Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसाय बन्द गर्ने तयारीमा वैदेशिक रोजगार व्यवसायी
व्यवसाय बन्द गर्ने तयारीमा वैदेशिक रोजगार व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ५, २०८३
  • श्रमिक पठाउने प्रक्रिया १० दिनभित्र सक्न व्यवसायीलाई संघको अनुरोध

काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले व्यवसाय बन्द गरेर सरकारलाई दबाब दिने तयारी गरेका छन् । वालेन्द्र शाह नेतृत्वको सरकारले ठगी नियन्त्रणको नाममा व्यवसायीमाथि कारबाही बढाएको भन्दै व्यवसायीहरु व्यवसाय बन्द गर्ने तयारीमा जुटेका हुन् ।

hira-bhadur-dangi-1784611334.jpg


चाँडै पत्रकार सम्मेलन गरेर व्यवसायीको भेला बोलाउने र व्यवसाय बन्द गर्ने निर्णय भएको छ । अहिलेको अवस्थामा यसरी सरकारलाई सहयोग गर्छौं । सम्पूर्ण व्यवसायीलाई हाल श्रमिक पठाउने प्रक्रियाको अन्तिम चरणमा रहेका सबै श्रमिकहरूको प्रस्थान यथासम्भव आगामी १० दिनभित्र सम्पन्न गरिसक्नुहुन अनुरोध गर्दछौं ।
हिराबहादुर डाँगी
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

Hardik health

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको संघले जानकारी दिएको छ । संघका महासचिव हिराबहादुर डाँगीले सम्पूर्ण व्यवसायीलाई वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया १० दिनभित्र सम्पन्न गर्न अनुरोध गर्ने निर्णय गरिएको बताए । कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न व्यवहारतः जटिल र चुनौतीपूर्ण अवस्था सिर्जना भएकोले छिट्टै व्यवसायीहरुको भेला बोलाएर व्यवसाय बन्द गरिने उनको भनाइ छ ।

‘चाँडै पत्रकार सम्मेलन गरेर व्यवसायीको भेला बोलाउने र व्यवसाय बन्द गर्ने निर्णय भएको छ । अहिलेको अवस्थामा यसरी सरकारलाई सहयोग गर्छौं,’ महासचिव डाँगीले भने, ‘सम्पूर्ण व्यवसायीलाई हाल श्रमिक पठाउने प्रक्रियाको अन्तिम चरणमा रहेका सबै श्रमिकहरूको प्रस्थान यथासम्भव आगामी १० दिनभित्र सम्पन्न गरिसक्नुहुन अनुरोध गर्दछौं ।’

संघले हालको जटिल अवस्थालाई समयानुकूल बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन, वैज्ञानिक एवं व्यावहारिक सेवा शुल्क व्यवस्थापन, श्रमिकको लागत खर्च निर्धारण, एकाधिकारको अन्त्य, हवाई भाडादर समायोजन, वैदेशिक रोजगारमा जाने श्रमिकलाई उपलब्ध गराइने भनिएको विनाधितो वा सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वयन, तथा नगदरहित कारोबारका लागि डिजिटल संयन्त्रको व्यवस्थालगायतका विषयहरूलाई सम्बोधन गराउन निरन्तर सम्बन्धित निकायहरूसँग पहल गर्दै आएको जनाएको छ । तर, सरकारले व्यवसायीमाथि अनावश्यक दुःख दिने नियतले कारबाही बढाएको विरोधमा व्यवसाय बन्द गर्न लागिएको बताइएको छ ।

पछिल्लो समय वैदेशिक रोजगार विभागले गरेको कारबाहीको शृंखलाबाट समस्यामा परेको व्यवसायीहरुले बताउँदै आएका थिए । गत असार २७ गते भारतीय विमानस्थलबाट श्रमिक पठाएको भन्दै विभागले ५९८ वटा व्यवसायीलाई कारबाही गरेपछि उनीहरु थप आक्रोशित बनेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP