Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकहरुको न्यूनतम ज्यालामा प्रतिबद्धता जनाऔं
‘अवुधाबी डाइलग’मा श्रममन्त्री भण्डारीको प्रस्ताव   श्रमिकहरुको न्यूनतम ज्यालामा प्रतिबद्धता जनाऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २९, २०८०

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)मा भएको ‘अबुधाबी डायलग’मा नेपालले रोजगारदाता मुलुकबाट श्रमिकलाई न्यूनतम ज्याला प्रत्याभूति दिनुपर्ने प्रतिबद्धता जनाउन प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अवुधाबी डाइलगका सदस्य राष्ट्रहरु (विशेषगरी रोजगारदाता मुलुक)लाई लक्षित गर्दै श्रमिकहरुको न्यूनतम ज्याला र कार्यस्थलमा सुरक्षाको सुनिश्चितताका लागि प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

मन्त्री भण्डारीले अवुधाबी डाइलगका क्रममा श्रमबजार सूचना प्रणाली स्थापना र सूचनाको आदानप्रदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । ‘युवा लक्षित उपयुक्त शिक्षा तथा कार्यक्रमद्वारा सीपमूलक रोजगारीमा जोड दिएका छौं,’ उनले भने, ‘आगामी दिनमा रोजगारदाता तथा श्रमिक दुवै पक्षको आवश्यकता सम्बोधन हुनेगरी विद्यमान श्रम नीति पुनरवलोकन गर्ने कार्य भइरहेको छ ।’ उनले लचिलो श्रम नीतिमार्फत श्रमबजारमा लैंगिक समता प्रवद्र्धन गर्न पनि जरुरी रहेको बताए । 

मन्त्री भण्डारीले श्रमिक तथा निजको परिवारलाई बलियो सामाजिक सुरक्षाको माध्यमबाट संरक्षण गर्नु सदस्य राष्ट्रको समान दायित्व रहेको प्रस्ट पारे । ‘सदस्य राष्ट्रबीच श्रमिकहरुको न्यूनतम ज्यालाको प्रत्याभूति दिनेतर्फ यस फ्लोरले प्रतिबद्धता जनाउनुपर्छ,’ उनले भने, ‘सदस्य राष्ट्रहरुबीच नेटवर्किङ कायम गर्ने, साझा सिकाइलाई प्रवद्र्धन गर्ने, श्रमबजारलाई बढी दक्ष र उत्पादनमूलक बनाउनुपर्छ ।’ दक्ष जनशक्ति तयार गर्न निश्चित कार्ययोजना तयार गरी तत्काल पहल गर्न उक्त डाइलगमार्फत सदस्य राष्ट्रलाई उनले आह्वान गरे । 

यस्तै रोजगारका अवसरहरुमा महिलाको सहभागिता सुनिश्चित गर्न हस्पिटालिटी, केयर गिभर, स्वास्थ्यलगायतका क्षेत्रमा सुरक्षित र सम्मानित अवसरहरुलाई बढावा दिने सम्बन्धमा पनि उक्त डाइलगमा छलफल भएको छ । साथै सहभागी मुलुकका मन्त्री एवं प्रतिनिधिहरुले आफ्नो मुलुकको श्रमबजारका मुद्दा र सुझाव प्रस्तुत गरेका थिए ।  

Hardik health

के हो अवुधाबी डाइलग ?
अवुधाबी डाइलग श्रमिकको स्रोत मुलुक र गन्तव्य मुलुकहरुबीच संवाद र सहयोगका लागि सन् २००८ मा स्थापना भएको एसियाली देशहरुको फोरम हो । जसमा कोलम्बो प्रोसेसका अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरी १० सदस्य राष्ट्रहरू समावेश छन् । र, गन्तव्य मुलुकका छ खाडी देशहरूः बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्ससहित मलेसिया पनि सहभागी छ । यसको नियमित पर्यवेक्षकहरूमा आइओएम, आइएलओ, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधिहरू समावेश हुन्छन् ।

यस फोरमले बहुपक्षीय संवाद र श्रम गतिशीलतासँग सम्बन्धित कार्यक्रमहरुको कार्यान्वयन, र रिपोर्टिङको संयुक्त विकासमा सदस्य राष्ट्रहरूबीच साझेदारीको उत्कृष्ट अभ्यासहरू अपनाउन मद्दत गर्छ । यसले पछिल्लो वर्षहरुमा नागरिक समाजलाई संवादमा सहभागी हुन र आप्रवासन तथा श्रमको क्षेत्रमा लागू गर्न खोजिएका योजनालाई साकार पार्न साझेदार बन्न आमन्त्रित गर्दै आएको छ ।

नेपाल र कतारबीच संवाद
अवुधाबी डाइलग चल्दै गर्दा नेपाल र कतारबीच साइडलाइन बैठक भएको जानकारी दिइएको छ । उक्त बैठकमा कतारका अमिरको नेपाल भ्रमणका समयमा हस्ताक्षर हुनेगरी श्रम समझदारीपत्र तयार गर्ने सम्बन्धमा छलफल भएको छ । साथै २००३ को द्विपक्षीय श्रम सम्झौतामा श्रमिकहरुको हकहित सुरक्षाका विषयवस्तु थप गर्ने र दुवै देशले अनलाइन कन्सल्टेसन गरी छिट्टै टुंग्याउने निर्णय गरिएको छ । कतारी पक्षबाट घरेलु कामदारका निम्ति पर्यात सुरक्षाका व्यवस्थाहरु गरिएको जानकारी पाइएको हुँदा भाषा र सीप सिकाएर सम्मानित रुपमा पठाउन तालिम प्रदान गर्ने कार्यमा द्विपक्षीय सहकार्य गर्ने बताइएको छ । 

नेपाल र साउदीबीच संवाद 
अवुधाबी डाइलग चल्दै गर्दा नेपाल र साउदी अरेबियाबीच पनि साइडलाइन बैठक भएको छ । उक्त बैठकमा नेपालले साउदीलाई श्रम सम्झौताका लागि गरिएको प्रस्तावलाई अन्तिम रुप दिई एक महिनाभित्र हस्ताक्षर गर्ने अवस्थामा पु¥याउने छलफल भएको छ । त्यस्तै साउदीबाट सीपमूलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न हालसालै प्राप्त सहयोगलाई निरन्तरता दिने तथा भाषा र सीप जानेका श्रमिकहरुको उत्पादनमा सहकार्य गर्न सहमत भएका छन् ।

साउदीमा विभिन्न कारणले मृत्यु भएका श्रमिकको शव छिट्टै नेपाल पठाउन सहजीकरण गरिने तथा सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्थाको निरुत्साहित गर्न पनि द्विपक्षीय बार्ता भएको छ । नेपालको प्रस्तावित सम्झौतामा उल्लेख गरिएको श्रमिकको स्वच्छ भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बिमा, पेसागत स्वास्थ्य सुरक्षालगायतका विषयहरुको सम्बोधन गर्न साउदी पक्ष तयार रहेको बताइएको छ । 
 


प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP