Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रोजगार मेलाको औचित्य
रोजगार मेलाको औचित्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २०, २०८१

रोजगारीको अवसर खोज्दै दैनिक हजारौं युवा मुलुकबाट बाहिरिरहेको अवस्थामा सरकारले स्वदेशमै रोजगार प्रवद्र्धन गर्ने भन्दै रोजगार मेला गरिरहेको छ । मेलाको नाम दिइएको छ, श्रमाधान । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री डोलप्रसाद अर्यालले आफ्नो महत्वाकांक्षी योजनाको रुपमा यो कार्यक्रम अगाडि बढाएको बुझिन्छ । कोशी प्रदेशको विराटनगरबाट सुरु भएको मेला आजसम्म मधेश प्रदेशमा चल्ने छ । मधेसपछि गण्डकी हुँदै सातवटै प्रदेशमा मेला आयोजना गर्ने कार्यतालिका मन्त्रालयले बनाएको छ ।

गएको चुनावबाट उदाएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अर्याललाई नयाँ पार्टीले केही गर्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम सफल बनाउनुपर्ने बाध्यता छ । त्यसैले व्यापक प्रचारप्रसार गरिएको छ, श्रमाधान रोजगार मेलाको । मेलाको उद्देश्य स्वदेशमै रोजगारी सिर्जना गर्ने । र, यसका लागि रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुबीच सम्बन्ध बिस्तार गरिदिने । तर, मेला आयोजक श्रम मन्त्रालय नै यसमा ढुक्क छैन कि यसबाट युवाहरुलाई स्वदेशमै रोजगारीमा लाग्न हौस्याउने छ । त्यसैगरी उद्योगी, व्यवसायीले पनि नेपाली युवाहरुलाई रोजगारीमा लगाएर मन्त्रालयको उद्देश्य पूरा गर्न सघाउने छन् । तर, त्यो त्यति सहज भने देखिँदैन । 

मुलुकमै रोजगारी सिर्जना गर्ने भन्दै सरकारले हरेक वर्ष ठूलो बजेट खर्च गरिरहेको छ । यो वास्तवमै नतिजामुखी देखिएको छैन । यसअघि ल्याइएका युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता कार्यक्रमहरुमा ठूलो बजेट खर्च भइरहँदा त्यसलाई प्रभावकारी बनाउन सरकार चुकिरहेको छ । यस्ता कार्यक्र आफ्ना कार्यकर्ता पोस्ने कार्यक्रमका रुपमा आलोचित बन्दै आएका छन् । अर्कोतर्फ युवाहरु यहाँको रोजगारीप्रति त्यति आकर्षित देखिँदैनन् । यसको मुख्य कारण रोजगारीको क्षेत्रमा व्याप्त असुरक्षा । यहाँ श्रमको उचित सम्मान हुँदैन । त्यसकारण यहाँभन्दा बाहिर जानु उचित ठान्छन् । त्यसैले सर्वप्रथम यहाँको रोजगार क्षेत्रलाई श्रमिकमैत्री र श्रमिकको सुरक्षा सुनिश्चित गरिनुपर्छ ।

Hardik health

हुन त हरेक नयाँ मन्त्री आउनेबित्तिकै केही न केही नयाँ कार्यक्रम ल्याएर जनतामाझ स्थापित हुने होडमा लाग्छन् । श्रममन्त्री अर्यालले पनि यो कार्यक्रमलाई त्यही रुपमा त ल्याएका होइनन् ? प्रश्न गर्ने ठाउँछ । यहाँ चर्चाका लागि भन्दा पनि साँच्चिकै सुक्षित रोजागरीको सुनिश्चितता आवश्यक छ । त्यसैले श्रममन्त्रीको ध्यान श्रमबजारलाई सुरक्षित बनाउनेमा जानुपर्छ । रोजगार मेला चर्चा बटुल्ने हतियारमात्र नबनोस् । राज्यकोषबाट खर्च गरिने यस्ता कार्यक्रमको औचित्य पुष्टि गर्न यसलाई प्रभावकारी बनाउन जरुरी छ । यो रोजगार मेलालाई त्यही चुनौती छ । यसमा मन्त्री र सरोकारवाला अधिकारीहरुको ध्यान जाओस् ।
 


प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP