Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
विचार
  • Home
  • विचार
  • देश बनाउने नेता चाहियो 
देश बनाउने नेता चाहियो 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, साउन २९, २०८१

दुई ढुंगाबीचको तरुल । बाइसे चौबिसे राज्यलाई एकीकरण गर्ने तत्कालीन नेतृत्व पृथ्वीनारायण शाहले एक ढिक्का मुलुक बनाएपछि उत्तर दक्षिणका शक्तिशाली राष्ट्रलाई पहिचान गराइरहँदा नेपाल भने सधैं तरुलभन्दा बाहिर निस्कन सकेन ।देश तरुलभन्दा बाहिर ननिस्केर के भो र ? नेता त तरबारभन्दा बलिया भएर बसेका छन् त ? त्यही भएर २४० वर्षअघि टुक्रा–टुक्रा राज्यलाई सिंगो देश बनाए । अहिले २४० वर्षपछि फेरि सातै टुक्रा बनाए ।  देश बनाउने त नेता पालेर हो नि ! जति नेता धेरै भो त्यत्ति नै देश उँधो गतिबाट विकास हुँदो रैछ ।

उत्तर र दक्षिणका दुई ढुंगाहरु साँच्चै नै ढुंगा नै बनेका छन् । तर, बीचको तरुल, तरुल नभए हिउँ पग्लिएभैmं पग्लिएको पग्लिएकै छ । हिमालझैं अटल हुन छाडेको छ ।देशका जनता आधुनिक सामन्तको पिँजडामा थुनिएका छन् । नेपालमा राई माइलोले गाउँ छाडेको खबर सर्जकहरुले भक्कानिँदै जनतामा पु‍र्‍याए । देशका लागि साँच्चै नै चाहिने बुद्धि भएकाहरुले देश छाड्दा देश हाँक्नेहरुको मन भक्कानिनु पर्दथ्यो तर उनीहरुको मन प्रफुल्लित बनिरहेको छ । 

देशमा संस्कृति ढलाइँदै छ । भाषा, भेषभूषा निमिट्यान्न पार्न खोजिएको छ । जुन देशको पहिचान भाषा, संस्कृति र सम्पदाले जोगाएको छ, त्यही देशमा संस्कृति सकिएपछि त्यो देशको पहिचान कसरी रहला र ? हो अहिले दुई ढुंगाबीचको तरुलको अवस्था त्यही नै छ । तरुलको स्वाद क्रमशः बिगँँ्रदै गइरहेको छ । तरुलको जरा उखेलिने क्रम छ । तरुलको जरा नै उखेलिदिएपछि तरुलको पहिचान कसरी रहला र ? 

राई माइलाले गाउँ छाड्यो, सहर छि‍र्‍यो सहरबाट मुग्लान छि‍र्‍यो, जो अब फर्कने छैन । न त थेप्चे नाकहरु फर्कने छन् ! नत चुच्चे नाकहरु फर्कने छन् । नीलोकोटेदेखि कालोकोटेसम्मले आफ्ना रैथाने बीउहरु सिध्याएर ‘हाइब्रिड’ भित्र्याउन थालेका छन् । मट्यांग्रालाई पहिचानको चिन्ता ! अस्तित्व नै संकट पर्न लागेको तरुलको चिन्ता । माओले कम्युनिस्ट त बनाए तर कम्युनिस्टहरु ‘कमाउनिस्ट’मा परिणत भए । सामन्तको नाउँमा आफैं सामन्ती भएर निस्किए । दुई ढुंगामध्ये एक ढुंगा कम्युनिस्ट भएर संसारसँग आफ्ना भाषा, भेषभूषा, संस्कृति र सम्पदालाई नै पहिचान बनाएको छ । त्यही ढुंगामा लिप्सिएको तरुल भने आफूलाई न त कम्युनिस्ट बनाउन सफल भएको छ न त समाजवादी ! तरुल कुर्न र उमार्न बसेकाहरु नै छिन्नभिन्न भइरहेका छन् ।

Hardik health

एउटा ठूलो ढुंगालाई माओले कम्युनिस्टको रङले पोतिदिए । त्यही माओले विश्वभर कम्युनिस्टहरुलाई श्रम र सीप गरेर उत्थान पनि गर्न सिकाए । तर, सिक्नेले के सिक्यो भन्ने कुरा मट्यांग्रालाई के थाहा ? दुवै ढुंगाको पहिचानलाई तरुलले स्पर्श त राम्रै गरी नगरेको कहाँ हो र ? तर तरुल सम्हालिरहेका द्धारेहरुले त्यसलाई के बनाए बनाए । सबै देशले आ–आफ्नै पहिचान बनाए । तर, तरुलले आफ्नो पहिचान हिमालजस्तै अटल राख्नुपर्नेमा पहिचान नै गुमायो । तरुल देशको पहिचान सबै गुम्दै गइरहेको छ । पहिचानमात्र हैन नागरिक पनि गुमाउँदै छ । तर, तरुलका ढुकुवाहरु तिनै नागरिकहरुलाई तरुल सम्झेर बेचिरहेका छन् ।

मट्यांग्राले दुई ढुंगाको स्पर्श लिन खोज्यो । तर तरुलका लागि खासै स्पर्श ढुंगाले दिन सकेन । आपूm चट्टान बन्नुपर्छ भन्ने उक्ति मट्यांग्राले नसम्झेको पनि हैन । सिंगापुर लि क्वान युको सोचले बन्यो । तर प्रकृतिले दिएको उपहार तरुल आजसम्म बन्न सकेन । माओले चीनमा कम्युनिस्टको विचार र सिद्धान्त प्रतिबद्ध गराए । विश्वभर पु‍र्‍याए । तर मट्यांग्राका देशमा कम्युनिस्टहरु ‘कमाउनिस्ट’ मात्र बनाए  । 

देश बनाउन साँच्चै नेता चाहिन्छ रे । माओका देशका जनताले भनेका । माओको देश स्पर्श गर्न पुगेको मट्यांग्राले माओको देशलाई कम्युनिस्टको नमूना स्पर्श अनुभूति महसुस गरेको छ । साँच्चै नै देश बनाउँछु भन्ने नेता भएमात्र देश बन्छ भन्ने उदाहरण सिंगापुर, कोरिया, चीनजस्ता देश हेरे पुग्ने रैछ नि । नेपाल दुई शक्तिशाली ढुंगाको बीचमा भएर पनि किन शक्तिशाली बन्न सकेन ? किनकि भगवान्ले पनि नेपाललाई सुन्दरता दियो, प्रकृति दियो, हराभरा दियो । प्राकृतिक स्रोतसाधन दियो तर दिएन नेता !

साँच्चै नै जेल नेल बसेका नेताले देश बनाउन चाहेका भए देश बन्थ्यो । तर, यिनीहरु लिक्वान बन्न खोजेनन् बरु सामन्ती किम जोङ बन्न खोजे । सत्ता र शक्ति सधैं आफ्नै हातमा । नाममात्रको गणतन्त्र । नाममात्रको कम्युनिस्ट । नेता व्यापारी भए । व्यापारी नेता भए । त्यसकारण पनि बन्न सकेन दुई ढुंगा बीचको तरुल । राजतन्त्र फालेर ल्याएका गणतन्त्रले जनतन्त्र र अर्थतन्त्रको सुधार गर्न सकेन । पञ्चायतको महेन्द्र पथले बरू देशलाई एउटा बिन्दुमा पु‍र्‍यायो । उत्पादनमा जोड दियो । नागरिकलाई परदेश होइन घरदेश जान उत्साहित गरायो । बाँझा गराहरुलाई हरियाली बनाउन सफल  भएको थियो । 

तर, गणतन्त्र नामको ‘गाँढतन्त्र’ले नागरिकलाई घरदेशबाट परदेश जान बाध्य बनाएको छ । खेत रोप्न होइन, बोरा चामल किनेर खान सिकाएको छ । उद्योग खोल्न होइन, उद्योग बन्द गरेर अनुदानमा कमिसन र रेमिट्यान्समा बाँच्न सिकाएको छ । त्यही भएर त देश बनाउन नेता चाहिन्छ । देशले नेता पाएन । शासक पायो । शासकले शासनमात्र गर्न भ्यायो, बनाउन फुर्सद नै पाएन ।त्यही भएर नयाँको खाँचो भयो । नयाँ दल आयो तर दले भएर आयो । देश बनाउने नेता आएन । गफ दिएर  खाने नारद बनेर आयो । त्यसो भए यो तरुल सधैं तरुले नै भएर च्यापिएर बस्ने हो त ? माओका देशका नागरिक भन्छन्, ‘देश बनाउन नेता चाहिन्छ । नेपालले नेता पाएन ।’

न त सिंगापुर बनाउनसक्ने लि कुवान बन्न सके । न त कठोर शासक किम जोङ नै बन्न सके  । यिनीहरु त केवल एजेण्टभन्दा पर बस्न सकेनन् । त्यसो भए मुलुक कसले बनाउँछ त ? ४६ देखि ८१ सम्म आइपुग्दा परिवर्तनको रेखा कोरिए तर कार्यान्वयन हुन सकेन । कानुन कार्यान्वयन गर्ने र देशलाई साँच्चै परिवर्तन गर्नुपर्छ मात्र होइन परिवर्तन नै गर्ने सिंगापुरे नेता लि क्वानजस्तै महेन्द्रपथको बाटो बालेन्द्र पथ बन्न सक्ला ?
 


प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध बिहीबार, माघ २२, २०८२
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन बुधबार, माघ २१, २०८२
नागरिकमुखी सार्वजनिक सेवा
नागरिकमुखी सार्वजनिक सेवा बुधबार, माघ २१, २०८२
म भोट दिन्न !
म भोट दिन्न ! मंगलबार, माघ २०, २०८२
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता मंगलबार, माघ २०, २०८२
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना सोमबार, माघ १९, २०८२
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान 
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान  आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP