काठमाडौं- आज बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । आइतबार १६सय रुपैयाँले बढेकाे सुनको मूल्य साेमबार १४ सयले बढेर प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँ निर्धारण भएकाे थियाे ।
यस्तै हिजाे चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेकाेमा आज ४५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार ५३५ रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला चाँदीको मूल्य तीन हजार ४९० रुपैयाँ काराेबार भएको थियाे ।