Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सहकारीपीडितको विश्वास नटुटोस्
सहकारीपीडितको विश्वास नटुटोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १९, २०८१

यतिबेला देशमा सञ्चालित विभिन्न सहकारी संस्थाबाट पीडित बनेकाहरु न्यायको पर्खाइमा छन् । आफूले दुःख गरेर भविष्यका लागि बचत गरेको रकम दुरुपयोग गर्नेहरुमाथि कारबाही हुने र आफ्नो बचत रकम फिर्ता हुने आशमा बसेका छन् उनीहरु । विशेषगरी विभिन्न सहकारी संस्थाको बचत रकम दुरुपयोग भएको सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन विशेष समिति बनेपछि उनीहरु बढी आशावादी देखिएका हुन् । यद्यपि, राजनीतिक पहुँचका आधारमा पीडकहरुलाई उन्मुक्ति दिने हो कि भन्ने आशंका उनीहरुबाट व्यक्त भइरहेका छन् । शक्तिको दुरुपयोगमार्फत विभिन्न अपराधमा संलग्नलाई जोगाउने प्रवृत्ति हावी हुँदै आएको सन्दर्भमा उनीहरुको आशंकालाई अस्वाभाविक मान्न सकिँदैन ।

तीन महिनाको कार्यादेश दिएर संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । जसअनुसार समितिको कार्यकाल यही भदौ २२ गते सकिनै लाग्दा १५ दिनको समय थप गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकामा सो प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको थियो । सभापति थापाले सहकारी बचतकर्ताहरूको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टिसमेतका कार्य गर्न समय अपर्याप्त भएकाले १५ दिनको समय थप गरिदिन भन्दै प्रस्ताव राखेका थिए ।

तोकिएको समयभित्र जिम्मेवारी पूरा गर्न नसक्नु समितिको कमजोरी पक्कै भएको छ । यद्यपि, यो जटिल समस्या भएकोले छानबिन कार्य परिपक्व बनाउन थप समय आवश्यक परेको हुनसक्छ । थपिएको समयभित्र काम सक्नेमात्र होइन सहकारीका नाममा भइरहेको ठगीधन्दाको यथार्थ तथ्य बाहिर ल्याउने काम समितिले गरोस् ।

Hardik health

तत्कालीन समयमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसको जोडबलमा संसदीय छानबिन समिति गठन भएको हो । विशेषगरी तत्कालीन गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सहकारी घोटला प्रकरणमा मुछिएपछि कांग्रेसले समिति गठनको माग गरेको थियो । यो विषयलाई लिएर कयौंपटक संसद् अवरोधसमेत भएको थियो । समिति गठनको माग गर्ने पार्टी कांग्रेस अहिले सरकारमा छ भने कांग्रेस–एमालेको गठबन्धनमा नयाँ सरकार बनेसँगै लामिछानेको दल प्रतिपक्षीय भूमिकामा छ ।

यहाँ को सत्तापक्षीय र को प्रतिपक्ष भूमिका छन् भन्ने सवाल महत्वपूर्ण होइन । सहकारीको बचत दुरुपयोग गर्ने कार्यमा संलग्न जो कोही भए पनि उन्मुक्ति पाउनु हुँदैन । समितिले व्यक्ति हेरेर नभई तथ्य र प्रमाणका आधारमा पीडितलाई न्याय दिलाउन सकोस् । समितिसँग पीडितले जुन आशा अपेक्षा राखेका छन्, जसरी समितिप्रति विश्वास गरेका छन्, त्यो नटुटोस् ।
 


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सभामुख अर्यालका चुनौती
सभामुख अर्यालका चुनौती सोमबार, चैत २३, २०८२
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP