Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वातावरण जोगाउन लागि परौं
वातावरण जोगाउन लागि परौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २३, २०८१

आज विश्व वातावरण दिवस । औद्योगिक क्रान्ति तथा प्लास्टिकजन्य पदार्थको प्रयोगले विश्वको वातावरण बिथोलिन थालेको छ । धनी देशले उद्योगहरुका धेरै कार्बन उत्सर्जन गर्दा जलवायु परिवर्तनको जोखिम बढ्दो छ । राष्ट्रप्रमुख, प्रधानमन्त्री तथा नेताहरुले यो दिवसको अवसरमा शुभकामना दिने काम गरेका छन् । तर नीति बनाउने काममा उनीहरुको ध्यान देखिन्न । जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुने, मुल सुक्नेजस्ता समस्या देखिन थालेका छन् । अर्को विषय सहरीकरण अत्यधिक हुँदा जमिनमा पानी रिचार्ज (पुनर्भरण) नहुने समस्या पनि बढ्दो छ ।

मरुभूमिकरणका कारण खडेरी पर्दा भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयले आउँदो पुस्तालाई निकै असर पर्ने देखिन्छ । यसले भूमिको उत्पादनशीलता घट्ने, प्रकृति तथा वातावरणीय सन्तुलन बिग्रने निश्चित छ । ‘हाम्रो भूमि ः हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएको छ । सरकारको वातावरण विभाग, वातावरण संरक्षणकर्मी, विभिन्न स्थानीय निकाय प्रतिनिधि तथा सरोकारवालाले वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गरेका छन् । तर के जलवायु परिवर्तनको जोखिमलाई नियन्त्रण गर्न यस्ता कार्यक्रममात्र पर्याप्त होला त ?

पक्कै पनि हुन्न । यसका लागि सरसफाइ तथा पर्यावरण जोगाउने काममा लाग्नुपर्छ । वातावरण तथा जनस्वास्थ्यलाई हानि पुर्‍याउने नेपाल सरकारद्वारा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको एकल प्रयोग हुने प्लास्टिकका झोलाको बिक्री वितरण, भण्डारण तथा प्रयोगलाई निरुत्साहित गरी बहुप्रयोग हुने कपडा तथा अन्य वातावरणमैत्री सामग्री प्रयोग गरी बनाइएका वैकल्पिक झोलाको प्रयोगलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो । घरायसी तथा व्यवसायबाट निष्काशित ठोस फोहोरमैलाअन्तर्गत जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर वर्गीकरण गरी स्रोतमै छुट्याउने र सोहीबमोजिम व्यवस्थापन गर्न पहल र सहयोग गरिनुपर्छ ।  

Hardik health

वातावरण तथा जनस्वास्थ्यलाई प्रतिकूल असर पुर्‍याउनेगरी प्लास्टिक, कृषि अवशेष तथा अन्य प्रकारको फोहोर खुलारुपमा जलाउने कार्यलाई निरुत्साहित गरिनुपर्छ । यसैगरी सहर, घनाबस्ती भएको क्षेत्र विद्यालय, अस्पताल क्षेत्रलगायतका स्थानमा सवारीसाधनको हर्न बजाउन निरुत्साहित गर्ने, जमिनमा पानी रिचार्ज हुने प्रणालीको विकास गर्नेजस्ता कार्यक्रम पनि ल्याउनुपर्छ । पानीका मुहान, कुवा, पोखरी तथा तालतलैयाको संरक्षण गर्ने र आवश्यक क्षेत्रमा नयाँ पोखरीहरु निर्माण गरिनुपर्छ । ऊर्जा प्रयोग र खपतलाई मितव्ययी बनाउनुसमेत आजको आवश्यकता हो । वातावरण जोगाउन आ–आफ्नो ठाउँबाट लागिपरौं ।
 


प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP