Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपालसहितका मुलुकसँग श्रम सम्झौता पुनरवलोकन गर्दै मलेसिया
नेपालसहितका मुलुकसँग श्रम सम्झौता पुनरवलोकन गर्दै मलेसिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २८, २०८०
  •  मलेसिया र नेपालबीच सन् २०१८ मा नेपाली श्रमिकलाई ‘फ्रि भिसा, फ्रि टिकट’ तथा अन्य सेवासुविधा र सम्पूर्ण लागत खर्च रोजगारदाताले उपलब्ध गराउने गरी श्रम सम्झौता 
  •  नेपालका रोजगार व्यवसायी र मलेसियामा रहेका जब एजेन्सीका एजेन्टहरुका कारण सम्झौता कार्यान्वयनमा आउन सकेन
  •  अवैधानिक रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई स्वदेश फर्काउने नयाँ कार्यक्रम घोषणा

काठमाडौं– मलेसिया सरकारले आप्रवासी श्रमिक स्रोत मुलुकसँग गरेका श्रम सम्झौतासम्बन्धी निर्णयहरु पुनरवलोकन गर्ने भएको छ । मलेसियाको मन्त्रिपरिषद् बैठकले नेपालसहित श्रम सम्झौता भएका  बंगलादेश र इण्डोनेसियालगायत मुलुकसँग सम्झौता पुनरवलोकनको गर्ने निर्णय गरेको हो । 

मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले एक पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको जानकारी दिएको मलेसियाको सञ्चारमाध्यम मलेमेलले उल्लेख गरेको छ । मलेसियाले नेपाल, बंगलादेश र इण्डोनेसियाबाट श्रम सम्झौतामार्फत श्रमिक आपूर्ति गरिरहेको छ । जसमा कूल आप्रवासी श्रमिकको ७७ प्रतिशत हिस्सा ओगटेको बताइएको छ । यसअघि गत जनवरी १६ मा गृहमन्त्री इस्माइलले १५ वटा श्रमिक स्रोत मुलुकसँग श्रम समझदारीको पुनरवलोकन हुने जानकारी दिएको सञ्चारमाध्यमले जनाएको छ ।

मलेसियाले सन् २०१८ मा नेपाली श्रमिकलाई ‘फ्रि भिसा, फ्रि टिकट’ तथा अन्य सेवासुविधा र सम्पूर्ण लागत खर्च रोजगारदाताले उपलब्ध गराउने गरी नेपालसँग श्रम सम्झौता गरेको थियो । तर नेपालका रोजगार व्यवसायी र मलेसियामा रहेका जब एजेन्सीका एजेन्टहरुका कारण दुई देशबीच भएको सम्झौता व्यवहारतः कार्यान्वयन हुन सकिरहेको छैन ।
व्यवसायीहरुले कानुनी प्रक्रियाको लागि फ्रि भिसा, फ्रि टिकटको सूचना जारी गर्ने गरेपनि मलेसिया जाने नेपालीले चर्को शुल्क बुझाउँदै आएका छन् । पछिल्लो समय मलेसिया जाने श्रमिकका लागि गरिएको श्रम सम्झौता कार्यान्वयनमा आउन नसकेको र व्यावहारिक रुपमा समस्या रहेको भन्दै यसको पुनरवलोकन गर्न गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पनि बताउँदै आएका छन् ।

Hardik health

यस्तै मलेसियाले अवैधानिक रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई स्वदेश फर्काउने नयाँ कार्यक्रम पनि घोषणा गरेको छ । नयाँ नीतिअनुसार स्वघोषित रुपमा विदेशी कामदारले स्वदेश फर्किन चाहेमा कुनै कानुनी कारबाही भोग्नु नपर्ने उक्त सञ्चारमाध्ययमा उल्लेख गरिएको छ । गृहमन्त्री इस्माइलले आगामी मार्च १ बाट गैरकानुनी रुपमा रहेका आप्रवासी श्रमिकको घर फिर्ती कार्यक्रम (माइग्रेण्ट रिप्याट्रिएसन प्रोग्राम) अन्तर्गत स्वदेश फर्कन सक्ने बताएका छन् । यसअघि २०२३ को डिसेम्बरसम्म श्रमिकहरुलाई कानुनी दायरामा ल्याउन र स्वदेश फिर्ता हुन चाहनेलाई सहजीकरण गर्न मलेसियाले रिक्यालिब्रेसनको नीति कार्यान्वयनमा लगेको थियो । 

नयाँ नीति लागू भएपछि गैरकानुनीरुपमा काम गरिरहेका विदेशी श्रमिकहरुले स्वदेश फर्किन ५०० रिंगिट शुल्क मलेसिया सरकारलाई बुझाउनुपर्नेछ । यतिमात्र नभई रोजगारदातालाई आप्रवासी श्रमिक आपूर्ति गर्न दिइने स्वीकृतिमा बन्देज कायमै रहेको पनि बताइएको छ । यतिबेला मलेसियामा आप्रवासी श्रमिकको संख्या पर्याप्त रहेका कारण नयाँ विदेशी श्रमिक भित्र्याउन रोजगारदातालाई अनुमति नदिने निर्णयलाई यथावत् राखिएको पनि गृहमन्त्री इस्माइललाई उद्धृ्रत गर्दै समाचार लेखिएको छ ।
 


प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP