Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा फ्रि टिकट’ नीति अझै कार्यान्वयन आएन 
‘फ्रि भिसा फ्रि टिकट’ नीति अझै कार्यान्वयन आएन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, माघ २०, २०८०

सरकारले मलेसियालगायत खाडीमुलुकका लागि १० हजार रुपैयाँ सेवा शुल्कमात्र लाग्ने नीति कार्यान्वयनको घोषणा गरे पनि म्यानपावर र एजेन्टलाई तीन लाख ५० हजार रुपैयाँसम्म रकम बुझाउनुपर्ने बाध्यता अझै कायम रहेको छ 
 

खोटाङ– सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को नीति अझै कार्यान्वयनमा नआएको पाइएको छ । खोटाङमा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले सरकारले २०७२ असारदेखि मलेसियालगायत खाडीमुलुकका लागि फ्रि भिसा फ्रि टिकटको नीति लिए पनि हालसम्म कार्यान्वयन हुन नसकेको बताएका हुन् ।

सरकारले मलेसियालगायत खाडीमुलुकका लागि १० हजार रुपैयाँ सेवा शुल्कमात्र लाग्ने नीति कार्यान्वयनको घोषणा गरे पनि म्यानपावर र एजेन्टलाई तीन लाख ५० हजार रुपैयाँसम्म रकम बुझाउनुपर्ने बाध्यता अझै कायम रहेको वक्ताले बताएका हुन् ।

विदेश जानका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दुई हजार ९१६ मध्ये २९० जनासँग प्रतिक्रिया लिँदा दुई जनाले मात्रै ‘फ्रि भिसा फ्रि टिकट’को सुविधा लिएको पाइएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका संयोजक सन्तोषकुमार राईले जानकारी दिए । ‘चालु आवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मात्रै दुई हजार ९१६ युवाले वैदेशिक रोजगारसम्बन्धी सेवा लिएका छन्,’ उनले भने, ‘नमूनाका रुपमा १० प्रतिशतसँग प्रतिक्रिया लिँदा ३२ जनाले तालिम लिएर विदेश गएका पाइयो । तीमध्ये दुईजना मात्र फ्रि भिसा फ्रि टिकटमा विदेश गएका छन् ।’

Hardik health

संयोजक राईले वैदेशिक रोजगारीमा अधिकांश युवा मलेसियालगायत खाडी मुलुक गएका छन् । उनीहरुले म्यानपावर कम्पनी वा एजेन्टलाई तीन लाख ५० हजार रुपैयाँसम्म बुझाएका पाइएको उनले बताए ।

प्रतिक्रिया लिएका २९० मध्ये तालिम तथा सीप सिकेर जानेमा ३२ जना, विदेश नजाने निर्णयमा पुगेका ९०, नेपालमै स्वरोजगारको बाटो अपनाएका २०, विदेश जाने तयारीमा रहेका ८८, विदेश जान असफल भएका सात र विदेश जाने वा नजाने भन्ने निर्णय लिन नसकेका ५३ जना रहेका राईले जानकारी दिए ।

सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकटको सुविधाअनुसार मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जानका लागि म्यानपावरलाई १० हजार रुपैयाँ तिरे पुग्छ । अहिले पनि म्यानपावर र एजेन्टले वैदेशिक रोजगारीमा जाने युवासँग लाखौं रकम लिएर खाडीमुलुक पठाउने गरेका अन्तक्र्रिया कार्यक्रमका सहभागीले बताएका छन् ।
म्यानपावर सञ्चालक वा एजेन्टले बढी पैसा लिने गरेका भन्दै उनीहरुले १० हजार रुपैयाँ लिएको रसिदमात्र दिने गरेका हेल्भेटास÷सामीकी कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिइन् । ‘म्यानपावर कम्पनीले बढी पैसा लिएको पुष्टि हुने प्रमाण नजुट्ने किसिमले रकम असुल्ने गरेका पाइएको छ । विदेश जान बाध्य युवाले ऋण लिएर म्यानपावरलाई बढी पैसा दिए पनि कम लागतको बिल लिने गरेका छन्,’ उनले भनिन्, ‘विदेश जाने युवाले अझै पनि एजेन्टकै विश्वास गर्ने गरेको पाइएको छ । यसमा उनीहरु आफैं सचेत हुनुपर्छ । युवा आफैं सचेत भए ठगीमा परिदैन ।’

विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगीबापतको रकम फिर्ता गराउन समस्या हुने गरेको अन्तक्र्रिया कार्यक्रममा संयोजक राईले बताए । वैदेशिक रोजगारमा उत्पादनमूलक क्षेत्रमा विप्रेषणको लगानी नहुनु, रोजगारीमा जाने युवा प्रायः जिल्ला बाहिर रहनुलगायत चुनौती देखिएको उनको भनाइ थियो ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी–२ की सानी दाहालले आफ्नो छोरा र भाञ्जालाई माल्टा पठाइदिने भनेर सोही वडा मुडेका निमदावा शेर्पाले २२ लाख रुपैयाँ ठगेको बताइन् । ‘दुई वर्षअघि माल्टा पठाइदिने भनेपछि शेर्पालाई पैसा दिएका थियौं । अहिले उनी सम्पर्कविहीन छन् । छोरा अहिले कतारमा छ । भाञ्जा अहिले नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन्,’ उनले भनिन्, ‘हामीले शेर्पालाई आइएमईमार्फत र नगद गरी ११÷११ लाख रुपैयाँ बुझाएका थियौं । पहिले शेर्पाका बुबाले उक्त रकम फिर्ता दिने भनेकामा अहिले उनले पनि वास्ता गर्दैन ।’

जापान पठाइदिने भन्दै निज शेर्पाले आफूसँग चार लाख रुपैयाँ ठगेको दिक्तेलका सरोज सुन्दासले बताए । जापान नपठाएपछि पटक–पटक दबाब दिएर सबै पैसा फिर्ता लिइएको उनले बताए । ‘ठगी गर्ने शेर्पाले बारम्बार फोन नम्बर परिवर्तन गर्ने गरेका छन् । परिवारसँग बुझ्दा कहिले फ्रान्स, कहिले क्रोएसियामा रहेको बताउने गरेका छन्,’ उनले भने ।
वैदेशिक रोजगारका सन्दर्भमा गरिएको सुरक्षित आप्रवासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा विदेश गएका वा जान लागेका अधिकांश युवा, आफन्त वा चिनेजानेका व्यक्तिबाट ठगिने गरेको पाइएको सामी परियोजनाले जनाएको छ । पछिल्लो तीन वर्षको अवघिमा खोटाङका ४६ जना युवा ठगिएको पाइएको संयोजक राईले जानकारी दिए ।
 


प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP