Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेतमा सुरक्षित आप्रवासनसम्बन्धी ‘श्रमिक सचेतना’ कार्यक्रम
कुवेतमा सुरक्षित आप्रवासनसम्बन्धी ‘श्रमिक सचेतना’ कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १४, २०८०

काठमाडौं– कुवेतस्थित नेपाली दूतावासले कुवेतको श्रम बजार, विप्रेषण तथा सुरक्षित आप्रवासनसम्बन्धी ‘श्रमिक सचेतना’ कार्यक्रम सञ्चालन गरेको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकहरूमाझ सुरक्षित, मर्यादित र उपलब्धिमूलक वैदेशिक रोजगारीका सम्बन्धमा सचेतना फैलाउने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको दूतावासले जनाएको छ ।

कुवेत रोजगारीको बहुआयामिक पक्षहरुको जानकारी प्रदान गरी नेपाली श्रमिकहरुका लागि फलदायी बनाउने उद्देश्यले श्रमिक सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको दूतावासले उल्लेख गरेको छ । उक्त कार्यक्रममा कुवेतका गैरआवासीय नेपाली संघसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ । 

कार्यक्रममा सहभागीहरुले दूतावासको सेवा प्रवाह, यसमा देखिएका कठिनाइ, समाधानको उपाय तथा कुवेतमा रोजगारको सिलसिलामा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्याहरुको सम्बन्धमा विविध विषयहरु उठान गरेका थिए । साथै महिला घरेलु कामदारको समस्या, प्रोजेक्ट भिसाका प्राविधिक कठिनाइ तथा सामान्य सेवाग्राहीको गुनासो सुनुवाइ हुन नसकेको जस्ता भनाइ राखेका थिए ।

Hardik health

सहभागीहरुले उठाएको विषयलाई सम्बोधन गर्दै राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई दूतावासबाट प्रदान गरिने विभिन्न सेवा प्राथमिकताका साथ सरल, शीघ्र एवं प्रभावकारी ढंगबाट प्रवाह गर्दै आएको बताए । ‘नेपाली श्रमिकहरूका प्रतिनिधि तथा श्रमिकहरुसँग निकटतम रुपमा छलफल गरी गुनासो सुन्ने र छलफलपश्चातेको निष्कर्षबाट समस्याको समाधान गर्न दूतावास सदैव तयार छ,’ राजदूत लम्सालले भने, ‘केही समस्या देखिए श्रमिक तथा प्रतिनिधिहरुसँग आगामी दिनमा पुनः छलफल तथा अन्तरक्रिया गरी सेवा प्रवाहमा प्रभावकारी सुधार गर्न सकिन्छ ।’

यस्ताखाले कार्यक्रम आगामी दिनमा पनि निरन्तर गरिने बताउँदै उनले दूतावासको सेवा प्रवाहमा देखिएका समस्या सुधार गर्न प्राप्त सुझाव सल्लाह महŒवपूर्ण हुने उल्लेख गरे । पछिल्लो समय राहदानी नवीकरण सेवालाई सहजीकरण गर्दै लगेको दूतावासले  इराकमा रहेका नेपालीहरुको राहदानी नवीकरणको सम्बन्धमा पनि गम्भीर रहेको जनाएको छ । 

सचेतना कार्यक्रममा कुवेतमा काम गरिरहेका वा काम गर्न आउने श्रमिकहरुले गर्न हुने र नहुने गतिविधिका बारेमा प्रस्तुतिसमेत दिइएको थियो । विशेषगरी कुवेतको श्रम कानुनका प्रमुख पक्षहरु, विप्रेषण साक्षरता, सामाजिक सञ्जालको संयमित प्रयोग तथा नेपाली दुतावासबाट प्रदान गरिने सेवाहरु, अध्यागमन कानुनका सम्बन्धमा श्रम काउन्सेलर सुजनी रानाले प्रस्तुति दिएकी थिइन् । यसैगरी श्रम सहचारी श्री गिरीप्रसाद आचार्यले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, टेलिमेडिसिन सेवा, वैदेशिक रोजगार बोर्डबाट श्रमिकहरुलाई प्रदान गरिने सुविधालगायत श्रमका विविध विषयमा जानकारी दिएका थिए ।

यता समाजिक सञ्जालमा भने दूतावासले आयोजना गरेको श्रमिक सचेतना कार्यक्रममा श्रमिकहरुलाई नै सहभागी नगराएको भन्दै चर्को आलोचना भएको छ । कुवेतमा प्राप्त हुने न्यून तलब (७५ केडी), घरेलु श्रमिकमाथि हुने शोषण, बिचौलिया निषेधलगायतका विषयमा दूतावास मौन रहेको र श्रमिकका  प्रतिनिधि भन्दै केही सुकिलामुकिलाहरुलाई मात्र कार्यक्रममा निम्त्याइएको आरोप लगाइएको छ । साथै ‘न्यु अराइभल’ राजदूत भन्दै श्रमिकहरुको खास मर्का र साझा मुद्दामाथि सम्बोधन गर्न आग्रह गरिएको छ ।

 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP