Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरी जिल्लामै मिलाउन सकिने 
वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरी जिल्लामै मिलाउन सकिने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ७, २०८०

काठमाडौं– सरकारले वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरी जिल्लामै मिलाउन र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा सिफारिस गर्नसक्ने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार ठगीका उजुरीको मेलमिलाप तथा सिफारिस गर्नेसम्बन्धी कार्यविधि, २०८०’ मार्फत जिल्ला प्रशासन कार्यालयमा नै उजुरी तथा मिलापत्र गर्न सक्ने व्यवस्था गरेको हो ।  

यसबाट वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरी विभागले मात्रै हेर्नुपर्ने बाध्यता हट्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले नै वैदेशिक रोजगारसम्बन्धी परेका उजुरीलाई मेलमिलाप गराउन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । यदी मेलमिलाप हुन नसकेको अवस्थामा आवश्यक कारबाहीका लागि विभागमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।

२०७८ सालमा नै सरकारले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरे पनि मेलमिलाप तथा कारबाहीका लागि सिफारिस गर्न पाउने अवस्था नभएका कारण कार्यविधि ल्याउनु परेको मन्त्रालयले जनाएको छ । यद्यपि प्रमुख जिल्ला अधिकारीले पर्न आएका उजुरीहरुको स्वविवेक प्रयोग गरी छलफल तथा मेलमिलापका लागि पहल गर्दै आएका थिए । मन्त्रालयले गत माघ ४ गतेबाट लागू हुनेगरी कार्यविधि स्वीकृत गरेपछि वैदेशिक रोजागारीसँग सम्बन्धित उजुरी गर्न –जिल्लाबाट काठमाडौं धाउनुपर्ने बाध्यता हटेको बताइन्छ । 

Hardik health

वैदेशिक रोजगारसम्बन्धी ठगी घटनाका पीडित पक्षले आफैं उपस्थित भएर वा हुलाक तथा विद्युतीय माध्यमबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ । साथै प्राप्त उजुरीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तुरुन्तै दर्ता गरेर कारबाही प्रारम्भ गर्नुपर्ने बताइएको छ । उजुरीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले प्रारम्भिक जाँचबुझ गरेर आरोपितलाई ७ दिनभित्र उपस्थित हुन टेलिफोन, इमेल, पत्र वा अन्य माध्यमबाट जानकारी गराउन सक्ने छन् । आरोपित र पीडितपक्ष उपस्थित भएपछि आवश्यक छलफल गराई क्षतिपूर्ति दिलाई मेलमिलाप गराउन सक्ने व्यवस्था छ । तर यसको जानकारी भने विभागलाई दिनु पर्ने छ ।

मेलमिलाप नहुने अवस्था भएमा वा मेलमिलाप गराउन मिल्ने नदेखिएमा प्रमुख जिल्ला अधिकारीले सक्कल कागजात एवं प्रमाणसमेत संलग्न गरी सक्कलै उजुरीसहितको प्रतिवेदन विभागमा पठाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । मेलमिलापका लागि आरोपित पक्ष उपस्थित नभएमा जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत झिकाउन सक्ने व्यवस्था गरिएको छ भने आरोपित व्यक्ति अन्य जिल्लाको भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर बुझाउन सकिने कार्यविधिमा उल्लेख छ । तर मुद्दा तथा जरिवानासम्बन्धी सजाय दिने प्रक्रियाको अधिकार भने विभागलाई नै दिइएको छ । 

मिलापत्र भइसकेको उजुरीका सम्बन्धमा पुनः उजुरी नलिने व्यवस्था गरिएको छ भने वैदेशिक रोजगारीको ठगीबाहेक अन्य फौजदारी कसूर आकर्षित हुने मुद्दामा मेलमिलाप गराउन नपाइने कार्यविधिमा प्रस्ट उल्लेख गरिएको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP