Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस भाषा परीक्षामा दैनिक एक हजार जना सहभागी
इपिएस भाषा परीक्षामा दैनिक एक हजार जना सहभागी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ८, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस शाखाले यस वर्ष दक्षिण कोरियाको उत्पादनमूलक (म्यानुफ्क्याचरिङ) क्षेत्रमा जाने कामदार भर्ना प्रक्रियाका लागि कोरियन भाषा परीक्षा सुरु गरेको छ । भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सोमबारबाट भाषा परीक्षा सुरु भएको हो ।

कोरियन भाषा परीक्षाका लागि ठूलो संख्याले आवेदन दिएका कारण यस वर्ष तीन चरणमा लिइने परीक्षा अवधि लामो हुने शाखाले जनाएको छ । पहिलो चरणमा ४७ हजार ५१९ जना परीक्षार्थी सहभागी हुँदै छन् । प्रत्येक दिन पाँच सिफ्टमा सञ्चालन हुने परीक्षामा एक हजार जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ । एक सिफ्टमा २०० जना परीक्षार्थीले परीक्षा दिन पाउने छन् । 

एचआरडी कोरियाले सन् २०२४ का लागि नेपालबाट उत्पादनमूलक क्षेत्रमा १५ हजार ८४८ जना कामदारको माग गरेकोमा एक लाख ६३ हजार ६३५ जना परीक्षार्थीले आवेदन दिएको इपिएस शाखाकी निर्देशक मैयाँ कडेलले बताइन् । ‘यति ठूलो मात्रामा आवेदन परेपछि परीक्षालाई व्यवस्थित, पारदर्शी र म¥यादित बनाउन तीन चरणमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘अपेक्षा गरिएको भन्दा बढी परीक्षार्थी भएपछि तीन चरणमा हुने भाषा परीक्षा सम्पन्न गर्न लामै समय लाग्ने देखिएको छ ।’ तीनै चरणमा हुने भाषा परीक्षाको तालिका र सहभागी संख्यासमेत शाखाले सार्वजनिक गरिसकेको निर्देशक कँडेलले जानकारी दिइन् ।

Hardik health

शाखाले सार्वजनिक गरेको तालिका अनुसार सोमबारबाट सञ्चालन भएको पहिलो चरणको परीक्षा आगामी चैत २४ गते सकिने छ । दोस्रो चरणको परीक्षा २०८१ वैशाख ३१ गतेदेखि सोही वर्षको साउन १६ गतेसम्म सञ्चालन हुने छ । जसमा ७९ हजार ९३७ जना परीक्षार्थी सहभागी हुने छन् । त्यस्तै २०८१ कात्तिक २६ गतेदेखि सोही वर्षको पुस २ गतेसम्म सञ्चालन हुने तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुने छन् । शाखाले सार्वजनिक गरेको तालिका अनुसार भाषा परीक्षा अवधि झण्डै एक वर्षको हुने छ ।

परीक्षा शनिबार पनि सञ्चालन हुने शाखाले जनाएको छ । एचआरडी कोरियाको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गर्नेलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा सहभागी हुन नदिने व्यवस्था गरिएको शाखाले जनाएको छ । 

परीक्षार्थीहरुले आफ्नो परीक्षा कुन दिन कुन सिफ्टमा पर्छ भन्ने थाहा पाउन इपिएस शाखाको वेवसाइटबाट यकीन गर्नुपर्नेछ । परीक्षाको एक दिनअघि सिफ्टअनुसार इपिएस शाखा ग्वार्कोमा बायोमेट्रिक दर्ताका लागि उपस्थित हुनुपर्ने छ । त्यस्तै बायोमेट्रिक भेरिफिकेसन गर्न एक घण्टा अगाडि परीक्षा केन्द्रमा पुग्नु पर्ने छ भने परीक्षा सुरु हुनु ३० मिनेट अगाडि अभिमुखीकरण कक्षा सञ्चालन हुने छ । तोकिए अनुसार प्रक्रिया पुरा गरी निर्धारित समयमा उपस्थित नभए परीक्षार्थीलाई परीक्षामा सहभागी हुन नदिने शाखाले प्रस्ट पारेको छ । 
 


प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP