Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘पर्ख र हेर’को नीतिमा व्यवसायी 
विदेशी कामदार नलिने मलेसियाको निर्णय ‘पर्ख र हेर’को नीतिमा व्यवसायी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ३०, २०८०

काठमाडौं– मलेसिया सरकारले आगामी मई ३१ अर्थात् २०८१ जेठ १८ गतेदेखि विदेशी कामदार भित्र्याउन बन्द गर्ने निर्णय गरिसकेको छ । मलेसियाको यो निर्णयले नेपाली श्रमिक प्रभावित हुने देखिएको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् ।

विदेशी कामदारविना मलेसियाको श्रमबजार चल्नै नसक्ने भए पनि त्यहाँको सरकारको निर्णयले केही अप्ठ्यारो पार्ने मलेसिया रोजगारका जानकार एवं नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले बताए । ‘मलेसिया सरकारको निर्णयले व्यवसायी र कामदार दुवै प्रभावित हुने देखिन्छ,’ उनले भने, ‘तर अत्तिहाल्नुपर्ने अवस्था छैन, पर्ख र हेरको नीति लिनु आवश्यक छ ।’

मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन रोजगारदातालाई मई १ सम्मको समय दिइएको भन्दै त्यसपछि के हुने भन्ने टुंगो नभएकाले नेपालका व्यवसायी र कामदार दुवैमा प्रभाव पर्ने खनालको भनाइ छ । ‘मलेसिया जान बन्द हुने भो भन्नेबित्तिकै कामदार हतारिने र व्यवसायीहरुको एक्सपेक्टेसन पनि बढ्न सक्छ, यसले बजारमा नकारात्मक प्रभाव पार्ने र गलत तŒवले फाइदा लिनसक्ने हुँदा सचेत हुनुपर्ने अवस्था आएको छ,’ खनालले भने । मलेसिया सरकारको निर्णयले त्यहाँको रोजगारदाताहरुसमेत चिन्तित रहेको उनको भनाइ छ ।

Hardik health

विदेशी कामदार नलिने निर्णय गर्नुमा सरकारी डेटा र श्रमबजारमा भएका कामदारको सन्तुलन नमिल्नुले पनि काम गरेको खनालले बताए । गत वर्ष २० लाख कामदार भित्र्याउन दिएको स्वीकृतिअनुसार सातदेखि आठ लाखको हाराहारीमा मात्रै प्रयोगमा आएको मलेसिया सरकारको डेटा छ । तर श्रमबजारमा २० लाखभन्दा बढी विदेशी कामदार भित्रिएको निजी क्षेत्रको तथ्यांक देखिएको उनको भनाइ छ । ‘यसरी ठूलो संख्यामा कामदार भित्रिनुले मलेसियालाई चिन्ता भएको हुनसक्छ,’ खनालले भने, ‘विशेषगरी सरकारी तथ्यांकले साढे तीन लाख बंगलादेशी कामदार भित्रिएको देखाउँछ, तर निजी क्षेत्रमा १८ लाख बंगलादेशी कामदार प्रवेश गरेको तथ्यांक आएका कारण अहिलेको अवस्था सिर्जना भएको हुनसक्छ ।’ 

खनालका अनुसार बंगलादेशी कामदारको यकीन गर्न र उनीहरुलाई रोक्न पनि मलेसियाले यो निर्णय गरेको हुनसक्छ । यो निर्णयले नेपालीहरुलाई दीर्घकालीनरुपमा फाइदा गर्ने उनको बुझाइ छ । यसमा व्यवसायीले हतारिएर पैसा लगानी गर्ने, कोटा किन्ने, कमिसन दिने काम नगर्न पनि उनले सुझाएका छन् । मलेसियाको निर्णयले कामदार स्रोत मुलुक बंगलादेशलाई प्राथमिकताबाट हटाउने, इण्डोनेसिया, म्यानमारबाट कम कामदार आउने अवस्था देखिएको छ । जसकारण औद्योगिक श्रमका लागि नेपाली कामदारको माग उच्च हुने व्यवसायीको अनुमान छ ।

यसमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयनमा बल पुग्ने छ । नेपाली कामदारले लगभग शून्य लागतमा नै मलेसियाको रोजगारी प्राप्त गर्ने खनालले बताए । यसका लागि नेपाल सरकार र व्यवसायी दुवैले अडान राख्नुपर्ने उनको भनाइ छ ।

औपचारिक क्षेत्रमा विदेशी कामदार नलिने मलेसियाको निर्णय दिगो नहुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘मई ३१ देखि मलेसियाले विदेशी कामदार नलिने निर्णयका कारण अहिले भ्रम सिर्जना भएको छ,’ उनले भने, ‘त्यहाँको श्रमबजारमा भइरहेको पुरानो संरचना भिएलएन, बायोमेट्रिक, अनलाइन भिसा आवेदनलगायतका प्रणालीमाथि प्रश्न उठिरहेको छ, यसलाई सम्बोधन गर्न पनि मलेसियाले यो कदम चालेको बुझ्न सकिन्छ ।’
मलेसियाले आफ्नो श्रमबजारलाई ‘रिफर्म’ गर्न र विदेशी कामदारलाई सरकारी प्रणालीबाट भित्र्याउने तयारीस्वरुप यस्तो निर्णय भएको पनि भुर्तेलले बताए । ‘मलेसियाले विदेशी कामदार लिन्न भन्ने कुरै आउँदैन, तर नयाँ ढंगबाट लिने तयारी भइरहेको हामीले बुझ्नुपर्छ, आत्तिनुपर्ने अवस्था छैन,’ महासचिव भुर्तेलले भने । उनले व्यवसायीलाई धैर्य गर्न र कामदारहरुलाई हतार नगर्न आग्रह गरेका छन् । 

यसैगरी मलेसियामा ठूलो संख्यामा कामदार आपूर्ति गरिरहेको एक व्यवसायीले पनि मलेसियाको निर्णयले तत्काललाई असर पु¥याउने देखिए पनि दीर्घकालीन रुपमा फाइदा नै पुग्ने बताए । उनका अनुसार मलेसियाले स्रोत मुलुकसँग श्रम समझदारीअनुसार नै कामदार भित्र्याउने नीतिअनुरुप अहिलेको निर्णय गरेको हो । ‘अहिले मलेसिया रोजगारीको मात्रै भर पर्ने व्यवसायीलाई मार पर्ने अवस्था आएको छ,’ उनले भने, ‘भोलिका दिनमा व्यवसायी र कामदार दुवैलाई फाइदा हुन्छ, अहिले ‘वेट एण्ड सी’ मा रहनु नै राम्रो हुन्छ ।’
 


प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP