Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईमा ‘जब फेयर’ सम्पन्न
‘मेला ऐतिहासिक र उत्साहजनक बन्यो’ युएईमा ‘जब फेयर’ सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २०, २०८०

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी मेला ‘द रिक्र्युटमेन्ट जब फेयर–२०२४’ सम्पन्न भएको छ । दुबईस्थित होटल मरिनामा शनिबार आयोजना गरिएको जब फेयरमा युएईका रोजगारदाताहरुलाई नेपाली श्रमिकहरुको क्षमता, दक्षता र श्रमसम्बन्धी जानकारी दिँदै मेला सम्पन्न गरेको भएको हो । सत्र वर्षपछि आयोजना गरिएको मेलाले दुबईका रोजगारदाताहरुमाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको आयोजकको भनाइ छ ।

नेपालबाट कामदार आपूर्ति गर्दै आएका म्यानपावर कम्पनी र दुबईका रोजगारदाताबीच सीधा सम्बन्ध स्थापित गरी बिचौलिया अन्त्य गर्ने उद्देश्यका साथ उक्त मेला आयोजना गरिएको हो । मेलामा ६४ वटा म्यानपावर कम्पनीका स्टल राखिएको थियो । साथै, मेलामा सहभागी हुन १०० भन्दा बढी वैदेशिक रोजगार व्यवसायी दुबई पुगेका थिए ।

युएई सरकारका प्रतिनिधि, ठूला रोजगारदाता कम्पनी, सबै स्टेटका चेम्बरहरु, इण्डियन इन्भेस्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एसोसियसनलगायतका विभिन्न व्यावसायिक फोरमका प्रतिनिधिहरुले जब फेयर अवलोकन गरेको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । ‘नेपालका व्यवसायीहरुले १७ वर्षपछि युएईमा जब फेयर गरेर एउटा सन्देश दिन सफल भएका छौं,’ उनले युएईबाट टेलिफोन कुराकानीमा प्रभावसँग भने, ‘समयको चाप र छोटो तयारीका बावजुद पनि सफलतापूर्वक मेला सम्पन्न गरेका छौं ।’ भुर्तेलका अनुसार यसअघि सन् २००७ जुनको पहिलो हप्ता नेपालले युएईमा जब फेयर आयोजना गरेको थियो । 

जब फेयरलाई वैदेशिक रोजगारीको क्षेत्रमा ऐतिहासिक उपलब्धिको रुपमा लिइएको उनको भनाइ छ । ‘हाम्रो पुस्ताकै लागि पनि यो इभेन्ट ऐतिहासिक रह्यो,’ महासचिव भुर्तेलले भने, ‘व्यवसायी तथा रोजगारदाताहरुको उत्साहपूर्ण सहभागिताले आगामी दिनमा फेयरलाई अझै उचाइमा लैजान सकिन्छ भन्ने एउटा पाठ पनि सिकायो ।’

Hardik health

श्रम बजारमा गरिने यस्ता जब फेयरले रोजगारदाता र श्रमिक आपूर्तिकर्ताबीच पुलको काम गर्ने संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘जब फेयरले बिचौलिया प्रयोग नगरी रोजगारदाताले व्यवसायीमार्फत श्रमिक माग गर्न सक्ने अवस्था बनेको छ,’ उनले प्रभावसँग टेलिफोनमा भने, ‘हामीले अत्यन्तै उत्साहजनक तवरले मेला सम्पन्न ग¥यौं, व्यवसायीहरुबाट पनि एक÷एक वर्षको अन्तरालमा मेला आयोजना गर्नु उचित हुने सुझाव पाएका छौं, सबैको साथ सहयोगले ऊर्जा मिलेको छ ।’ मेला सञ्चालनबाट तत्कालै परिणाम नआए पनि यसले दीर्घकालीन रुपमा महŒव राख्ने अध्यक्ष भण्डारीले बताए ।  
मेला सञ्चालनकै लागि संघले विभिन्न समिति तथा उपसमितिहरु बनाएर कार्यविभाजन गरेको थियो । मेलाको व्यवस्थापन तथा सञ्चालनमा संयोजकको जिम्मेवारी पाएका संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय संयोजक डिकबहादुर खत्री र सदस्य नारायण भुषाल एक हप्ताअघि नै युएई पुगेका थिए । वैदेशिक रोजगार बोर्ड र युएईस्थित नेपाली दूतावासको सहकार्यमा मेला सम्पन्न गरिएको संघले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, श्रमसचिव केवलप्रसाद भण्डारी र बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती मेला सफल बनाउन दुबई पुगेका थिए । साथै, युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।
 
नेपाली श्रमिकको भर्ना प्रक्रिया स्वच्छ बनाऔं: श्रममन्त्री
काठमाडौं (प्रस)– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामदारको भर्ना प्रक्रिया स्वच्छ बनाउन युएईस्थित रोजगारदाताहरुसँग आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युएईमा आयोजना गरेको ‘द रिक्र्युटमेन्ट जब फेयर–२०२४’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले श्रमिकको सुविधा बढाउनुपर्नेमा पनि जोड दिए ।  

युएईले हासिल गरेको विश्वव्यापी उपलब्धिमा नेपाली श्रमिकको पनि कहीँ न कहीँ योगदान रहेका स्मरण गर्दै उनले कामदारको स्वच्छ भर्ना प्रक्रिया र सुविधा वृद्धिका लागि आग्रह गरे । अहिलेको डिजिटाइजेसनको युगमा विभिन्न प्रविधिको विकास र प्रयोगले एकैसाथ अवसर र चुनौती ल्याएको भन्दै उनले अन्तराष्ट्रिय श्रम बजारको मागअनुसार नेपाली श्रमिकको सीप, दक्षता, क्षमता अभिवृद्धि गर्न सबैसँग हातोमालो गर्न तयार रहेको बताए ।  

‘यस्ता मेला र अन्तरक्रिया कार्यक्रमले द्विपक्षीय सम्बन्ध बलियो बनाउनुका साथै नीति निर्माणमा पनि सहयोग पुग्छ भन्ने विश्वास छ,’ मन्त्री भण्डारीले भने, ‘श्रमिकहरुलाई भाषा, संस्कृति, श्रमबजार, प्रविधि र वातावरण बुझाउन पनि जरुरी छ, यसले दुवैपक्षलाई फाइदा पु¥याउँछ ।’

मन्त्री भण्डारीले घरेलु कामदारको रुपमा महिला पुरुष दुवै वैदेशिक रोजगारीमा जाने गरे पनि महिला कामदार बढी प्रभावित हुने गरेको पाइएको बताए । ‘घरेलु महिला कामदार पठाउने सम्बन्धमा बढी नै जिम्मेवार र होसियारी अपनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘हाम्रो सरोेकारको विषय भनेकै महिलाहरुले काम गर्न पाउने वातावरण र सुरक्षाको सुनिश्चितता हो ।’

सरकारले पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमा केही नीतिगत निर्णयहरु गर्न लागेको जनाउँदै मन्त्री भण्डारीले अधिकतम सेवासुविधा, समाजिक सुरक्षा र काम गर्ने स्वच्छ वातावरणको ग्यारेन्टी भए अन्तर्राष्ट्रिय श्रमबजारमा सबैखाले नेपाली श्रमिक उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई पुनःपरिभाषित गर्नुपर्ने अवस्था आएको भन्दै यसलाई मर्यादित, सम्मानित र पारदर्शी बनाउन व्यवसायी, रोजगारदाता र सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
 


प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP