Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२
  • राष्ट्रिय अपांग महिला संघले दिएको उजुरीअनुसार आरोपीले कार्यक्षेत्र काभ्रेको धुलिखेल जाने क्रममा सवारी साधनभित्रै यौन दुव्र्यवहार गरेको
  • यौन दुव्र्यवहार आरोपीलाई मन्त्रीले नै सम्मान गरेर महासंघ र सरकार दुवै महिला हिंसाविरुद्धको अभियानलाई खिल्ली उडाइयो
  • दुव्र्यवहार आरोपी नै सञ्चारमन्त्रीबाट सम्मानित

काठमाडौं-  १६ दिने महिला हिंसाविरुद्धको अभियान देशव्यापी चलिरहँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सम्मान गरेका कृष्ण गौतम यौन दुव्र्यवहार घटनाका आरोपी रहेको खुलासा भएको छ । गौतमलाई मन्त्री खरेलले बुधबार सम्मान गरेका थिए । उनी बाँकेको नेपालगञ्जका हुन् ।

राष्ट्रिय अपांग महासंघ नेपालकी दुई महिला कर्मचारीलाई तीन वर्षअघि यौन दुव्र्यवहार गरेको आरोप उनलाई लागेको थियो । त्यससम्बन्धी महासंघमै उजुरी परेको खुलेको हो । राष्ट्रिय अपांग महिला संघकी अध्यक्ष टीका दाहालले महासंघमा दिएको उजुरीअनुसार गौतमले कार्यक्षेत्र काभ्रेको धुलिखेल जाने क्रममा सवारी साधनभित्रै यौन दुव्र्यवहार गरेको व्योहरा उल्लेख छ । 

तर, उनै गौतम सञ्चारमन्त्री खरेलबाट सम्मानित भए । सम्मानपत्रमा भनिएको छ, ‘नेपालको अपांगता आन्दोलनमा नवीनतम स्वाबलम्बन जीवन पद्धति अवधारणको विकास र प्रवद्र्धन गरी अपांगता भएका व्यक्तिलाई समुदायमा नै समावेश भई स्वतन्त्र, स्वाबलम्बी र मर्यादित जीवनयापन गर्न गराउन निरन्तर अभियान गरी पुर्‍याउँदै आउनुभएको योगदानको कदर गर्दै अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा यो सम्मानपत्र प्रदान गरिएको छ ।’

गौतमलाई दिएको सम्मानपत्रमा मन्त्री खरेलसँगै राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्य र समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईको पनि हस्ताक्षर छ । गौतम महासंघका पूर्वसचिवालय सदस्य हुन् । अध्यक्ष आचार्यका उनी निकट पात्र मानिन्छन् । स्रोतको दाबीमा उनै आचार्यले गौतमलाई यौन दुव्यर्वहारसम्बन्धी उजुरीमा सफाइ दिएका हुन् । 

Hardik health

यसबारे सोध्दा आचार्यले प्रभावसँग थाहा नभएको भन्दै प्रतिप्रश्न गरे, ‘अब तपाईंलाई कसले भन्यो ? मलाई थाहा छैन । केही त्यस्तो प्रमाण छ ?’ यौन दुव्र्यवहार आरोपी गौतमलाई सम्मान गरेर महासंघ र सरकार दुवै महिला हिंसाविरुद्धको अभियानलाई खिल्ली उडाएका छन् । त्यसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पनि जोडिएको छ । गौतमलाई सम्मान गर्ने संस्थामा पर्छ मन्त्रालयअन्तर्गको समाजकल्याण परिषद् मातहत रहने राष्ट्रिय अपांग कोष पनि हो । तर, कोषकी सदस्यसचिव भीमा खतिवडाका अनुसार सम्मानित हुने गौतमको नाम राष्ट्रिय अपांग महासंघबाट आएको हो ।

‘उहाँको नाम राष्ट्रिय अपांग महासंघबाट आएको हो । त्यसो भएकोले मलाई डिटेलमा थाहा छैन । उहाँ चाहिँ आईएलओ अवधारणामा काम गरेको भनिएको थियो,’ खतिवडाले भनिन्, ‘मैले त कार्यक्रम मात्रै चलाएँ । अरु थाहा भएन ।’ गौतमलाई यौन दुव्र्यहारजस्तो गम्भीर आरोप लाग्दा पनि महासंघले कारबाही गरेन । सोहीकारण सेभ द चिल्ड्रेनले महासंघसँग १८ करोड बराबरको एक परियोजनामा सम्झौता गरेन । अर्थात्, गौतमलाई कारबाही नगर्दा महासंघले ठूलो परियोजना गुमायो । अहिले पनि महासंघ सेभ द चिल्ड्रेनको कालोसूचीमा छ । 

हासंघका अध्यक्ष आचार्यले यसअघि सेभ द चिल्ड्रेनका नेपाल प्रतिनिधिसँग कालोसूचीबाट हटाउनेबारे छलफल पनि गरेका थिए । तर, हटाएको छैन । बुधबार भने उनै गौतम सरकारबाटै सम्मानित भए । उनी सम्मानित भएपछि कतिपय अपांगता अधिकारकर्मीहरूले विरोध गरेका छन् ।  तर, महासंघका पूर्वअध्यक्ष मित्रलाल शर्मा पुरानो र ‘क्लोज’ भइसकेको विषय यतिबेला उछाल्नु सान्दर्भिक नभएको बताउँछन् । गौतमविरुद्ध यौन दुव्र्यवहार आरोप लागेको शर्मा अध्यक्ष भएकै बेला हो । 

उनले भने, ‘यो ३÷४ वर्ष पुरानो विषय हो । क्लोज भइसकेको विषय हुनाले यतिबेला उछाल्नु सान्दर्भिक छैन । उहाँलाई कसैले बहिस्कार गरेको छैन । यतिबेला सम्मानित भइसकेपछि यस्तो विषय आउन ठीक होइन ।’ गौतमलाई छिटो कारबाहीको लागि माग गर्ने संस्था नेपाल अपांग महिला संघ हो ।

अपांगता भएका महिलाहरूको महासंघले पनि कारबाहीको लागि दबाब दिएको थियो चौतर्फी रुपमा कारबाहीको रुपमा दबाब उठेपछि तत्कालिन कार्यसमितिले छानबिन गरि तत्कालिन दोषी देखेपछि उनीलाई सदस्य पदबाट निलम्बनसमेत गरेको थियो तर पछि वर्तमान अध्यक्ष आचार्यले कार्यभार लिएपछि उनको एकल निर्णयले कारबाही फुकुवा गरेको श्रोतको दाबी छ । तर राष्ट्रिय अपांग महासंघको सिफारिसमा सम्मानित उनलाई सञ्चारमन्त्री खरेलले नै सम्मानपत्र दिए, जसले सरकार नै दण्डहीनताको विरुद्धमा रहेको देखाउँछ । 

के भन्छन् आरोपी कृष्ण गौतम ?
काभ्रेमा तीन दिनको तालिम गराउनुपर्ने पहुजयुक्तता सम्बन्धी तालिम थियो । त्यो तालिमको जिम्मेवारी दिइसकेपछि धुलिखेलमा कार्यक्रम थियो । त्यहाँ तयारीका लागि जाँदा स्कर्पियोमा बसेको । म चाहिँ देब्रे साइटबाट झुण्डिएर चढें । अनि, ह्वीलचेयर तल (भुइँमा) रह्यो । मेरो ह्वीलचेयर फोल्डिङ गरेर पछाडि राख्दिनुहोस् भनें (नाम नतोकी) । त्यहाँ चालक, एक पुरुष कर्मचारी र दुई महिला कर्मचारी हुनुहुन्थ्यो । उहाँ (पीडित भनिएको) पनि चढ्नुभयो र मेरो छेउमा आउनुभयो । अनि, अर्को एक जना महिला कर्मचारी चढ्नुभयो । ढोकातिर पुरुष कर्मचारी । गफ गर्दै गयौँ । पुगेपछि गाडीबाट उत्रिँदा शौचालय अपाङ्गमैत्री थिएन । होटल पनि ओरालोमा थियो अनि म रिसाएको हो । भरे उहाँ (पीडित भनिएकी)ले तपाईंले मलाई ब्याड टच गर्नुभयो भन्नुभयो ।
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १२:५२
#राष्ट्रिय अपांग महिला संघ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP