Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपीएस भाषा परीक्षाको मिति अझै भएन तय  
इपीएस भाषा परीक्षाको मिति अझै भएन तय  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २५, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षाको मिति तय हुन अझै केही दिन लाग्ने जनाएको छ । शाखाले दक्षिण कोरियाको उत्पादनमुलक क्षेत्रमा जान लिइने भाषा परीक्षाको मिति यही माघ २२ गते सार्वजनिक गर्ने बताइए पनि बुधबार एक सूचना जारी गर्दै अझै केही समय लाग्ने उल्लेख गरेको छ ।   

‘उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले गर्दा उल्लेखित मितिमा परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न नसकेका कारण केही दिनभित्रै पुनः सूचना जारी गर्ने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । शाखाले यसअघि गत मंसिर १९ गते सार्वजनिक गरेको सूचनाअनुसार कोरियाको उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएका परीक्षार्थीलाई परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने बताएको थियो । 

ठूलो संख्यामा रहेका आवेदकहरुको विस्तृत विवरण रूजु गर्ने काम नसकिएकाले तोकिएको समयमा परीक्षा मिति सार्वजनिक गर्न नसकिएको शाखाकी निर्देशक मैयाँ कँडेलले बताइन् । ‘केही प्राविधिक कार्यहरु बाँकी रहेकाले परीक्षाको मिति तय गर्न थप समय लागेको हो,’ उनले भनिन्, ‘सबै तयारी पुरा गरेर केही दिनभित्रै परीक्षाको मिति सार्वजनिक गर्छौं ।’

Hardik health

ईपीएसमार्फत कोरियाको उत्पादनमुलक क्षेत्रमा जानका लागि १ लाख ६४ हजारभन्दा बढी परीक्षार्थीले भाषा परीक्षाको लागि आवेदन दिएका छन् । परीक्षार्थीको संख्या ठूलो भएकाले तीन चरणमा दैनिक पाँच सिफ्टमा परीक्षा सञ्चालन गर्ने इपीएस शाखाको तयारी छ । 

रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको कोरियामा सरकारले जीटुजी सम्झौता अन्तर्गत सन् २००८ देखि आफैले श्रमिक पठाउँदै आएको छ । कोरियामा हालसम्म इपीएसमार्फत एक लाख १० हजारभन्दा बढी नेपाली पुगिसकेको सरकारी तथ्यांकले देखाएको छ भने अहिले ५० हजारको हाराहारीमा नेपालीहरु श्रम गरिरहेका छन् ।

कोरियाले उत्पादनमुलक र कृषि क्षेत्रमा नेपालीहरुलाई रोजगारीको अवसर दिंदै आएको छ । यसबाहेक पछिल्लो समय पानीजहाज निर्माण ‘शिप बिल्डिङ’मा पनि नेपाली श्रमिक लैजान सुरु गरेको छ । इपीएसमार्फत गत वर्षमात्रै २१ हजार भन्दाबढी नेपाली श्रमिक कोरिया गएको शाखाले जनाएको छ । 
 


प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP