Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • माग सम्बोधन नभए कामदार पठाउन बन्द गर्ने चेतावनी 
माग सम्बोधन नभए कामदार पठाउन बन्द गर्ने चेतावनी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ८, २०८०

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीहरुले राख्दै आएको जायज माग सम्बोधन नभए वैदेशिक रोजगारीमा कामदार पठाउन बन्द गर्ने चेतावनी दिएको छ । संघले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १९ बुँदे मागपत्र बुझाउँदै वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन पटक–पटक राखिएको व्यवसायीका जायज माग सुनुवाइ नभएको भन्दै उक्त चेतावनी दिएको हो ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले श्रमसचिव केवल भण्डारीलाई मागपत्र बुझाउँदै व्यवसायीको माग सम्बोधन गर्न श्रममन्त्री शरतसिंह भण्डारी र सरकारकोसमेत ध्यानाकर्षण गराएको छ ।

सहजरुपमा व्यवसाय सञ्चालन गर्न पाउने वातावरण निर्माण हुनुपर्नेमा त्यसो नभई अनेक झण्झट र अवरोध सिर्जना भएका कारण तत्कालै व्यवसायीको माग सम्बोधन हुनुपर्ने संघले उल्लेख गरेको छ । व्यवसायीहरुका जायज माग सम्बोधन गर्न बारम्बार आग्रह गर्दासमेत सुनुवाइ नभएको संघले जनाएको छ । मागको प्रभावकारी सुनुवाइ नभएकाले बाध्य भएर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको संघले बुझाएको मागपत्रमा जनाइएको छ । 

Hardik health

संघको मागपत्रमा वैदेशिक रोजगारीमा जाने कामदारको खर्च शीर्षक निर्धारण गरी उनीहरुबाट न्यूनतम एक महिनाको तलब बराबर सेवा शु्ल्क लिन पाउने व्यवस्था गर्नुपर्ने पहिलो माग छ । त्यस्तै काठमाडौंस्थित साउदी दूतावासले कामदारलाई अनिवार्य गरेको बायोमेट्रिक व्यवस्था हटाउन र सीमित व्यवसायीलाई एकाधिकार जमाउन बल पुग्नेगरी भइरहेका कार्य रोक्न सबै व्यवसायीहरुलाई साउदी आइडी दिलाउन कूटनीतिक पहल गर्नुपर्ने बताइएको छ । 

त्यसैगरी संघको प्रतिनिधिसहित वैदेशिक रोजगार ऐन, २०६४ लाई समयसापेक्ष संसोधन गर्न, मलेसियाको निजी कम्पनी फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्ल्युडब्ल्युएमसी) र वैदेशिक रोजगार बोर्डबीचको सम्झौता खारेज गर्नुपर्ने, व्यक्तिगत श्रम स्वीकृतिमा छानविन गरी कडाइ गर्नुपर्ने, व्यवसायीले इजाजत लिन राखेको नगद धरौटीको ब्याज पाउने व्यवस्था गर्नुपर्ने, कामदारलाई अभिमुखीकरण तालिम लिएरमात्रै वैदेशिक रोजगारमा जाने प्रक्रियामा सामेल गराउने व्यवस्था गरिनुपर्ने उल्लेख छ । 

साथै, व्यवसायीले इजरायलमा केयरगिभरबाहेक र कोरियाको इ–सेभेन भिसामार्फत कामदार पठाउन पाउनुपर्ने, मागपत्र प्रमाणीकरणमा भइरहेको झण्झटिलो र व्यवसायीलाई दुःख दिने कार्य तत्काल बन्द गर्नुपर्ने, महिला कामदारहरुलाई सहज ढंगबाट व्यवसायीहरु मार्फत पठाउने व्यवस्था गर्नुपर्ने, जापान जान अभ्यासार्थी कामदारहरुले भिसा प्राप्त गरे पनि जाइका अल्मुनाई एसोसियसन (जान) कारण रोजगारी गुमाउने अवस्था आएकाले उक्त संस्था तत्कालै खारेज गरिनुपर्ने, युरोपेली देशहरुको भिसा कन्सुलर शाखा नेपालमा स्थापना गर्न पहल गर्नुपर्ने लगायतका १९ बुँदा समेटिएको छ । 

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनुपर्ने माग राख्दै थुप्रैचोटी लिखित, मौखिक आग्रह गरिए पनि अहिलेसम्म सरकारकातर्फबाट कुनै सुनुवाइ नै नभएको संघका अध्यक्ष भण्डारीले बताए । ‘वैदेशिक रोजगारीका क्षेत्रमा धेरै समस्या छन्,’ उनले भने, ‘सरकारले व्यवसायीको समस्या समाधनका लागि पहल गर्नुप¥यो, अन्यथा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आइसकेको छ ।’ भण्डारीले सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा कदम चाल्दा व्यवसायी र सरोकारवालाहरुसँग घनीभूत छलफल गर्नुपर्ने माग गरे ।

संघले राखेको मागप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै सचिव भण्डारीले यस विषयमा सकारात्मक सन्देश आउने उल्लेख गरे । उनले जायज मागहरु सम्बोधन हुनेमा विश्वस्त हुन आग्रह गरे । ‘वैदेशिक रोजगारको संवेदनशीलता, कामदारहरुको हकअधिकार र सुरक्षा, व्यवसायीहरुको सरोकारको विषयमा मन्त्रालय गम्भिर छ,’ उनले भने । वैदेशिक रोजगारीको क्षेत्रमा भइरहेको बेथिति हटाउनका संघले गरिरहेको प्रयास सराहनीय रहेको भन्दै सचिव भण्डारीले अन्य विषयमा छलफल र परामर्शबाट केही दिनभित्रै टुंगोमा पुग्ने आश्वासन दिए ।
 


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP