Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #विश्वकप एसिया छनोट
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #नीति तथा कार्यक्रम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ठगी आरोपमा म्यानपावर सञ्चालकसहित दुई पक्राउ 
ठगी आरोपमा म्यानपावर सञ्चालकसहित दुई पक्राउ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १७, २०८०
RBB RBB

काठमाडौं - वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोपमा म्यानपावर सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ घर भई हाल काठमाडौं बबरमहल बस्ने सन्तोषकुमार चौधरी र पाथिभारा एचआर म्यानपावरकी सञ्चालक गोमा गिरी क्षेत्री रहेका छन् ।

चौधरीले राजलाल मुखियालाई कतार पठाई मासिक ६० हजार रुपैयाँ तलवमा एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनले पीडितसँग पटक–पटक गरी एक लाख ९० हजार रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धाबाट खुलेको छ । फरार रहेका चौधरीलाई खोजतालासका क्रममा बबरमहलबाटै पक्राउ गरिएको बताइएको छ । 

त्यस्तै म्यानपावर कम्पनी सञ्चालन गर्दै आएकी गिरीले राजकुमार थापालाई मासिक एक लाख ५० हजार रुपैयाँ तलब हुने गरी माल्टाको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेको बताइएको छ । उनले पीडितबाट पटक–पटक गरी १४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले उल्लेख गरेको छ । फरार अवस्थामा रहेकी गिरीलाई सुकेधाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले पीडितबाट रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 
 


प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख २६, २०८२
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारीमा  ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ बिहीबार, वैशाख २५, २०८२
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक बिहीबार, वैशाख २५, २०८२
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’ 
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’  बिहीबार, वैशाख २५, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP