Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्री अर्यालको निर्देशन– एक घण्टाभित्र श्रम स्वीकृति दिने व्यवस्था गर्नू
श्रममन्त्री अर्यालको निर्देशन– एक घण्टाभित्र श्रम स्वीकृति दिने व्यवस्था गर्नू
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ५, २०८०

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्र श्रम स्वीकृति दिनेगरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स)को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेइम्स प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र सूचना प्रविधि परामर्शदाताहरुसँगको छलफलका क्रममा उनले आउँदो शुक्रबारदेखि उक्त व्यवस्था कार्यान्वयनमा आउने गरी काम गर्न निर्देशन दिएका हुन् । 

मन्त्री अर्यालले शुक्रबारसम्म उक्त व्यवस्था नगरिए विकल्प खोज्ने चेतावनीसमेत दिएका छन् । ‘तपाईंहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस्, नभए अन्य विकल्प खोज्नुपर्ने हुन्छ,’ छलफलका क्रममा मन्त्री अर्यालले भने, ‘एक हप्ताभित्र एक घण्टामा श्रम स्वीकृति दिन सक्नेगरी फेइम्स प्रणालीमा सुधार नभए विकल्पमा जान्छु । विकल्पमा जानुपर्ने अवस्थामा एक महिनाभित्र जसरी पनि यो व्यवस्था कार्यान्वयनमा ल्याउँछु ।’

कामदारले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि आवेदन दिँदा एक घण्टामै श्रम स्वीकृति दिनसक्ने गरी प्रणाली सुधार गर्नुपर्ने मन्त्री अर्यालको भनाइ छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलगायतका श्रमसँग सम्बन्धित कार्यलाई प्रविधिमैत्री बनाउन आठ वर्षअघि फेइम्स प्रणाली प्रयोगमा ल्याएको हो । पछिल्लो समय पूर्णरुपमा अनलाइन सेवा दिने भनिए पनि विभागको फेइम्स प्रणालीमा पटक–पटक समस्या आउने गरेका कारण सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ ।

Hardik health

अनलाइन सेवा लिने कामदारले समयमै फेइम्समार्फत श्रम स्वीकृति नपाउँदा हैरानी व्यहोर्नुका साथै आर्थिक भारसमेत खेप्नुपरेको छ । फेइम्स प्रणालीमा आइरहने समस्या र सेवाग्रहीले भोग्नु परेको सास्तीको चौतर्फी आलोचना भइरहेको सन्दर्भमा मन्त्री अर्यालले तत्काल फेइम्स सुधारका लागि आवश्यक निर्देशन दिएका हुन् । 

यता मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेइम्स प्रणालीको निगरानी गरिरहेको जनाएको छ । सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने कामदारहरुको तथ्यांक राख्न, अनलाइन टोकन उपलब्ध गराउन र श्रम स्वीकृति दिनका लागि फेइम्स सफ्टवेयर खरिद गरेको थियो । जसलाई ई–बिमा कम्पनीले आपूर्ति गरेको हो । हार्डवेयरको आपूर्तिकर्ता भने दृष्टि टेक कम्पनी रहेको छ । 

सफ्टवेयर नै पुरानो भइसकेको कारण फेइम्स प्रणालीमा पटक–पटक समस्या आइरहेको मन्त्रालयकै अधिकारीहरुको भनाइ छ । ‘यसको सुधार भनेकै नयाँ सफ्टवेर प्रयोगमा ल्याउनु हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यसअघिका सचिवज्यू (एकनारायण अर्याल)ले पनि प्रयास गरेकै हो, मन्त्रीज्यू (शरतसिंह भण्डारी)ले पनि पहल गरेकै हो तर समस्या जस्ताको तस्तै छ ।’

मन्त्रालयले फेइम्स प्रणाली सुधारका लागि आर्थिक व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले समस्या खेप्नुपरेको ती अधिकारीको भनाइ छ । यसअघि फेइम्स सुधारका लागि भन्दै मन्त्रालयले वैदेशिक रोजगार बोर्डमा रहेको श्रमिक कल्याणकारी कोषको १० करोड रुपैयाँ खर्च गर्न खोजेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोकेपछि उक्त काम रोकिएको थियो । 

 


प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP