्रोह साम्य पार्न नसकेर सेनाको हेलिकप्टरमा भागेका ओली अहिले भने ठूला र चर्का स्वर गर्दै सरकारलाई हेयको दृष्टि लगाउँदै छ । संविधान व्याख्यामा कुनै कुटिल अधिवक्तालाई नै जित्नेगरी ओलीले गरेको रटान खासै चित्तबुझ्दो सुनिँदैन । तर लोकतान्त्रिक देशमा ओलीलाई बोल्न छुट छ नै । सर्वोच्चले यो रिटमा केही गर्दैन भन्ने लागेर होला, ओलीले सडक संघर्ष गरेर अदालत प्रभावित पार्ने योजनासमेत सुनाएका छन् ।

Sonam Lhosar
Hardik health

जनताले अहिलेको व्यवस्थामाथि आक्रोशमात्र पोखेका हैनन्, दलको नेतृत्वबाट पुराना अनुहारको पनि बिदाइ चाहेका छन् । यस्तो बेला एमालेले महाधिवेशनसमेत घोषणा गरिसकेको छ । मंसिर २७ बाट सुरु हुने महाधिवेशनको तयारी नगरेर एमाले अब दैलोमा आएको निर्वाचन भाँड्ने शैलीमा उत्रेको छ ।  सुशीला कार्की नेतृत्वको सरकार आफ्नै मनपरिको उपज हो भन्ने जान्दाजान्दै ओलीले यसरी प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सडक संघर्ष र सर्वोच्च जान्छु भन्नु उल्टो बाटोमा लाग्नु शिवाय केही हैन । निर्वाचन पूरा गराउने अभिभारा पाएको कार्की नेतृत्वको सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लागिसकेको छ । गुडिसकेको रेललाई रोक्ने प्रयास एमालेले नगरेकै राम्रो । ताजा जनादेश लिन एमालेले निर्वाचनको तयारी गरोस् । अल्छी पारा देखाएर फेरि पुरानै तलबभत्ता पकाउने आशामा निवर्तमान सांसदहरु नलागेकै राम्रो ।
 


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP