Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १६, २०८२

पछिल्ला दिनमा धेरैजसो महिला हिंसा आफन्त र नजिककाबाटै हुने गरेको देखिएको छ । नेपाल प्रहरीको तथ्यांकले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको हो । ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको छ । पछिल्ला दिनमा हिंसाका घटना बढ्नुमा उजुरी बढ्नु पनि हो । 

हिंसाका विविध कारण हुन्छन् । नेपालमा बढीजसो गरिबी, परनिर्भरताका कारण पनि यस्ता घटनाहरु बढिरहेका छन् । कतिपयले अझ डरत्रासका कारण प्रहरीसम्म पुग्न सकिरहेका हुँदैनन् । महिला हिंसाबाट कुनै उमेर समूह अछुतो देखिन्न । नातागोताबाटै हिंसा हुनु झनै चुनौतीपूर्ण विषय हो । 

समाजमा अहिले पनि महिला हिंसाबारे उजुरी परेमा उजुरी दिने महिलामाथि नै दोष लगाउने चलन छ । महिला आफैं नै दोषी होला, उसको मञ्जुरीबिना यस्तो कसरी हुन्छ, पुरुषलाई फसाउन खोजेका होलान् । यस्तै खाले आरोप लगाएर महिलामाथि हतोत्साहीत वातावरण निर्माण गर्ने गरिन्छ ।

Sonam Lhosar
Hardik health

खासमा खुला समाजमा यौन हिंसाका घटना कम हुन्छ । नेपालमा यौन शिक्षा, यसबारे सानैबाट शिक्षा दिने कुरामा कन्जुस्याइ गरिन्छ । किनभने यो लाजको विषय हो । यस्तो विषयमा बालबालिका निकै उत्सुक हुन्छन् । उनीहरुलाई यस्तो शिक्षा दिनबाट बञ्चित गरिन्छ । जसका कारण पनि यसलाई लाजको विषय बनाइन्छ ।

समाजमा देखिएको अर्को समस्या हो, कुनै घटना भएमा मेलमिलाप गर्न दिइने दबाब । जसका कारण यो विषय कानुनीको कठघरासम्म पुग्न पाउँदैन । यसले पीडकहरुलाई बल मिल्छ । कानुनी कठघरामा पुगेकाहरुलाई पनि न्यायोचित तवरले सजाय नदिँदा पीडितहरु मुख लुकाएर हिँड्नुपर्ने अवस्था छ ।

यस्ता विषयहरु अब विस्तारै न्यूनीकरण गर्दै लैजानुपर्छ । कोही हिंसामा परे पहिले त आफैले सहनु भएन । अर्को अरु हिंसामा परेको देखे त्यसलाई बाहिर ल्याउने र हिंसाको विरोधमा बोल्नुपर्छ । अहिले यस्ता विषय सार्वजनिक गर्ने अनेकन माध्यमहरु आइसकेका छन् । लाज वा व्यक्तिगत जीवनमा आँच आउने भए अनुहार वा नाम सार्वजनिक नगरी पनि हिंसाका घटनालाई बाहिर ल्याउन सकिन्छ । 

हिंसा सहनु हुन्न । यो लुकाउनु पनि हुन्न । जति सकिन्छ यसलाई न्युनीकरण गर्न हिंसामा परेकाहरु नै बाहिर आउनुपर्छ । जसले गर्दा पीडकहरु सचेत हुनेदेखि सम्भावित घटनासमेत रोकिन्छ । त्यसैले आजैबाट महिला हिंसाविरुद्ध आवाज उठाऔं, न्यूनीकरणमा जोड दिऊ । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP