Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघको ‘युएई जब फेयर’ २ मार्चलाई तय
संघको ‘युएई जब फेयर’ २ मार्चलाई तय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ६, २०८०

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त अरब इमिरेट्स (युएई)मा वैदेशिक रोजगारसम्बन्धी मेला ‘युएई जब फेयर’ गर्ने निश्चित भएको छ । संघका अनुसार आगामी मार्च २ अर्थात् फागुन १९ गते मेला आयोजना गर्ने निश्चित भएको हो । संघले यसअघि अबुधाबी डाइलगको अवसर पारेर फेब्रुअरी १५ मा जब फेयर गर्ने निर्णय गरेको थियो । उक्त मिति परिवर्तन गरी मार्च २ लाई तय गरिएको हो ।

पूर्वतयारी नपुगेका कारण जब फेयरको मिति सार्नु परेको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘फागुन २ गते पुनः बैठक बसी संघले फागुन १९ मा युएईमा जब फेयर गर्ने निश्चित गरेको छ,’ उनले भने, ‘अब तोकिएकै मितिमा हुन्छ, त्यसका लागि हामीले विभिन्न समिति, उपसमिति बनाएर कार्य विभाजनसमेत गरिसकेका छौं ।’

वैदेशिक रोजगारीमा जाने कामदारहरुको हितलाई मध्यनजर गर्दै बिचौलिया निषेध गरी रोजगारदातासँग सीधा सम्पर्क स्थापित गर्ने उद्देश्यले रोजगार मेला गर्न लागिएको महासचिव भुर्तेलले बताए । मेला युएईस्थित होटल मरिनामा हुने उनले जानकारी दिए । युएईपछि युरोपमा पनि जब फेयर गर्ने संघको तयारी रहेको उनले बताए । 

‘संघमा निर्वाचित भएर आएदेखि नै कार्यसमितिले युरोप, मलेसिया र खाडी मुलुकमा वैदेशिक रोजगारसम्बन्धी मेला गर्ने योजना बनाएको थियो,’ महासचिव भुर्तेलले भने, ‘पहिलो मेला मलेसियामा गर्ने हाम्रो तयारी पनि थियो तर मलेसियामा कामदारको मागमा आएको कमीका कारण गन्तव्य बदलियो र युएईका लागि निश्चित ग¥यौं ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय र युएईस्थित नेपाली राजदूतावासको सहकार्यमा पहिलोपटक रोजगार मेला सञ्चालन गर्ने अवसर मिलेको भुर्तेलले बताए । 

Hardik health

मेलामा युएई सरकारका प्रतिनिधि, ठूला रोजगारदाता कम्पनी, सबै राज्यका चेम्बरहरु, भारतीय लगानी समूह, व्यवसायी समुदाय, एचआर एसोसियसन र आधिकारिक नेपाली चेम्बरलगायत विभिन्न व्यावसायिक संघसंगठनको सहभागिता रहने संघले जनाएको छ । संघले रोजगार मेलामा सहभागी हुन चाहने इजाजतपत्र प्राप्त व्यावसायिक संस्थाहरुको नामावली संकलन भइरहेको उल्लेख गर्दै छिटोभन्दा छिटो आफ्नो विवरण बुझाउन व्यवसायीहरुलाई आग्रह गरेको छ । 

संघले रोजगार मेलालाई भव्यरुपमा सफल बनाउन आवश्यक तयारीका लागि भन्दै दुई समिति र पाँच उपसमितिसमेत गठन गरेको छ । जसमा संघका वर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु, सम्पूर्ण शुभेच्छुक संघ संस्थाका अध्यक्षहरुको ‘सल्लाहकार समिति’ र संघका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)को संयोजकत्वमा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ सदस्य, तृतीय उपध्यक्ष रोशन कटुवाल सदस्य, सचिव कर्णराज कटुवाल सदस्य तथा महासचिव मेघनाथ भुर्तेल सदस्यसचिव रहनेगरी ‘मूल समिति’ बनाइएको छ ।     

त्यस्तै कार्यविभाजनका क्रममा आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति, प्रेस छपाइ उपसमिति, भ्रमण व्यवस्थापन उपसमिति, आन्तरिक व्यवस्थापन उपसमिति गठन गरिएको पनि संघले जनाएको छ । आर्थिक उपसमितिमा कोषाध्यक्ष सरिता घले संयोजक, सोमबहादुर तामाङ र कैलाश पाठक सदस्य रहेका छन् । प्रचारप्रसार उपसमितिमा बैकुण्ठप्रसाद पौडेल संयोजक, विक्रम श्रेष्ठ र तोरणकुमार कार्की सदस्य छन् । यस्तै प्रेस छपाइ उपसमितिमा देवेन्द्रनारायण श्रेष्ठ संयोजक, अनिलकुमार राई र देउमान नेम्वाङ सदस्य छन् । भ्रमण व्यवस्थापन उपसमितिमा नारायण भुषाल संयोजक, आनन्द कोइराला र देविमाया थापा सदस्य छन् । यसैगरी आन्तरिक व्यवस्थापन उपसमितिमा राजेन्द्र बस्नेत संयोजक, चन्द्रबहादुर लिम्बू र सूर्यकुमार श्रेष्ठ सदस्य रहेका छन् । कोषाध्यक्ष घलेबाहेक उपसमितिमा रहेका सबैजना कार्यसमिति सदस्य हुन् । 

युएई नेपाली कामदारहरुको आकर्षक रोजगार गन्तव्यमध्येको एक हो । बढ्दो आप्रवासी कामदारको मागका कारण चालु आर्थिक वर्षको सुरुआतबाटै युएई नेपालीहरुको प्रमुख गन्तव्य बनेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । चालु आवको सात महिनामा एक लाख दुई हजारभन्दा बढी नेपाली रोजगारीका लागि श्रम स्वीकृति लिएर युएई पुगेको तथ्यांक हालै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । 

 


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP