Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारदाता देशले नरोकेसम्म कामदार पठाउन बन्द नगरिने
रोजगारदाता देशले नरोकेसम्म कामदार पठाउन बन्द नगरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०७६
Hardik health
काठमाडौं– रोजगारदाता देशले नरोकेसम्म वैदेशिक रोजगारमा पठाउने काम बन्द नगरिने नेपाल वैदेशिक रोजगार व्यावसायी संघले जनाएको छ । कारोना भाइरसका कारण विभिन्न हल्ला बाहिर आइराखेपछि संघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न मंगलबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर रोजगारदाता देशले नरोकेसम्म वैदेशिक रोजगारमा पठाउने काम बन्द नगरिने जनाएको हो । पत्रकार सम्मेलनअघि संघले व्यवसायीहरूलाई छलफलमा बोलाएको थियो । सोही छलफलमा व्यवसायीहरूले रोजगारदाता कम्पनीहरूले अहिलेसम्म कामदार रोक्नेबारेमा केही नभनेकाले सम्बन्धित मुलुकले कामदार रोक्न नभनेसम्म आफूहरूले कामदार रोक्न नहुने बताएका छन् । छलफलमा व्यापसायी तथा संघका सदस्य केशव न्यौपानेले नेपालमा अहिलेसम्म कोरोना संक्रमित व्यक्ति फेला नपरे पनि सञ्चारमाध्यमले भने अफहवा फैलाएको भन्दै संयमित भएर सहयोग गर्न अपिल गरे । यसैबीच, विश्वमा बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) भाइरसका कारण वैदेशिक रोजगारको क्षेत्रमा पनि प्रभाव पर्न थालेको छ । रोजगारदाता देशले कामदार लिन बन्द नगरेसम्म नेपाल सरकारले वैदेशिक रोजगार बन्द गर्न नहुने उपस्थित म्यानपावर व्यवसायीले बताएका छन् । यसैबीच, केही सञ्चारमाध्यमले भने रोजगारदाता मुलुकले नेपाली कामदारलाई रोक लगाएको समाचार सम्प्रेषण गरेको भन्दै संघका महासचिव सुजित श्रेष्ठले बिनाआधार समाचार लेखिएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले संघको आधिकारिक धारणा सार्वजनिक गर्दै रोजगारदाता देशले कामदार लिन बन्द नगरेसम्म नेपाल सरकारले हतारमा वैदेशिक रोजगार बन्द गर्न आवश्यक नभएको बताए । उनले कोरोना भाइरसलाई जोडेर यथार्थभन्दा हल्ला बढी चलाइएकाले गन्तब्य मुलुकले कामदार नपठाउनू नभनेसम्म नेपालले कामदार पठाउन रोक्न नहुने पक्षमा संघ रहेको जानकारी दिए । यसैबीच, कुवेत सरकारले भने आफ्नो मुलुकमा प्रवेश गर्ने सबै प्रकारका भिसा रोकिसकेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै कुवेतले नेपाली कामदारको प्रमुख गन्तब्य मध्येको एक कुवेतले तत्कालका लागि सबै प्रकारका भिसामा रोक लगाएको हो । त्यसो त कुवेत सरकारले नेपाललगायत अन्य देशलाई पनि भिसाको प्रक्रियामा रोक लगाएको महासचिव श्रेष्ठले जानकारी दिए । अन्य खाडी मुलुकहरूमा पनि कोरोनाको संक्रमण देखिएको भए पनि कुवेतले सबै देशबाट ल्याउने कामदारको भिसामा रोक लगाएको उनले बताए । त्यस्तै, संघका अध्यक्ष विष्णुप्रसाद गैरेले अहिलेको अवस्थालाई हेर्दा वैदेशिक रोजगारीमा जाने कामदारको भिसा पठाउन नसकिने अवस्था नरहेको बताएका छन् । सरकारमा रहेका सदस्यहरूबीच नै आ–आफ्नो धारण आएपछि व्यावसायी अन्योलमा रहेको भन्दै यसका लागि सबै सरकारी निकायहरूको एउटै धारणा हुनुपर्ने उनले बताए । रोजगारदाताले सम्बन्धित देशमा कोरोनाको जोखिम छैन भनेको अवस्थामा नेपाली कामदारमा रोक्नु नहुने भन्दै यस विषयमा श्रम मन्त्रालय, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयको निर्णयअनुसार टुंगो लाग्ने उनले बताएका छन् । यता नेपाल सरकारले दक्षिण कोरियामा जाने कामदारलाई पनि तत्कालका लागि रोक्ने निर्णय गरिसकेको छ । दक्षिण कोरियामा पनि कोरोना संक्रमणमा देखिएको वृद्धिसँगै रोजगारीका लागि त्यहाँ जान लागेका नेपाली युवालाई तत्काल पठाउन रोक लगाइसकिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्विकृति मंगलबार रोकेको छैन । कोरोना प्रभावित देशमा जाने कामदारका लागि श्रम स्वीकृति दिने कार्य स्थगित भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएपछि ताहचल कार्यालयले श्रम स्विकृति नरोकिएको बताएको हो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०४:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP