Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #विश्वकप एसिया छनोट
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #नीति तथा कार्यक्रम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बढे प्रदेशबाट श्रम स्वीकृति लिने 
बढे प्रदेशबाट श्रम स्वीकृति लिने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ११, २०८०
RBB RBB

काठमाडौं– प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएको छ । सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदेशस्तरबाटै  दिन थालेपछि श्रम स्वीकृति लिने कामदारको संख्यामा वृद्धि भएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरु विकेन्द्रीत गरेर सातै प्रदेशबाट दिन थालेपछि श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएको हो । 

सरकारले वैदेशिक रोजगारीको लागि २०७५ सालदेखि प्रदेशस्तरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिँदै आएकोमा गत वर्षदेखि सबैखाले श्रम स्वीकृतिका सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत चालु आर्थिक वर्षको छ महिनामा ५७ हजार १५९ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार श्रम स्वीकृतिका सम्पूर्ण सेवा दिन थालेपछि गत आव २०७९÷८० मा ५२ हजारको संख्यामा श्रम स्वीकृति लिएका छन् । गत आवको तुलनामा चालु आवको ६ महिनामा नै ५७ हजार बढीले श्रम स्वीकृति लिएर रोजगारीको लागि बाहिरिएका छन् । 

पुनः श्रम स्वीकृतिको मात्रै सेवा दिइरहेका प्रदेशका श्रम कार्यालयबाट नयाँ व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालेपछि सेवाग्रहीको संख्या बढ्न थालेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । ‘आफूलाई पायक पर्ने ठाउँबाट सेवा लिन पाएपछि काठमाडौं नै धाउनुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘जसका कारण प्रदेश कार्यालयमा कार्यव्यस्तता र सेवाग्राहीको चाप बढेको छ ।’ सबै श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह भइरहेको महानिर्देशक घिमिरेले बताए । 

हाल वैदेशिक रोजगार कार्यालय काठमाडौंको अलवा सातै प्रदेशका श्रम तथा रोजगार कार्यालय विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगार सम्बन्धी सेवाहरु प्रवाह भइरहेको विभागले जनाएको छ । त्यस्तै ३२ वटाभन्दा बढी म्यानपावर कम्पनीका शाखा कार्यालय र ४० भन्दा बढी अभिमुखीकरण तालिमप्रदायक संस्थाहरुले प्रदेश कार्यालयहरुबाटै सेवा लिइरहेको बताइएको छ । 


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख २६, २०८२
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारीमा  ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ बिहीबार, वैशाख २५, २०८२
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक बिहीबार, वैशाख २५, २०८२
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’ 
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’  बिहीबार, वैशाख २५, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP