Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • छ सय बढी ठग्ने सुजन प्रहरीको फन्दामा 
छ सय बढी ठग्ने सुजन प्रहरीको फन्दामा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १९, २०८०

काठमाडौं– एजुकेसनल कन्सल्टेन्सी चलाएर वैदेशिक रोगजारीको धन्दा चलाउँदै ६ सयभन्दा बढी व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ घर भएका ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार पुल्चोकबाट पक्राउ परेका तामाङलाई प्रारम्भिक अनुसन्धानपश्चात प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा सुजनले नक्कली परिचय दिई एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरी युरोपेली मुलुक माल्टा, पोल्यान्ड, क्रोएसिया र क्यानडालगायतका देशहरुमा पठाइदिन्छु भनी प्रलोभनमा पारी छ सयभन्दा बढी व्यक्तिबाट करोडौं रकम ठगी गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार तामाङले २०७३ सालबाट अयुष म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रुपमा करिब पाँच वर्ष खाडी तथा मलेसियामा नेपाली कामदार पठाउने काम गर्थे भने २०७७ सालमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको देखिएको छ । तत्पश्चात आफ्नो परिचय बदलेर २०८० वैशाखदेखि विकास वाइवाको नामबाट बालाजुमा युरो विङ्स एजुकेसन कन्सल्टेन्सी सञ्चालन गर्दै आएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सोही कन्सल्टेन्सीबाट उनले ठगी धन्दा चलाएको भेटिएको छ । 

Hardik health

तामाङले सरकारी निकायका कर्मचारीलाई समेत ठगी गर्न सफल भएको देखिएको छ । उनले सरकारी कर्मचारीलाई युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छाड्न लगाएको पनि प्रहरीले उल्लेख गरेको छ । साथै विकास वाइबाको नामबाट बैंक खाता खोली आफैले हस्ताक्षर गरी बैंक तथा वित्तिय संस्थामार्फत आर्थिक कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।  

यस्तै वैदेशिक रोजगारीको लागि तामाङले युरोपेली मुलुकमा पठाइदिने भन्दै माल्टाका लागि आठ लाख रुपैयाँ, पोल्यान्डका लागि सात लाख रुपैयाँ, क्रोएसियाका लागि छ लाख ५० हजार रुपैयाँ र क्यानडाका लागि १८ लाख रुपैयाँका दरले ठगी गरेको फेला परेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले जानकारी दिए । तामाङले छ सयभन्दा बढी व्यक्तिसँग न्युनतम ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म रकम लिएको देखिएको छ ।

ठगी गरेको रकमबाट चार करोड रुपैयाँ व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावरको ५० प्रतिशत शेयर खरिद गरेको, हुन्डाईको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख रुपैयाँ ऋण तिरेको तथा पाँच लाख रुपैयाँको सुनको ब्रास्लेट खरिद गरेको विवरणसमेत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ७० जनाको मुद्दा दर्ता भई तीन करोड २५ लाख २२ हजार रुपैयाँ बिगो देखिन आएको छ । लामो समयदेखि फरार रहेका तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि विभाग ताहचलमा बुझाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 
 


प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP