Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारी खोज्दै पुसमा ६६ हजार नेपाली विदेसिए
रोजगारी खोज्दै पुसमा ६६ हजार नेपाली विदेसिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ४, २०८०

काठमाडौं– चालु आर्थिक वर्ष २०८०÷८१ को छैटौं महिना अर्थात् पुसमा रोजगारीका लागि झण्डै ६६ हजार नेपाली विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनामा ६५ हजार ८१३ जना नेपाली रोजगारी खोज्दै १०५ वटा मुलुकमा पुगेका हुन् । यसमा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जाने दुवैतर्फका रहेका छन् । 

विभागको तथ्यांकअनुसार पुसमा विदेशिने नेपालीको संख्या गत मंसिर महिनाकोभन्दा पाँच हजार ४६३ ले न्यून हो । मंसिरमा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवको छ महिनाभित्र मंसिरमा श्रम स्वीकृति लिनेको संख्या सबैभन्दा बढी हो ।

चालु आवको सुरुआती महिनादेखि नै संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बन्न सफल भएको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति लिएका छन् । गत मंसिर महिनामा युएई जाने नेपालीको संख्या १८ हजार ४९३ रहेको थियो । यस्तै मंसिरमा रोजगारीका लागि साउदी अरेबिया जान १४ हजार ३०७ जनाले श्रम स्वीकृति लिएका छन् ।

दोस्रो स्थानमा परेको साउदी जाने नेपालीको संख्या मंसिरको भन्दा ७१९ जना बढी रहेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको कतारमा १३ हजार १४ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि मंसिर महिनामा कतार जाने नेपालीको संख्या १४ हजार १५२ रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या बराबरी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य वृद्धि भएको विभागको तथ्यांक छ । 

Hardik health

यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया छ महिनासम्म पनि चौथो स्थानमै रहेको छ । मलेसिया जान आठ हजार ९१ जनाले मंसिरमा श्रम स्वीकृति लिएका छन् । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ५१८ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरुको संख्या पनि क्रमशः बढेको छ । उल्लेखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांकबाट देखिएको छ । 

यसैगरी जापान एक हजार १९९, रोमानिया एक हजार ५८, बहराइन ९९४, ओमान ६८३, माल्दिभ्स ६२१, क्रोएसिया ५५८, मोरिसस जान ४८१ र साइप्रसका लागि ३५७  जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै मंसिर महिनामा इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार ४२५ रहेको छ । 

विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३१ हजार ३९८ जना छन् । पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३४ हजार ४१५ जना रहेका छन् । चालु आवको छैटौं महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ८४ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ । 

यस्तै जिल्लागत रुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । पुसमा धनुषाबाट तीन हजार ४४३ जना विदेसिएका छन् । त्यस्तै झापा दोस्रो स्थानमा रहेको छ । त्यहाँबाट तीन हजार १४१ जना श्रमिक विदेसिएका छन् । यस्तै तेस्रो स्थानमा रहेको मोरङबाट दुई हजार ८२५ जना रोजगारीका लागि बाहिरिएका छन् । चौथोमा रहेको सिरहाबाट दुई हजार ६५६ र पाँचौंमा रहेको महोत्तरीबाट दुई हजार ४६२ जना रहेका छन् ।

त्यसैगरी रुपन्देही, सुनसरी, चितवन, स्याङ्जा, सुर्खेत, सर्लाही, तनहुँ, दाङ, नवलपरासी पूर्व, मकवानपुर, कास्की, कपिलवस्तु, धादिङ, काभ्रे, रौतहट, बारा, बागलुङबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ ।


धेरै श्रमिक गएका मुलुक
युएई– १६,३८५
साउदी– १४,७०३
कतार– १३,०१४  
मलेसिया– ८,०९१
कुवेत– ३,५१८ 
जापान– १,१९९
रोमानिया– १,०५८
बहराइन– ९९४
ओमान– ६८३
माल्दिभ्स– ६२१ 


 


प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP