Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
साहित्य
  • Home
  • साहित्य
  • पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २१, २०८२

काठमाडौं– खोस्का सिरङमा समूहद्वारा आयोजित पाँचवीर थुलुङ राईद्वारा लिखित ‘जीवनका जङ्घार’ कृति लोकार्पण भएको छ ।शनिबार काठमाडौँस्थित म्हेपी पारिजात स्मृति केन्द्र हलमा पूर्व रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्य तथा खोस्का सिरङमा समूहका अध्यक्ष बाडेन थुलुङ राईको सभापतित्वमा उक्त पुस्तक लोकार्पण भएको हो ।

पुस्तकभित्र ८५ वर्षिया पाँचवीर थुलुङका जीवन भोगाइका क्रममा दुःख, सुखका अनुभव र अनुभूतिहरू सङ्गालेका आत्मावृतान्त कथालाई ‘जीवनका जङ्घार’ नामक पुस्तकको रूपमा ल्याएको हो ।सो पुस्तक लेखक स्रष्टाका नातिनि पुज्जा राईले प्रकाशनमा ल्याएको हो । प्रकाशक राईले भनिन्–‘जहाँ म आफ्नो (बेबे) बाजेको जीवनलाई नै एउटा पुस्तकको रूपमा देखिरहेकी छु । जीवनका जङ्घार नामक यो दस्तावेज केवल आत्माकथा मात्र होइन, यो त संघर्षको सङ्गीत हो । समाज परिवर्तनको गाथा हो र शिक्षामा सुधार ल्याउन गर्नुभएको दस्तावेजिकरण हो । जुन बाजेले जीवनभर गाउँ र समाजका लागि गुनगुनाइरहनु भयो । शिक्षामा परिवर्तन गर्न सरकारी कार्यालयहरू ढकढकाइरहनु भयो ।’

यसैगरी शुभकामना मन्तव्यको क्रममा पुस्तक लोकार्पणका प्रमुख अतिथि तथा पूर्वरक्षामन्त्री मानवीर राईले भने– ‘सोलुखुम्बु जिल्लामा जन्मनु भई न्यून साक्षरता रहेको तत्कालीन समयमा समेत शिक्षाको रूपमा शिक्षाको उज्यालो बाँड्न योगदान पुर्‍याउनु भएका पाँचवीर थुलुङ राईले ‘जीवनका जङ्घार’ नामक पुस्तक हामीमाझ ल्याउनुभएकोमा अत्यन्तै हर्षित छु । शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा पुर्‍याउनु भएको योगदान अविस्मरणीय रहनेछ । यहाँले अक्षरको माध्यमबाट जिल्लालाई उज्ज्यालो दिनुभएको छ । समयको पदचापले जीवनको उत्तराद्र्धमा ल्याइपुर्‍याए पनि पाँचवीर थुलुङको क्रियाशीलता उदाहरणीय रूपमा रहेको कार्यप्रति म मुक्तकण्ठले प्रशंसा गर्दछु ।’

शुभकामना मन्तव्यकै क्रममा डा. सुकराज राईले भने– ‘पाँचवीर थुलुङ, थुलुङ वंशका अद्वितीय पुरुष हुनुहुन्छ । थुलुङले लामो समयसम्म गाउँका विद्यालयमा शिक्षण गरी शिक्षणको उज्यालो चिराक बालेर जनचेतना फैल्याउने कार्य गर्नुभएको छ । यतिमात्र नभई थुलुङ भाषा, संस्कृति र संस्कार सम्बन्धी थुलुङ भाषाको शब्दकोश निर्माणमा उल्लेखनीय भूमिका रहेको छ । थुलुङ समुदायमा हराउँदै गएको भाषा, संस्कार र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासका लागि उहाँ थुलुङले गाउँगाउँमा गएर प्रशिक्षण गर्नुभएको छ, यो थुलुङ समुदायको हितको कार्य हो । निस्वार्थी, त्यागी, समाजसेवी, सहयोगी, शिक्षाप्रेमी, भाषा, संस्कार एवम् संस्कृतिप्रति अनुरागी पाँचवीर थुलुङ समाजको आदरणीय एवम् अनुकरणीय व्यक्ति हुनुहुन्छ ।’

Hardik health

यसैगरी शुभकामना मन्तव्यमा थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राईले भने–‘पाँचवीर थुलुङ हाम्रो ऐतिहासिक धरोहर व्यक्ति हुनुहुन्छ । उहाँको हरकार्यहरू स्मरणीय छन् । उहाँ हाम्रो जिउँदा इतिहास हुन् । उहाँको मानमर्यादा गर्नु हाम्रो कर्तव्य हो । उहाँलाई हामीले अभिनन्दन गर्नुपर्छ । आजको आयोजक संस्थाले उहाँको कार्यहरूको टिकाटिप्पणी मूल्याङ्कन गरी अभिनन्दन कार्यमा जुट्नका लागि अगाडि बढ्न आग्रह गर्दछु, र केही लागत खर्चहरूमा स्थानीय गाउँपालिका पनि साथसहयोग गर्न तयार रहनेछ । पाँचवीर थुलुङ हाम्रो शिक्षाको अग्रज अभिभावक हुनुहुन्छ ।’  

यसै पुस्तक लोकार्पणको समीक्षक दामोदर ढकाल ‘दीपक’ले भने- ‘जीवन भोगाइका क्रममा जीवनका रोमाञ्चक प्रसङ्गहरूले जो कोहीलाई बाँधेर राख्छ, जुन कुरा पाँचवीर थुलुङका ‘जीवनका जङ्गार’ भित्र पाइन्छ, लेखक थुलुङले आफ्नो जीवनलाई आदर्शको लेप दलेर यथार्थलाई लुकाउनु भएको छैन, ऐनाजत्तिकै प्रस्ट देखिनु भएको छ । कोही कसै कलम चलाउनेहरू आफ्ना जीवनका घटनालाई लुकाएर आदर्शवान् बन्न खोज्छन् तर पाँचवीर थुलुङ कुनै पनि प्रसङ्ग नलुकाइने आदेश पात्रको रूपमा स्थापित भएको देखिन्छ । आफ्नो व्यक्तिगत कुरादेखि घरपरिवारको सबै नालीबेली प्रसङ्गहरूलाई उक्त पुस्तकमा समेटेको छ ।'

उनले भने, 'विद्यालय र समाजसेवामा आफ्नो जीवनको ऊर्जावान समय, शक्ति र क्षमता, दिनुभएको छ । आफ्नो पितापूर्खाको संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्नुपर्छ भन्ने एक पितृभक्त व्यक्तित्व हुनुहुन्छ । उहाँले सबै घरव्यवहार त्यागेर थुलुङ शब्दकोश र थुलुङ व्याकरण प्रकाशन कार्य सम्पन्न गर्नुभयो । यसर्थ थुलुङ एक सिद्धपुरुषको रूपमा थुलुङ समुदायमा स्थापित बन्नुभएको छ ।’ यसरी समीक्षक ढकालले पाँचवीर थुलुङ समाज र राष्ट्रको एउटा दस्तावेज र एउटा युगपुरुषले बाँचेको युगको कथा हो भनेर समीक्षा गरेका थिए । यसैगरी अर्का समीक्षक जीवनजित राई (एस खम्बू)ले भने– ‘शिक्षक भनेको समाजको आँखाको उज्यालो हो । उहाँहरू ज्ञानको मात्र होइन चेतनाको भण्डार र भविष्यका शिल्पी पनि हो ।’

यस पुस्तकमा जीवनी केवल व्यक्तिगत कथा मात्र होइन, गाउँको शिक्षा र सामाजिक विकासको इतिहास समेटिएको छ । यसमा थुलुङको बाल्यकालको संघर्ष, शिक्षक बन्ने यात्रा, विद्यालयको पुननिर्माण कथा र समाज परिवर्तनका घटनाहरू समेटिएका छन् । अर्को कुरा शिक्षकको काम किताबको पाना पल्टाउने मात्र होइन । युवा पुस्ताको भविष्य पल्टाउने पनि हो । शिक्षक इमानादार, समर्पित र सृजनशील भए, उनीहरू आफ्नो समाजको भाग्य पनि बदल्न सक्छन् । विद्यालयमा विषयसँगै जीवनका पाठहरू पनि शिक्षकले सिकाउनुपर्छ र सङ्कटमा हार मान्ने होइन, कसरी स्रोत नहुँदा पनि उपाय निकाल्ने कसरी समुदायलाई एउटै लक्ष्यमा पुर्‍याउने भन्ने पाँचवीर थुलुङको जीवन भोगाइले सन्देश दिएको छ । थुलुङको जीवन भोगाई चलचित्रको कथावस्तु बन्न लायकको छ’ भन्दै समीक्षक जीवनजित राईले पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ पुस्तकको समीक्षा गरेका थिए । 

‘जीवनका जङ्घार’ नामक पुस्तक लोकार्पण उद्घाटन कार्यक्रम प्रमुख अतिथि तथा पूर्वरक्षामन्त्री मानवीर राई र संस्था अध्यक्ष बाडेन थुलुङ राईको संयुक्तरूपमा द्वीप प्रज्वलनबाट कार्यक्रम सुरु भएको थियो । कार्यक्रम उद्घाटनपछि औपचारिक रूपमा राष्ट्रिय गान, स्रष्टा÷लेखकलाई फेटामाल्र्यापण, अतिथिहरूलाई फुर्का अर्पण, शुभकामना मन्तव्य, कृति/पुस्तकसम्बन्धी जानकारी, सामूहिक रूपमा पुस्तक लोकार्पण, धन्यवाद ज्ञापन/सम्मान, पुस्तक समीक्षा आदि कार्य गरिएको थियो । जीवनका जङ्घार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य त्रिलोक सिं राईले गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन रामकुमार राईले गरेका थिए ।

०००
 


प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP