Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २२, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असफल नेतृत्वमध्येका एक हुन् । २०७९ को निर्वाचनमा पहिलो दल बन्दासमेत देउवाले सरकारको नेतृत्व गर्न सकेनन् । देउवाको काम कहिले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने त कहिले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेमात्र भयो ।

निर्वाचनमा एक्लै लड्न नसकेर देउवाले कहिले माओवादीसँग गठजोड गर्‍यो त कहिले एमालेसँग । सरकार गठनको क्रममा पनि कहिले माओवादीलाई काँध थाप्यो त कहिले एमालेलाई । काँध गलुञ्जेल दुई दललाई बोकेको कांग्रेसका सभापति देउवाले सुशासनमा कुनै काम गर्न सकेनन् । गिरीबन्धु टी-स्टेटमा एमाले अध्यक्ष ओलीको धुरन्धर विरोध गरेको कांग्रेसले गठबन्धनको सरकार बनेपछि ओलीको पूजापाठ गर्न थाल्यो । उनै ओलीको वरिपरि घुमेर सरकारबाट विवादास्पद निर्णयहरु गराउन तयार भयो । गठबन्धन सरकारले जनआक्रोश यति बढायो कि, झण्डै दुईतिहाइको घमण्ड दुई दिनको सडक आन्दोलनले ध्वस्त बनायो ।

जेन-जी विद्रोहमा देउवाले कुटाइ खानुप¥यो । देउवा दम्पती बालबाल बचे । देउवा कांग्रेसका उनै सभापति हुन् जसले आफ्नै श्रीमती आरजु देउवालाई केन्द्रीय समिति सदस्यदेखि मन्त्रीसम्म बनाए । देउवाको यो निर्णयलाई कांग्रेसीहरुले लालमोहर लगाइरह्यो । परिणामस्वरुप कांग्रेस अहिले मुख लुकाउनुपर्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा पनि कांग्रेसले देउवालाई बोकिरहेको छ । देउवाले चाहेको छ, अबको निर्वाचनबाट आफू अनुमोदित हुन्न । कदमकदाचित डडेलधुराले एकपटक जिताए पनि कांग्रेसले बहुमत ल्याउन सक्ने अवस्था छैन । यसकारण पनि यही प्रतिनिधिसभा ब्युँताएर एकपटक प्रधानमन्त्री बन्ने सपना देउवाले देख्न थालेका छन् ।

Hardik health

देउवाको सपना पूरा गराउन कांग्रेस घुँडा टेकेर लागेको छ । कांग्रेस संस्थापन देउवा प्रधानमन्त्री भए आफूहरु पुनः शक्तिमा फर्किने दाउमा छ भने संस्थापनइतर एकपटक देउवा प्रधानमन्त्री भए आफूहरुले अर्को पटकमा सजिलै पालो पाउने आशामा देखिन्छन् । जसकारण यी दुवै पक्ष मिलेर प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा सर्वोच्च अदालतमा लाँदै छन् । यसअघि यो मुद्दा एमालेले अघि बढाइसकेको छ ।

मुलुकमा हुने महत्‍वपूर्ण परिवर्तनहरुमा कांग्रेसले नेतृत्वदायी भूमिका निभाउँदै आएको थियो । यसपटक भने कांग्रेस एमालेको पछुवा भएको छ । यो पनि सभापति देउवाको सपना पूरा गर्न । यो विषयमा कांग्रेसले लाज मान्नुपर्ने हो । खुरुखुरु जनताले चाहेको परिवर्तनलाई संस्थागत गरी महाविधेशनबाट नेतृत्व फेर्न लाग्नुपर्नेमा अड्डा अदालत धाउने कांग्रेसको यो मतिले निर्वाचनमा के मुख देखाउँदै घरदैलोमा धाउने होला ?
 


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP