Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • माघमा ६२ हजार युवा रोजगारीका लागि विदेशिए
माघमा ६२ हजार युवा रोजगारीका लागि विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ३, २०८०

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ को सातौं महिना अर्थात् माघमा वैदेशिक रोजगारीका लागि ६२ हजार बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि ९९ वटा मुलुकमा गएका छन् ।
माघमा विदेशिने नेपालीको संख्या गत पुस महिनाको भन्दा तीन हजार ६६६ ले घटेको देखिएको छ । पुसमा ६५ हजार ८१३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । यसअघि गत मंसिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका थिए । 

चालु आवको सुरुआती महिनादेखि नै संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बन्न सफल भएको छ । विभागको तथ्यांकअनुसार युएईका लागि माघ महिनामा १७ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका छन् । गत पुस महिनामा युएई जाने नेपालीको संख्या १६ हजार ३८५ रहेको थियो ।

यस्तै माघ महिनामा रोजगारीका लागि साउदी अरेबिया जान १२ हजार ३६६ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा परेको साउदी जाने नेपालीको संख्या पुस महिनाको भन्दा एक हजार ९४१ ले कम रहेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको कतारमा १२ हजार १६४ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि पुस महिनामा कतार जाने नेपालीको संख्या १३ हजार १४ रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य बृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । 

Hardik health

यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया सात महिनासम्म पनि चौथो स्थानमै रहेको छ । माघमा मलेसिया जान छ हजार ७९५ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार २५३ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरुको संख्या पनि क्रमशः बढेको देखिएको छ । उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांकले देखाएको छ ।

यसैगरी रोमानिया एक हजार ३९७, जापान एक हजार २८०, बहराइन ९२३, मोरिसस जान ६२२, क्रोएसिया ५८३, माल्दिभ्स ५६८, ओमान ४४८ र साइप्रसका लागि ४२६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै माघ महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार ६६० रहेको छ । 

विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३१ हजार ३९८ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३४ हजार ४१५ जना रहेका छन् । चालु आवको छैटौंैं महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ८४ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ ।
 
धेरै श्रमिक गएका मुलुक
युएई    – १७,६०२
साउदी– १२,३६६
कतार– १२,१६४  
मलेसिया– ६,७९५
कुवेत– ३,२५३ 
रोमानिया– १,३९७
जापान– १,२८०
बहराइन– ९२३
मोरिसस– ६२२
क्रोएसिया– ५८३
 


प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP