Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सिण्डिकेडविरुद्ध संघको खबरदारी
मेडिकल व्यवसायी कैलाश खड्काले सिण्डिकेट भित्र्याएको आरोप सिण्डिकेडविरुद्ध संघको खबरदारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १९, २०८२

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिण्डिकेडविरुद्ध खबरदारीसभा तथा व्यवसायी भेला सम्पन्न गरेको छ । मंगलबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रममा व्यवसायीहरुले ‘नो सिण्डिकेट’ लेखिएको कालो पट्टी बाँधेर सांकेतिक विरोध जनाएका छन् ।

खबरदारीसभामा उपस्थित व्यवसायीहरुले सिण्डिकेटविरुद्ध यो नै अन्तिम खबरदारी भएको बताए । अबको चरणमा सिण्डिकेट ल्याउन खोज्नेमाथि भौतिक कारबाही हुनसक्ने भन्दै सजग रहन चेतावनी दिएका छन् । केही व्यवसायी सिण्डिकेटमा संलग्न भएको प्रमाण भेटिएको उल्लेख गर्दै व्यवसायीहरुले थप अघि बढे सबैतिरबाट विस्थापित गराउने भन्दै सचेत गराए ।

संघका अध्यक्ष भुवनसिंह गुरुङले सिण्डिकेटधारीको तथ्य प्रमाण पाए जुनसुकै कारबाहीका लागि पछि नहट्ने बताए । आफूले व्यवसाय गर्दादेखि सिण्डिकेटको हल्ला सुन्दै आएकाले आफ्नो कार्यकालमा यो विषयलाई टुंगोमा पु¥याउने उनले प्रतिबद्धता जनाए ।

‘२०६६ सालदेखि अहिले ८२ सालसम्म सिण्डिकेट भन्ने सुन्दै छु । मेरो पलोमा सिण्डिकेट भन्ने शब्द नै हटाउँछु,’ गुरुङले भने, ‘मलेसियामात्र नभएर नेपाल सरकारले रोजगारीका लागि खुलाएका कुनै पनि मुलुकमा सिण्डिकेट स्वीकार्य हुँदैन । अहिले सबै जुटेर लड्ने बेला हो । हामीले प्रचारप्रसारभन्दा परिणाम दिनु छ ।’

Nada Auto Show 2026
Hardik health

सिण्डिकेटविरुद्ध संघर्ष समितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष देवकुमार खोलालीले समितिमा आबद्ध हुन व्यवसायीहरुलाई आह्वान गरे । ‘सिण्डिकेटधारीसँग भूमिगत होइन, अब खुलेआम युद्ध हुन्छ । हामी लड्न तयार छौं,’ उनले भने ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावलले सिण्डिकेटमा संलग्नहरु सच्चिनुको विकल्प नभएको बताए । ‘भोलि नाम आएको दिन सबै व्यवसायीले तपाईंहरुको घर र कार्यालय घेर्ने छन् । तुरुन्त सच्चिनुहोस्,’ रावलले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले सिण्डिकेट ल्याउनका लागि सरकारका केही अधिकारीहरुसमेत संलग्न रहेको आरोप लगाए । ‘सिण्डिकेट लगाउने व्यक्ति पाँच करोडको गाडीभित्र फलामको हेल्मेट लगाए पनि सुरक्षित हुनुहुन्न,’ पाण्डेले भने ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापा हजारौं व्यवसायी मारेर आफूमात्र खान्छु भन्ने दुस्साहस गरे ठूलो दुर्भाग्य निम्तिने भन्दै सजग गराएका थिए । संघका तृतीय उपाध्यक्ष वैकुण्ठ पौडेलले कवितामार्फत सिण्डिकेटधारीलाई खबरदारी गरेका थिए ।भेलामा उपस्थित व्यवसायीहरुले आफ्नो राय प्रस्तुत गरेका थिए । मलेसिया सरकारबाट आएको विषय सरकारी तवरबाटै समाधान हुनुपर्ने उनीहरुको सुझाव थियो । त्यस्तै, केहीले सिण्डिकेट लागू भए वैदेशिक रोजगार व्यवसाय नै बन्द गर्नुपर्ने धारणासमेत राखेका थिए ।

खड्कामाथि खनिए व्यवसायी
वैदेशिक रोजगारीको स्वास्थ परीक्षणमा एकाधिकार भित्र्याएको आरोप लागेका कैलाश खड्काकै सक्रियतामा मलेसिया रोजगारीमा सिण्डिकेट भित्र्याउने प्रयास भएको व्यवसायीहरुले दाबी गरेका छन् । संघका पूर्वअध्यक्ष रोहन गुरुङले मेडिकल व्यवसायी खड्काले ल्याएको बायोमेट्रिक मेडिकलबाट सिण्डिकेट सुरु भएको बताए । 

‘२०७४ मा बायोमेट्रिक मेडिकलको पिलो सुरु हुँदा हामीले निचोरेर फल्न सकेनौं । कैलाश खड्का भन्ने मान्छेको बायोमेट्रिक मेडिकल टेकबहादुर गुरुङले लागू गर्दा हामीले भौतिक कारबाही गर्न खोजेको हो । अब पनि यहाँ खेल्ने काम गर्छ भने हामी छोड्नेवाला छैनौं,’ गुरुङले भने ।

कार्यक्रम नगरी सिण्डिकेट ल्याउनेहरुलाई कारबाहीमा उत्रने तयारी भए पनि एकपटक अग्रजहरुको राय सुझावका लागिमात्र कार्यक्रम गरिएको उनको भनाइ थियो । मलेसियाले जारी गरेको १० बुँदे मापदण्ड यहीँका व्यवसायीले लेखेर पठाएको र आफूलाई यी मापदण्डको सूची असारमै प्राप्त भएको उनले दाबी गरे ।

संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले खड्कालाई ‘मेडिकल माफिया’को संज्ञा दिँदै व्यवसायमा गिद्धेनजर नलगाउन आग्रह गरे । आफूहरुसँग प्रमाण भएकाले व्यवसायीबाट लिएको पैसा तीन दिनभित्र फिर्ता नगरे कारबाही गर्ने चेतावनी उनले दिए । खड्काले मन्त्रालयका कर्मचारीलाई आफ्नो पक्षमा पारेर एकाधिकारको प्रयास गरेको श्रेष्ठको आरोप छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले पनि खड्कामाथि नै आरोप लगाए । ‘कैलाश खड्का यदि तपाईं व्यवसायीलाई उचालेर खेल खेरिरहनुभएको छ भने त्यही रोकिनुहोस् । तपाईंको भलो त्यहीँ हुने छ । हैन भने तपाईंलाई आमव्यवसायीले छोड्ने छैनन्,’ जैसीले भने ।

 


प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP