काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।उनलाई आइतबार बिहान बेहोसी अवस्थामानै अस्पताल पुर्याइएको थियो ।
अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए ।एक चिकित्सकले दिएको जानकारी अनुसार, उनी एक हप्तादेखि नै बिरामी थिए । उनलाई मधुमेह र पिसाब संक्रमणले बिरामी थिए ।
पिसाब संक्रमण उनको शरीरभरि फैलिएको ती चिकित्सकले जानकारी दिए । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले शाहसहित भेन्टिलेटरमा भएका अन्य बिरामीसँग पनि भेट गरेको स्रोतले जानकारी दिएको छ ।