Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपालबाट थप कामदार लैजाने कोरियाको प्रस्ताव
नेपालबाट थप कामदार लैजाने कोरियाको प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १७, २०८०

काठमाडौं– दक्षिण कोरियाले नेपालबाट मासिक तीन लाख रुपैयाँ पारिश्रमिक दिनेगरी कामदार लैजाने प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार राजधानीमा आयोजित कार्यक्रममा कोरियाले आगामी दिनमा तीन लाख रुपैयाँभन्दा बढी परिश्रमिक दिएर श्रमिक लैजाने प्रस्ताव गरेको श्रमसचिव केवलप्रसाद भण्डारीले जानकारी दिएका हुन् ।

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत हाल कोरियामा हजारौंको संख्यामा नेपाली श्रमिकले काम गरिरहेको सन्दर्भमा थप पारिश्रमिकसहित श्रमिक लैजाने प्रस्ताव आएको उनको भनाइ छ । यसका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको पनि सचिव भण्डारीले उल्लेख गरे ।

हाल कोरिया जाने श्रमिकहरुले मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेको अवस्था छ,’ उनले भने, ‘उहाँहरुले (कोरियाली प्रतिनिधि) मासिक तीन लाख रूपैयाँभन्दा माथि पारिश्रमिक दिने गरेर नेपालबाट कामदार लैजाने प्रस्ताव गर्नुभएको छ, यसलाई कार्यान्वयनमा लौजानका लागि कार्यविधि बनाइरहेका छौं ।’ 

Hardik health

कोरियाले कुन क्षेत्रको श्रमिकका लागि तीन लाख रुपैयाँ परिश्रमिक दिने प्रस्ताव गरेको भन्नेबारे भने उनले खुलाएनन् । सचिव भण्डारीले मैत्रीपूर्ण सम्बन्धका कारण कोरियामा नेपालीले रोजगारीको अवसर पाएको बताए । ‘कोरिया सरकारले नेपालीलाई रोजगारीका क्षेत्रमा दिएको प्राथमिकता अतुलनीय छ,’ उनले भने, ‘नेपालीले कोरियामा रोजगारीमात्र नभई त्यहाँ आर्जन गरेको सीप, अनुभव, ज्ञान र पुँजी पनि स्वदेशमा उपयोग हुनेमा विश्वस्त छु ।’ उनले कोरिया सरकारले नेपालको विकास निर्माणका क्षेत्रमा गरेको योगदानले दुई देशबीच आत्मीय र भाइचाराको सम्बन्ध विस्तार भएको बताए ।


यस्तै नेपालका लागि कोरियाली राजदूत पार्क टि योङले दुई मुलुकबीचको ५० वर्षे सम्बन्धलाई संयुक्त समृद्धिका लागि अनुकूल हुनेगरी आगामी दिनमा थप मजबुत बनाउनुपर्नेमा जोड दिए । यति लामो यात्राले द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएको र बलियो बन्धन बनाएको उल्लेख गर्दै उनले कोरिया र नेपालबीचको सहकार्य व्यक्तिगत र आर्थिक विकासका लागि अत्यन्तै उत्प्रेरक भएको बताए । 

हाम्रो सम्बन्ध जनस्तरमा पनि बलियो छ, थुप्रै नेपालीहरु कोरियामा काम गरिरहेका छन्,’ राजदूत पार्कले भने, ‘उनीहरु कोरियाली रोजगारदाताको विश्वास जित्न सफल भएका छन् ।’ रोजगारीका क्षेत्रमा आप्रवासी श्रमिकको माग बढ्दै गएका कारण पछिल्लो समय नेपालबाट इपिएसमार्फत जाने नेपालीको संख्यामा पनि वृद्धि भएको राजदूत पार्कले बताए । 
उक्त कार्यक्रममा दक्षिण कोरियाबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका व्यक्तिहरुको कथामा आधारित ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ पुस्तकको अनावरणसमेत गरिएको छ । कोरियाले नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा पछिल्लो सयम सिप बिल्डिङ क्षेत्रमा पनि इपिएसमार्फत श्रमिक लैजान सुरु गरेको छ । साथै, कोरिया रोजगारीबाट फर्किएका श्रमिकहरुलाई उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पुनःएकीकरण कार्यक्रमलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
 


प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP