Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १६, २०८२

पछिल्ला दिनमा धेरैजसो महिला हिंसा आफन्त र नजिककाबाटै हुने गरेको देखिएको छ । नेपाल प्रहरीको तथ्यांकले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको हो । ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको छ । पछिल्ला दिनमा हिंसाका घटना बढ्नुमा उजुरी बढ्नु पनि हो । 

हिंसाका विविध कारण हुन्छन् । नेपालमा बढीजसो गरिबी, परनिर्भरताका कारण पनि यस्ता घटनाहरु बढिरहेका छन् । कतिपयले अझ डरत्रासका कारण प्रहरीसम्म पुग्न सकिरहेका हुँदैनन् । महिला हिंसाबाट कुनै उमेर समूह अछुतो देखिन्न । नातागोताबाटै हिंसा हुनु झनै चुनौतीपूर्ण विषय हो । 

समाजमा अहिले पनि महिला हिंसाबारे उजुरी परेमा उजुरी दिने महिलामाथि नै दोष लगाउने चलन छ । महिला आफैं नै दोषी होला, उसको मञ्जुरीबिना यस्तो कसरी हुन्छ, पुरुषलाई फसाउन खोजेका होलान् । यस्तै खाले आरोप लगाएर महिलामाथि हतोत्साहीत वातावरण निर्माण गर्ने गरिन्छ ।

Hardik health

खासमा खुला समाजमा यौन हिंसाका घटना कम हुन्छ । नेपालमा यौन शिक्षा, यसबारे सानैबाट शिक्षा दिने कुरामा कन्जुस्याइ गरिन्छ । किनभने यो लाजको विषय हो । यस्तो विषयमा बालबालिका निकै उत्सुक हुन्छन् । उनीहरुलाई यस्तो शिक्षा दिनबाट बञ्चित गरिन्छ । जसका कारण पनि यसलाई लाजको विषय बनाइन्छ ।

समाजमा देखिएको अर्को समस्या हो, कुनै घटना भएमा मेलमिलाप गर्न दिइने दबाब । जसका कारण यो विषय कानुनीको कठघरासम्म पुग्न पाउँदैन । यसले पीडकहरुलाई बल मिल्छ । कानुनी कठघरामा पुगेकाहरुलाई पनि न्यायोचित तवरले सजाय नदिँदा पीडितहरु मुख लुकाएर हिँड्नुपर्ने अवस्था छ ।

यस्ता विषयहरु अब विस्तारै न्यूनीकरण गर्दै लैजानुपर्छ । कोही हिंसामा परे पहिले त आफैले सहनु भएन । अर्को अरु हिंसामा परेको देखे त्यसलाई बाहिर ल्याउने र हिंसाको विरोधमा बोल्नुपर्छ । अहिले यस्ता विषय सार्वजनिक गर्ने अनेकन माध्यमहरु आइसकेका छन् । लाज वा व्यक्तिगत जीवनमा आँच आउने भए अनुहार वा नाम सार्वजनिक नगरी पनि हिंसाका घटनालाई बाहिर ल्याउन सकिन्छ । 

हिंसा सहनु हुन्न । यो लुकाउनु पनि हुन्न । जति सकिन्छ यसलाई न्युनीकरण गर्न हिंसामा परेकाहरु नै बाहिर आउनुपर्छ । जसले गर्दा पीडकहरु सचेत हुनेदेखि सम्भावित घटनासमेत रोकिन्छ । त्यसैले आजैबाट महिला हिंसाविरुद्ध आवाज उठाऔं, न्यूनीकरणमा जोड दिऊ । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP