Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बेलायतमा जाने नर्सलाई निःशुल्क अभिमुखीकरण तालिम 
बेलायतमा जाने नर्सलाई निःशुल्क अभिमुखीकरण तालिम 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले बेलायत रोजगारीमा जान अन्तिम छनोटमा परेका नर्सहरुलाई निःशुल्क अभिमुखीकरण तालिम दिने जनाएको छ । विभागले निःशुल्क तालिमका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तर्वार्ताबाट अन्तिम छनोटमा परेका नर्सहरुको नामावलीसमेत सार्वजनिक गरेको छ ।

बेलायत रोजगारीका लागि मापदण्ड पूरा गरी आवेदन दिएका ७१ जनामध्ये अन्तर्वार्तामा ४५ जना नर्स छनोट भएका थिए । तीमध्ये विभिन्न कारणले तीनजना ‘ड्रप आउट’ भएपछि विभागले तालिममा सहभागी हुने ४२ जना नर्सको मात्रै नामावली सार्वजनिक गरेको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै बेलायत जान अन्तिम छनोटमा परेका नर्सहरुलाई यही फागुन ८ गतेदेखि निःशुल्क रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिने उल्लेख गरेको छ । तालिम भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा हुने भएकाले छनोट भएका उम्मेदवारहरुलाई अनिवार्य सहभागी हुन विभागले आग्रह गरेको छ ।

Hardik health

अभिमुखीकरण तालिममा सहभागी हुनु बेलायत जाने प्रक्रियाको सुरुआत भएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । ‘तलिमपश्चात् उनीहरुलाई बेलायत पठाउने प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘तालिम सँगसँगै भिसाको प्रोसेस पनि भइरहेको छ, त्यसपछि विभागले श्रम स्वीकृति उपलब्ध गराएर बेलायत पठाउने छ ।’ बेलायत रोजगारीका लागि तयार भएका नर्सहरुहरुलाई आगामी मार्चभित्र पठाइसक्ने निर्देशक उप्रेतीले जानकारी दिए ।

दक्ष जनशक्तिको उच्च माग रहेको बेलायतको स्वास्थ्य क्षेत्रमा ‘हेल्थ केयर एसिस्टेन्ट’को रुपमा १०० जना नेपाली नर्सलाई पठाउने गरी सरकारले गत  साउन ४ गते अर्थात् २० जुलाई २०२३ मा आवेदन माग गरेको थियो । जसमा ७७१ जनाले आवेदन दिएका थिए । तोकिएको मापदण्डअनुसार विस्तृत जाँचपछि ७१ जना योग्य भए पनि ६० जनाले मात्रै अन्तर्वार्ता दिएका थिए । 

नेपाल र बेलायत सरकारबीच सन् २०२२ को अगस्टमा जिटुजी प्रक्रियामार्फत बेलायतमा नर्स पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही आधारमा नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेगरी ‘पाइलट प्रोजेक्ट’ तयार गरिएको हो । पहिलो चरणमा छनोट भएका नर्सलाई बेलायल पठाउने काम सम्पन्न भएपछि अर्को चरणमा प्रवेश गर्ने बताइएको छ ।
जिटुजी सम्झौताअनुसार बेलायतको रोजगार भर्ना प्रक्रियामा कुनै पनि व्यक्ति, रोजगारदाता, संघसंस्था वा म्यानपावर कम्पनी वा एजेण्टको सहभागिता निषेध गरिएको छ । साथै रोजगारीका लागि छनोट भएका नर्सहरुले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन । यद्यपि, उनीहरुले तीन महिना तालिम लिएर त्यहाँको नर्सिङ काउन्सिलमा पनि अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै श्रम समझदारीअनुसार स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली नर्सहरुको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने छ । यो प्रक्रियाबाट बेलायत जाने नर्सहरुको कार्यअवधि पाँच वर्षको हुने छ ।


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP