Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘जिटको लाइसेन्स’ नवीकरण गर्न विभागको आग्रह
‘जिटको लाइसेन्स’ नवीकरण गर्न विभागको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ९, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले जापान इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिटको) अन्तर्गत जापानमा प्रशिक्षार्थी श्रमिक पठाउने म्यानपावर कम्पनीहरुलाई अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न आग्रह गरेको छ । विभागले आइतबार एक सूचना जारी गर्दै यही माघ १७ गते अर्थात् ३१ जनवरीभित्र जिटको लाइसेन्स नवीकरण गर्न म्यानपावर कम्पनीहरुलाई आग्रह गरेको हो । 


गत आर्थिक वर्ष प्रशिक्षार्थी कामदार पठाउन इजाजतपत्र पाएका म्यानपावर कम्पनीको मात्र जिटको लाइसेन्स नवीकरण हुने विभागले उल्लेख गरेको छ । वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ र नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउनेसम्बन्धी निर्देशिका, २०६६ बमोजिम तोकिएको शुल्क र कागजातसहित आवेदन दिन सकिने विभागले जनाएको छ । 
नवीकरणका लागि म्यानपावर कम्पनीहरुले निवेदनसहित नवीकरण दस्तुरबापत १० हजार रुपैयाँ बुझाएको सक्कलै रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचीकृत प्रमाणपत्रको प्रतिलिपि, जिटकोमार्फत गत आर्थिक वर्ष २०७९/८० मा कामदार पठाएको विवरण, कम्पनी रजिस्ट्रारको कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को अध्यावधिक भएको कागजात र कर चुक्ता प्रमाणपत्र तथा इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । 


यसअघि विभागले जापानमा प्रशिक्षार्थी कामदार पठाउने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरुलाई गत साउन महिनामा पनि जिटको लाइसेन्स नवीकरण गर्न भन्दै सूचना जारी गरेको थियो । विभागको रेकर्डअनुसार सुरुआती चरणमा २५० भन्दा बढी म्यानपावर कम्पनी जिटकोमा सूचीकृत भए पनि पछिल्लो समय नवीकरण गर्नेको संख्या घट्दै गइरहेको छ । जिटको लाइसेन्स प्राप्त भए पनि जापानमा प्रशिक्षार्थी कामदार पठाउन नसक्ने अवस्था देखिएको भन्दै यसप्रति म्यानपावर कम्पनीहरुको आकर्षण घट्दै गएको छ । यसअघि विभागले जिटकोमा सूचीकृत भई नवीकरण गरेका १४२ म्यानपावर रहेको तथ्यांक सार्वजनिक गरेको थियो । 

Hardik health


जिटको जापानमा प्राविधिक इन्टर्न तालिमसम्बन्धी रोजगारीका लागि आवेदन दिने विदेशी श्रमिकहरूलाई मध्यस्थता गर्ने संस्था हो । प्राविधिक प्रशिक्षार्थी श्रमिकलाई जापान भित्र्याउन महŒवपूर्ण भूमिका खेलेको जिटकोले नेपालसहित भारत, चीन, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, म्यानमार, भियतनामलगायत १६ मुलुकबाट प्रशिक्षार्थी कामदार लैजाने गरेको छ । ४० वर्ष उमेर नपुगेका नेपाली प्रशिक्षार्थी श्रमिक पठाउन स्वीकृति प्राप्त म्यानपावरहरुले अधिकतम ५० हजार रुपैयाँसम्म प्रवद्र्धन शुल्क लिन पाउने व्यवस्था रहेको छ । 


विभागले यसअघि नक्कली कागजात बनाई जिटकोअन्तर्गत जापानमा प्रशिक्षार्थी श्रमिक पठाएको भन्दै १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको थियो । 
 


प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP