Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २२, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असफल नेतृत्वमध्येका एक हुन् । २०७९ को निर्वाचनमा पहिलो दल बन्दासमेत देउवाले सरकारको नेतृत्व गर्न सकेनन् । देउवाको काम कहिले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने त कहिले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेमात्र भयो ।

निर्वाचनमा एक्लै लड्न नसकेर देउवाले कहिले माओवादीसँग गठजोड गर्‍यो त कहिले एमालेसँग । सरकार गठनको क्रममा पनि कहिले माओवादीलाई काँध थाप्यो त कहिले एमालेलाई । काँध गलुञ्जेल दुई दललाई बोकेको कांग्रेसका सभापति देउवाले सुशासनमा कुनै काम गर्न सकेनन् । गिरीबन्धु टी-स्टेटमा एमाले अध्यक्ष ओलीको धुरन्धर विरोध गरेको कांग्रेसले गठबन्धनको सरकार बनेपछि ओलीको पूजापाठ गर्न थाल्यो । उनै ओलीको वरिपरि घुमेर सरकारबाट विवादास्पद निर्णयहरु गराउन तयार भयो । गठबन्धन सरकारले जनआक्रोश यति बढायो कि, झण्डै दुईतिहाइको घमण्ड दुई दिनको सडक आन्दोलनले ध्वस्त बनायो ।

जेन-जी विद्रोहमा देउवाले कुटाइ खानुप¥यो । देउवा दम्पती बालबाल बचे । देउवा कांग्रेसका उनै सभापति हुन् जसले आफ्नै श्रीमती आरजु देउवालाई केन्द्रीय समिति सदस्यदेखि मन्त्रीसम्म बनाए । देउवाको यो निर्णयलाई कांग्रेसीहरुले लालमोहर लगाइरह्यो । परिणामस्वरुप कांग्रेस अहिले मुख लुकाउनुपर्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा पनि कांग्रेसले देउवालाई बोकिरहेको छ । देउवाले चाहेको छ, अबको निर्वाचनबाट आफू अनुमोदित हुन्न । कदमकदाचित डडेलधुराले एकपटक जिताए पनि कांग्रेसले बहुमत ल्याउन सक्ने अवस्था छैन । यसकारण पनि यही प्रतिनिधिसभा ब्युँताएर एकपटक प्रधानमन्त्री बन्ने सपना देउवाले देख्न थालेका छन् ।

Hardik health

देउवाको सपना पूरा गराउन कांग्रेस घुँडा टेकेर लागेको छ । कांग्रेस संस्थापन देउवा प्रधानमन्त्री भए आफूहरु पुनः शक्तिमा फर्किने दाउमा छ भने संस्थापनइतर एकपटक देउवा प्रधानमन्त्री भए आफूहरुले अर्को पटकमा सजिलै पालो पाउने आशामा देखिन्छन् । जसकारण यी दुवै पक्ष मिलेर प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा सर्वोच्च अदालतमा लाँदै छन् । यसअघि यो मुद्दा एमालेले अघि बढाइसकेको छ ।

मुलुकमा हुने महत्‍वपूर्ण परिवर्तनहरुमा कांग्रेसले नेतृत्वदायी भूमिका निभाउँदै आएको थियो । यसपटक भने कांग्रेस एमालेको पछुवा भएको छ । यो पनि सभापति देउवाको सपना पूरा गर्न । यो विषयमा कांग्रेसले लाज मान्नुपर्ने हो । खुरुखुरु जनताले चाहेको परिवर्तनलाई संस्थागत गरी महाविधेशनबाट नेतृत्व फेर्न लाग्नुपर्नेमा अड्डा अदालत धाउने कांग्रेसको यो मतिले निर्वाचनमा के मुख देखाउँदै घरदैलोमा धाउने होला ?
 


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP