Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रिजालको संयोजकत्वमा समिति, सत्यतथ्य बुझ्न २१ दिने म्याद
रिजालको संयोजकत्वमा समिति, सत्यतथ्य बुझ्न २१ दिने म्याद
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १, २०८०

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन गरेको छ । वैदेशिक रोजगारसँग सरोकार राख्ने विषयमा विभिन्न सञ्चारमाध्यम, कामदार, सरोकारवाला संघसंस्थाबाट उठाइएको अवाज तथा गुनासो सम्बोधन गर्न भन्दै मन्त्रालयले सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

 

Rijal1710391551.jpgमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीबाट आएको निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक÷कामदार स्वयंबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझावसमेतलाई मध्यनजर गर्दै उल्लेखित विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताएको छ । उक्त समितिलाई २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्ने समयावधि दिइएको छ । 

विशेषगरी पूर्व प्रस्थान अभिमूखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुनेसम्बन्धी विषय, दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाका वीच इ–७ भिसामा समेत कामदार पठाउने विषय, विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने सम्बन्धमा विवादास्पद देखिएको मन्त्रालयले औल्याएको छ । 

Hardik health

प्रत्येक वर्ष श्रम बजारमा भित्रिने युवाहरु बाध्यात्मक रुपमा विदेशिनु परिरहेको हालको अवस्थालाई न्यूनीकरण गर्दै क्रमशः आन्तरिक रोजगारीका अवसरमार्फत् प्रतिस्थापन गर्ने उदेश्य रहेको भन्दै मन्त्रालयले अध्ययन समितिको प्राप्त प्रतिवेदनको सुझाव तथा निर्णयको समीक्षा गर्ने र आवश्यक कार्यान्वयनमा लैजाने जनाएको छ । 

यसअघि निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको लागि जाने श्रमिकमाथि आर्थिक भार थोपरिने गरी विभिन्न निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । भण्डारीले गरेका निर्णय विवादित र श्रमिकमैत्री नभएको भन्दै आवाज उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल कुनै पनि निर्णय कार्यान्वयन नगर्न र कतिपय विषयहरु विस्तृत अध्ययन गरेर मन्त्रिपरिषदमा जानकारी गराउन १६ बुँदे निर्देशन दिएका थिए ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिमलगायत अन्य तालिम निःशुल्क गर्ने व्यवस्था मिलाउन, वृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत राख्न, वैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी) बीच भएको वैदेशिक रोजगारका विषयमा भएको भनिएको सम्झौतालाई कार्यान्वयन नगर्न, जापान, बेलायतलगायत अन्य युरोपियन मुलुकमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रियागत व्यवस्थालाई सरलीकृत गर्न, कोरियामा इपीएस प्रणालीबाट मात्र नेपाली श्रमिक पठाउने व्यवस्था भएकोमा ई–७ भिसालाई समेत सोही प्रणालीमार्फत पठाउने व्यवस्था मिलाउन, पुराना श्रम सम्झौताको समसामयिक नवीकरण र नयाँ गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकता दिन, कामको सिलसिलामा विदेशमा चोटपटक वा अंगभंग तथा घाइते बिरामीको उपचार तत्काल गराउने व्यवस्था मिलाउन, वैदेशिक रोजगार ऐन, २०६४ पूरानो भएको भएकोले यसलाई श्रमिकमैत्री हुनेगरी आगामी हिउँदे अधिवेशनमा विधेयक पेश गर्ने गरी तयारी गर्नलगायतका १६ बुँदे निर्देशन दिएका थिए ।


प्रधानमन्त्रीको निर्देशनका बावजुद तत्कालिन अवस्थामा कुनै उल्लेख्य प्रगति नदेखिए पनि सत्ता समिकरण परिवर्तन भएर डोलप्रसाद(डीपी) अर्याल मन्त्रालयको मन्त्री बनेपछि विवादित विषयको अध्ययन र समस्या समाधानको लागि समिति गठन गरेर कार्यसम्पादनको सुरुआत गरेका छन् । 

 


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP